Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कार्यशैली कहिले सुधार्ने प्रधानमन्त्रीज्यू ?
कार्यशैली कहिले सुधार्ने प्रधानमन्त्रीज्यू ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २७, २०८०


सुशासनमा कुनै कसर बाँकी नराख्ने घोषणा गरेका थिए प्रधानमन्त्री पुष्पकमल दाहालले । तर उनकै सचिवालयका सदस्यले भ्रष्टाचार नियन्त्रयमा सरकार कमजोर भएको भन्दै राजीनामा दिइसकेका छन् । सत्तासहयात्री दल जनता समाजवादी पार्टीले पनि दाहाल सरकारले भ्रष्टाचारको कदम कमजोर रुपमा उठाएकोले सरकारमाथि प्रश्न उठेको आरोप बिहीबार लगाएको छ । यतिमात्र हैन, दाहाल आफ्नो काम देखाउनभन्दा पनि सत्ता जोगाउन र टिकाउनमै सीमित बनेको दाबी गरेको छ । हुन पनि प्रधानमन्त्री दाहालले घुर्की लगाउनेबाहेक आफ्नै सरकारका मन्त्रीहरुसँग केही भन्न सकेका छैनन् । प्रधानमन्त्री दाहाल कुनै मन्त्रीले आयोजना गरेको मन्त्रालयको फोस्रा गफ सुन्न प्रमुख अतिथि बन्न पाउँदै मक्ख छन् । 

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना घोषणा गरेको १७ दिन बितिसकेको छ । तर उनको घोषणा अहिलेसम्म गफमै सीमित बनेको छ । पुस १० गते जनताको नाममा सम्बोधन गर्दै दाहालले एक हप्ताभित्रै प्रधानमन्त्री कार्यालयको पुनर्संरचना हुने घोषणा गरेका थिए । घोषणाको तेस्रो दिन १२ गते मन्त्रिपरिषद्बाटै प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गरिने निर्णयसमेत भयो ।

एकैपटक ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको १५ दिन बित्दा पनि प्रधानमन्त्रीले कुनै हेरफेर गर्न सकेका छैनन् । प्रधानमन्त्री कार्यालयमा २३५ जनाको स्थायी दरबन्दी रहेकोमा मुख्यसचिवबाहेक पाँच सचिवको दरबन्दी रहेको छ । तर अहिले प्रधानमन्त्री कार्यालयको वेबसाइटमा हेर्दा मुख्यसचिवबाहेक नै सातजना सचिवको दरबन्दी रहेको देखिन्छ ।ती सचिव कटाएर अब मुख्यसचिवबाहेक तीनजना सचिव राख्ने मन्त्रिपरिषद्को निर्णय थियो । तर प्रधानमन्त्री कार्यालयको कर्मचारी कटौती गर्ने कुनै सुरसार नभएको मन्त्रिपरिषद् कार्यालयकै कर्मचारी बताउँछन् ।

Hardik health

नेपाल विद्युत प्राधिकरणले मन्त्रिपरिषद्कै निर्णय मानिरहेका छैनन् । उद्योगीको लाइन जोड्न मन्त्रिपरिषद्कै निर्णय नमान्नु प्रधानमन्त्री कति कमजोर छन् भन्ने नमुना हो । जबकि प्रधानमन्त्रीको निर्देशन पाउनसाथ प्राधिकरण उद्योगीको विद्युत विच्छेद गर्न उत्रेको थियो । यस्तो बेला विद्युत विच्छेद गर्नु ठीक नभएको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोडिदिन पटकपटक निर्देशन दिए पनि यो काम हुन सकेको छैन ।

प्रधानमन्त्रीले अटेर कर्मचारीलाई न त कारबाही गर्न सकेका छन् न त कबोलेका काम गर्न सकेका छन् । नयाँ धक्का दिएर काम गर्छु भनेका प्रधानमन्त्रीको यही तालले कार्यशैली परिवर्तन गर्ला त ? टड्कारो प्रश्न यही बनेको छ । 
 


प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP