Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #‘याङवाङ यु७’
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #कृषि
  • #‘स्वर्ग मेरो’
  • #एनपिएल
Search Here
समाचार
  • Home
  • समाचार
  • हस्तकला नीतिलाई पूर्णता दिने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता
हस्तकला नीतिलाई पूर्णता दिने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, पुस २८, २०८०

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको हस्तकला क्षेत्रको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४३औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने तथा सातै प्रदेशमा हस्तकलाग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल अघि बढाइने बताए। 
    
मुलुकको तीव्र आर्थिक विकास नै आजको प्रमुख कार्य हो भन्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार यसका निम्ति क्रियाशील रहेको बताए । उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको उल्लेख गरे। “विकास र आर्थिक क्रियाकलापलाई केन्द्रमा राखिएको छ, सुशासनलाई त्यसको पूर्वसर्त बनाइएको छ”,उनले भने, “सुशासनबिना परिणाम दिन सकिँदैन, सरकार त्यसप्रति सचेत छ ।”

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्राकारले हस्तकलाका उत्पादन निर्यात गरी मुलुकको आर्थिक अवस्थालाई सबल बनाउन सकिने दृष्टान्त दिँदै निर्यात प्रवद्र्धनमा सहजीकरण गर्न बागमती प्रदेश सरकार तयार रहेको बताए । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग आग्रह गर्दै सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । मुलुकको आर्थिक परिसूचकाङ्क सकारात्मक दिशाउन्मुख रहेका उल्लेख गर्दै उनले सकारात्मक भाष्यका साथ अघि बढ्न व्यवसायीलाई आह्वान गरेको । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्तकला क्षेत्रमा पुस्तान्तरणको अभाव देखिन थालेकामा चिन्ता व्यक्त गर्दै युवा पुस्तालाई पनि यस क्षेत्रमा आकर्षित गर्न विभिन्न योजना ल्याइनुपर्ने बताए । व्यापार घाटा घटाउन हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको जनाउँदै उनले निर्यात प्रवद्र्धनका लागि सरकारी सहयोग अभिवृद्धि हुनुपर्ने बताए । 

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले हस्तकला क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले निर्यात प्रवद्र्धनमा सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय समुदायमा देशको कला, संस्कृति, पहिचान एवं गरिमा बढाउने हस्तकला क्षेत्र भएको उल्लेख गर्दै यसको प्रवद्र्धनमा सबैको सहयोग आवश्यक छ,भने। 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हस्तकलाका सामग्रीलाई सौन्दर्यीकरणको भाव दिन प्रतिष्ठान क्रियाशील रहेको बताए। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्वबजारमा प्रतिस्पर्धी वस्तु उत्पादन गर्न उद्यमीलाई सुझाव दिए । 

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले हस्तकला क्षेत्रको विकासमा तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताए। महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यवसाय प्रवद्र्धन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराइनुपर्ने बताए । उनले सम्पूर्ण सरकारी कार्यालयमा हस्तकलाका सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराए । 
 


प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत बुधबार, साउन ७, २०८२
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक बुधबार, साउन ७, २०८२
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण बुधबार, साउन ७, २०८२
गाथामग  चह्रे  पर्व मनाउँदै नेवार समुदाय
गाथामग चह्रे  पर्व मनाउँदै नेवार समुदाय बुधबार, साउन ७, २०८२
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै बुधबार, साउन ७, २०८२
पर्यटक तान्दै चौरीखर्क
पर्यटक तान्दै चौरीखर्क बुधबार, साउन ७, २०८२
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा बुधबार, साउन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP