Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • गणतन्त्रमा पनि पञ्चायती शैली
गणतन्त्रमा पनि पञ्चायती शैली
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २३, २०८०

देशमा प्रजातन्त्र आयो, प्रजातन्त्रपछि लोकतान्त्रिक गणतन्त्र पनि आइसकेको छ । पञ्चायत गएको ३० वर्ष बढी नाघिसकेको छ । तर लोकतान्त्रिक गणतन्त्रमा आफूलाई कुशल शासक भनेर दाबी गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल भने पञ्चायती शैली नै अपनाएर रमाउन व्यस्त देखिन्छन् ।

दाहालको हास्यपद सुशासन हेर्न धेरै पर जानै पर्दैन । शुक्रबारको एउटा घटना हेरे पुग्छ । त्रिभुवन विश्विद्यालयका लागि उपकुलपतिको आवेदन खुला गर्दा उनले अपनाएको सुशासनको चलाखी केही समयमै जनतासामु उदांगो बनिदियो । प्रधानमन्त्री दाहालले त्रिविको दीक्षान्त समारोहमै पुगेर अब उपकुलपति नियुक्तिमा कुनै राजनीतिकरण नहुने प्रतिबद्धता जनाएका थिए ।

यो कुरा पुस १० गते देशवासीको नाममा सम्बोधन गर्दा पनि दोहो¥याएका थिए । दाहालले त्रिविमा कुनै राजनीतिकरण हुन नदिने र उपकुलपति बन्न जुनसुकै कुनामा पढेका योग्यले पाउने दाबी गरेका थिए । नभन्दै विज्ञापन आयो । यसअघि त्रिविको उपकुलपति राजनीतिक भागबण्डाको आधारमा नियुक्ति हुँदै आएकोमा यसपटक विज्ञापनमार्फत क्रमभंगता गरे प्रधानमन्त्रीले । तर विज्ञापन यति साँघुरो बनाइयो कि । उक्त साँघुरो बंकरमा माओवादीमात्र छिर्न सक्ने देखियो ।

Hardik health

त्रिवि उपकुलपति बन्न पदाधिकारीमध्ये तीन वर्ष काम गरेको योग्यताको बुँदा यस्तो बंकर थियो, जहाँ पस्न माओवादी ट्याग लागेको अनुभवीमात्र छिर्न सक्ने देखियो । विज्ञापन पूर्वरजिस्ट्रार तथा राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष चन्द्रमणि पौडेललक्षित देखियो । किनभने उनी यसका लागि योग्य थिए । उनीपछि माओवादीकै तर्फबाट निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा पनि लाइनमा थिए ।

प्रधानमन्त्री दाहालले बरु यस विषयमा चुप लागेर केही नभनी विज्ञापनमार्फत अघि बढेको भए उनको आलोचना पनि हुन्नथ्यो र चाहेको मान्छे पनि ल्याउन सक्थे । तर बोली र गोली फिर्ता हुन्न भनेझैं भयो उनका लागि ।  कुनै बेला जिल्ला पञ्चायतका सभापतिले आफ्नो मीतको घोडा किन्दा निकालेको बोलपत्र शैलीमा विज्ञापन निकालेपछि आफ्नो भाग सुनिश्चित हुनेमा ढुक्का थिए होलान् दाहाल । तर सामाजिक सञ्जालमा आएपछि उनको सपना भताभुंग भयो ।

चौतर्फी विरोधपछि तिल्मिलिएका दाहालले शुक्रबार दिउँसै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्याउन निर्देशन दिए । तीन वर्षे प्रावधान हटाएर विज्ञापन निकाल्न भनिएको छ । प्रधानमन्त्रीको निर्देशनअनुसार नयाँ विज्ञापन जारी गर्नुपर्ने भएकोले आइतबार उक्त विज्ञापन रद्द गरिएको छ । 


प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP