Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जो उम्मेदवार बने
राष्ट्रिय सभा निर्वाचन जो उम्मेदवार बने
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, पुस २३, २०८०

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवारको नाम टुंग्याउन थालेका छन् । सताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र अर्को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले उम्मेदवारको टुंगो लगाइसकेका छैन । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारी दर्ता गर्ने दिन हो ।

माओवादीको प्राथमिकतामा युद्धकालीन नेता
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रले युद्धकालीन नेताहरूलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने भएको छ । उनीहरूको नामसमेत माओवादीले टुंग्याएको छ । कोशी प्रदेशबाट चम्पादेवी कार्कीलाई महिला क्लस्टरमा उम्मेदवार बनाउने भएको छ । ओखलढुंगाकी उनी २०५४ मा जनयुद्धमा होमिएकी थिइन् । लडाइँमा घाइते उनी २०५४ मा भएको स्थानीय चुनावमा एमालेबाट निर्वाचित भएकी थिइन् । तर, पार्टीमा विद्रोह गरेर माओवादी युद्धमा होमिएकी उनी पार्टीको ओखलढुंगा इञ्चार्ज र अखिल नेपाल महिला (अनेम) संघको केन्द्रीय सचिवसमेत छिन् । उनी समानुपातिक सांसदको सूचीमा २०६४ पछि हरेकपटक थिइन् । तर, सांसद हुन पाएकी थिइनन् । 

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोट भएका श्रीकृष्ण अधिकारी पनि जनयुद्धका घाइते हुन् । जनयुद्धको सुरुआतदेखि भूमिगत उनी पार्टीमा कम अवसर पाउने नेता हुन् । पार्टीको प्रदेश सम्पर्क विशेष कमिटी अध्यक्ष अधिकारी युद्धकै क्रममा रामेछापको बेथानमा भएको लडाइँमा घाइते भएका थिए । गण्डकी प्रदेशबाट उम्मेदवार बनेकी मनरुपा शर्मा सुवेदी भने द्वन्द्वपीडित एकल महिला हुन् । उनका पति विजय सुवेदीलाई तत्कालीन शाही सेनाले १७ मंसिर २०६१ मा हत्या गरेको थियो । उनी २०६४ को संविधानसभा चुनावमा पर्वत–१ मा कांग्रेसका अर्जुनप्रसाद जोशीसँग पराजित भएकी थिइन् । पछि २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा परेकी थिइन् । तर, सांसद बन्ने अवसर पाइनन् ।

Hardik health

लुम्बिनी प्रदेशबाट माओवादीले झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएको छ । उनी गत वर्ष भएको प्रतिनिधिसभा चुनावमा काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालसँग पराजित भएका थिए । २०६४ मा भने तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल (हाल नेकपा एसका अध्यक्ष)लाई पराजित गरेर राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए । तर, पछि उनले तीनकुनेमा चिया व्यापारीबाट दुई झापट खाएका थिए । उनी २०४९ सालतिर तत्कालीन जिल्ला विकास समिति रोल्पाका सभापति पद छोडेर युद्धमा होमिएका नेता हुन् ।

कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोट भएकी विष्णु विक जनयुद्ध लडेकी माओवादी नेतृ हुन् । कालीकोट घर भएकी उनी २०६९ मा मोहन वैद्यले पार्टी विभाजन गर्दा वैद्यकै दलतिर लागेकी थिइन् । दुई वर्षपछि माओवादीमै फर्किएकी उनी कालीकोट इञ्चार्ज हुन् । सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार बन्ने भएकी रेणु चन्द बैतडीकी हुन् । २०६४ मा बैतडी–२ बाट संविधानसभा सदस्य निर्वाचित उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इञ्चार्ज छिन् ।

आइतबार बसेको माओवादी पदाधिकारी बैठकले चन्दसहितका नेताहरूको उम्मेदवारका रूपमा नाम टुंगो लगाएको हो ।
सत्ता साझेदार दल नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने चर्चामा रहेका कृष्णप्रसाद सिटौला पूर्वगृहमन्त्री हुन् । सुशील कोइराला पार्टी सभापति हुँदा उनी महामन्त्री थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका निर्वाह गरेका उनी २०७४ र २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित नेता हुन् । उनी गृहमन्त्री भएका बेला नै २९ करोड रुपैयाँको सुडान घोटलाकाण्ड भएको हो । 

एकीकृत समाजवादी अनिर्णित 
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले उम्मेदवारको टुंगो लगाउन बाँकी छ । स्रोतका अनुसार पार्टी उपाध्यक्ष प्रमेश हमाल, सावित्री भुसाल, घनश्याम रिजाल र दिलु पन्तमध्ये दुई जनालाई उम्मेदवार बनाउने तयारी भइरहेको छ ।
तर, बागमती प्रदेशमा समाजवादी र नेपाली कांग्रेसबीच क्लस्टर कुन लिने भन्ने टुंगो लागेको छैन । सोही कारण उम्मेदवार छनोटमा ढिलाइ भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालले पाएका छन् । 

मनोनीत राष्ट्रिय जनमोर्चाबाट
राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनीत गरिने एकजना राष्ट्रिय सभा सदस्य भने राष्ट्रिय जनमोर्चाबाट हुने भएको छ । पार्टी उपाध्यक्ष दुर्गा पौडेललाई जनमोर्चाले अघि सार्ने जनाएको छ ।
पौडेल जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी हुन् । यसअघि २०७४ सालमा पनि उनी जनमोर्चाबाट प्रतिनिधिसभा सदस्य थिइन् ।  जसपाबाट नेताकी छोरी उम्मेदवार
सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी प्रवक्ता मनिष सुमनले पार्टीको मधेस प्रदेश समिति सदस्य चौधरीलाई उम्मेदवार बनाउने केन्द्रीय कार्यकारिणी समिति बैठकबाट निर्णय गरेको जानकारी दिए । चौधरी गत वर्षको प्रदेशसभा चुनावमा मधेस प्रदेशको रौतहट (३) क मा पराजित भएकी थिइन् । उनलाई स्वतन्त्र उम्मेदवार केशव राय चौधरीले दुई हजारभन्दा बढी मतले पराजित गरेका थिए । उनी नेता गोविन्द चौधरीकी छोरी हुन् । 


प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP