BYD sealion7 BYD sealion7
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #इयु_चीन
  • #गाथामग_चह्रे
  • #कृषि
  • #सिद्धार्थ बैंक
  • #आईपीओ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘शून्य’ बाट जोगिन गठबन्धनको साथ खोज्दै एमाले
राष्ट्रिय सभा निर्वाचन ‘शून्य’ बाट जोगिन गठबन्धनको साथ खोज्दै एमाले
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, पुस १९, २०८०
  •   २० फागुनमा २० जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै 
  •  गठबन्धनले मात्रै चुनाव लडे एमाले शून्य हुनसक्ने 
  •  एमालेसँग चुनावमा सहकार्य गर्ने गठबन्धनको तयारी
  •  गणतन्त्रविरोधीहरूलाई जवाफ दिन गठबन्धन–एमाले सहकार्यको प्रयास 

गणतन्त्रविरोधी शक्तिहरू जसरी सल्बलाउन थाले नि, हामीले गणतन्त्र गुम्न दिनुहुँदैन, जुन बलिदानले सम्भव भएको हो । त्यसैका लागि सहकार्य चाहियो ।
अष्टलक्ष्मी शाक्य, 
उपाध्यक्ष, नेकपा एमाले 

प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई शून्य नबनाउनुस् भन्नुभयो भन्ने कुरा आयो । यो कुरा आएपछि हामीले सबै दलहरूसँग सरसल्लाह गरेर एमालेको खास कंक्रिट प्रस्ताव के हो ? बुझेरमात्रै टुंगो गरौं भन्ने कुरा भयो ।
राजेन्द्र पाण्डे
उपाध्यक्ष, एकीकृत समाजवादी

 
काठमाडौं– आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन बलियो अवस्थामा देखिन्छ । सबै प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने देखिएपछि प्रमुख विपक्षी दल नेकपा एमाले यतिखेर तनावमा छ ।
अघिल्लोपटक भएको उपनिर्वाचनमा एमाले एक सिटमा खुम्चिएको थियो । यसपटक भने गठबन्धनले १९ सिटका लागि हुन लागेको निर्वाचनमा ‘क्लिन स्वीप’ गर्न सक्ने आकलन गरिएको छ । सबै प्रदेशमा गठबन्धनका दलहरू स्पष्ट जितउन्मुख छन् । यस्तो अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग एमालेलाई शून्यमा नपार्न आग्रह गरेका छन् ।  


बुधबार दिउँसो बसेको गठबन्धन दलहरूको बैठकमा प्रधानमन्त्री दाहालले ओलीको उक्त आग्रह सुनाएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । ‘प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई शून्य नबनाउनुस् भन्नुभयो भन्ने कुरा आयो । यो कुरा आएपछि हामीले सबै दलहरूसँग सरसल्लाह गरेर के हो ? उहाँहरूको खास कंक्रिट प्रस्ताव के हो ? बुझेरमात्रै टुंगो गरौं भन्ने कुरा भयो,’ गठबन्धनको बैठकपछि उपाध्यक्ष पाण्डेले पत्रकारहरूसँग भने ।


उनका अनुसार एमालेको ठोस प्रस्ताव आएपछि गठबन्धनले उपयुक्त निर्णय लिने छ । गठबन्धनको बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीकै सरकारीनिवास बालुवाटारमा बस्ने तय भएको छ । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत केही दिनअघि एमालेलाई नएक्ल्याउन र शून्यको स्थितिमा नपार्न आग्रह गरेको विवरण सार्वजनिक भएको थियो । 
तर, गठबन्धन दलहरूले औपचारिकरूपमा एमालेसँग राष्ट्रिय सभा चुनावमा सहकार्य गर्नेबारे निर्णय गरेका छैनन् । नभए पनि गठबन्धन दलहरू ओलीको प्रस्तावबारे सकारात्मक रहेको र ओलीसँग प्रस्ताव माग्ने पक्षमा छन् । ओली नेतृत्वको दल एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गणतन्त्रविरोधी शक्तिहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरूबीच चुनावी सहकार्य हुनुपर्ने बताइन् ।


‘हाम्रो दलले बैठकबाट गठबन्धन दलहरूसँग सहकार्यबारे एउटा निर्णय गर्ला तर गणतन्त्रविरोधी शक्तिहरू जसरी सल्बलाउन थाले नि, हामीले गणतन्त्र गुम्न दिनुहुँदैन, जुन बलिदानले सम्भव भएको हो,’ उनले प्रभावसँग भनिन्, ‘त्यसविरुद्ध परिवर्तनकारीहरू चुनावमा पनि एकजुट हुनुपर्छ ।’


राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन यही २३ पुसमा हो । निर्वाचन ११ माघमा हुँदै छ । किनभने २० फागुनमा राष्ट्रपतिबाट मनोनीत एक जनासहित २० जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ । पदावधि सकिन लागेका सदस्यहरूको पदमा हुन लागेको निर्वाचनमा यसपटक भने गठबन्धन र एमालेबीच सहकार्य हुने सम्भावना देखिएको हो । 


तर, एमालेलाई गठबन्धनले किन समेट्न खोजेको हो ? उत्तर पाइसकिएको छैन । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार भने गणतन्त्र विरोधी शक्तिलाई जवाफ दिनका लागि चुनावी सहकार्यबारे छलफल भइरहेको हो । 
यसअघि सोमबार कांग्रेसले आयोजना गरेको मेलमिलाप दिवसमा शान्ति सम्झौतामा सहभागी दलहरू एकठाउँमा भेला भएर एकताको सन्देश दिएका थिए । संसदीय समिति सभापति पद बाँडफाँटमा पनि गठबन्धन दलहरूले एमालेलाई सम्मानजनक हिस्सा दिएका थिए । 


प्रधानमन्त्री दाहालले बरु झुक्ने तर विपक्षीलाई टाढा नराख्ने रणनीति अख्तियार गरेका छन् । जसले गर्दा एमाले पछिल्ला दिनमा सरकारविरुद्ध आक्रमक नभएको विश्लेषण हुने गरेको छ । यी घटनाक्रमले राप्रपासहितका गणतन्त्रविरोधी शक्तिहरूले थप गतिविधि बढाएपछि गठबन्धनले एमालेलाई समेट्न लागेको हो ।


‘संसदवादी र शान्ति प्रक्रियामा रहेका दलहरू एक ठाउँमा रहनपर्छ भनेर कार्यक्रम गरियो । त्यसपछि ओली पनि नजिक नजिक हुनुहुन्छ मिल्नुपर्छ भनेर भन्ने समाचार पनि आए,’ उनले भने, ‘अहिले कांग्रेस र माओवादी, माओवादी र एमाले, कांग्रेस र एमाले बसेको अवस्था छ । हेरौं के हुन्छ ।’


एमालेलाई पनि सहभागी गराएर चुनावमा जाने कि भन्ने कुरा पार्टीभित्र चलेको तर निर्णयमा कांग्रेस नपुगेको बताएका छन् । ‘कुरा चलेको मात्र हो । हुन्छ नि भन्ने अवस्थामा कांग्रेस पुगेको छैन,’ विश्वकर्माले बताए । 
राष्ट्रिय सभा चुनावमा गणतन्त्रविरोधी दल राप्रपाको एकल उम्मेदवार खडा गरेर चुनाव जिताउन सक्नेगरिको मतभार छैन । कुनै पनि प्रदेशमा तेस्रो दलकोसम्म हैसियत छैन । तैपनि, राप्रपाले आगामी फागुनदेखि लगातार वर्तमान राजनीतिक व्यवस्था परिवर्तनका लागि लगातार आन्दोलन गर्ने घोषणा गरिसकेको छ । 


बुधबार भैरहवामा देशको अन्तिम राजा ज्ञानेन्द्रले राप्रपाका नेताहरूलाई राप्रपाले गर्ने भनेको आन्दोलनको तयारीबारे जानकारी लिएको प्रवक्ता सगुनसुन्दर लावतीले बताए । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमशेर जबरा र सांसद दीपक सिंहसँग शाहको भेट भएको हो । यहीबेला गठबन्धन र एमाले भने राष्ट्रिय सभा चुनावमा एकताबद्ध भएर अघि बढ्ने माहोल सिर्जना गर्न व्यस्त छन् ।
२० फागुनमा एमालेबाट राष्ट्रिय सभा अध्यक्ष भएका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचद्र राई र डा. विमला राई पौड्यालको पदावधि सकिँदै छ ।
कांग्रेस राष्ट्रिय सभा दलका नेता रमेशजंग रायमा

झी, प्रमुख सचेतक अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि पनि फागुन २० मा सकिने छ । माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी तथा एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाका प्रमिलाकुमारी यादव र स्वतन्त्रका डा. खिमलाल देवकोटाको पनि पदावधि फागुन २० मा सकिने छ ।
चुनावमा नगरपालिकाका प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रदेश सांसदहरू मतदाता छन् । उनीहरूको मतभार छुट्टाछुट्टै छ । उनीहरूकै मतभारकै आधारमा उम्मेदवारहरूको जित÷हार हुने गरेको छ ।
 


प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर बिहीबार, साउन ८, २०८२
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक बिहीबार, साउन ८, २०८२
विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
विपत्तिग्रस्त मधेसमा सेना परिचालन ! बिहीबार, साउन ८, २०८२
कांग्रेस र कम्युुनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
कांग्रेस र कम्युुनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री बुधबार, साउन ७, २०८२
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल बुधबार, साउन ७, २०८२
एमाले केन्द्रीय समितिको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन
एमाले केन्द्रीय समितिको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन बुधबार, साउन ७, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP