Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उत्साह जगाउने काम भएन
विपक्षी दलको नजरमा सरकारको एक वर्ष उत्साह जगाउने काम भएन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, पुस ११, २०८०

काठमाडौं– विपक्षी दलहरूले गठबन्धन सरकार पूरै असफल भएको दाबी गरेका छन् । नयाँ जनादेशका आधारमा गठित सरकारले एक वर्षमा देश र जनताको पक्षमा केही काम गर्न नसकेको भन्दै सरकार ‘असफल’ भएको ठम्याइ विपक्षी दलहरूले गरेका हुन् । सरकार असफल हुँदा सरकारप्रति जनता निराशसमेत भएको टिप्पणी विपक्षी दलहरूको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षे कार्यकालको फेहरिस्त सार्वजनिक गरेपछि प्रमुख विपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले दाहाल सरकारको एक वर्ष उत्साहजनक नभएको टिप्पणी गरे । वैदेशिक मुद्रा सञ्चिति बढ्दैमा अर्थतन्त्र सुध्रिएको भन्न पनि नमिल्ने उनको तर्क छ ।

सरकार सुरुमा केही मानिस गिरफ्तार गरेर भ्रष्टाचार नियन्त्रण गर्छु भनेर प्रचारवाजीमा रमायो । जुन ‘स्टन्टबाज’ हो । यसलाई छोडौं । बरु, यस्तो किसिमको प्रणाली स्थापित गरौं, जहाँ हरेक भ्रष्टाचार गर्ने मान्छे समातिउन् । भ्रष्टाचार गर्नै नसकून् ।
सुरेन्द्र पाण्डे
उपाध्यक्ष, नेकपा एमाले

‘सरकारको यो उत्साहजनक वर्ष भएन । तर, एउटा इन्डिकेटर पोजिटिभ छ । त्यो भनेको वैदेशिक मुद्राको सञ्चिति पर्याप्त छ । पछिल्लो तथ्यांक हेर्दा १७ खर्ब छ,’ उनले प्रभावसँग भने, ‘यही देखाएर अर्थतन्त्र सुधार छ भनेर बसिरहेको छ सरकार । तर, मैले के देख्छु भने पैसा खर्च नभएर सञ्चिति बढेको हो ।’

Hardik health

प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारोन्मुख रहेको तर संकटग्रस्त नै नभएको बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतको चाहिँ अर्थतन्त्रमा सुधार भएको दाबी छ । देशको अर्थतन्त्रबारे यसरी प्रधानमन्त्री र अर्थमन्त्रीको परस्परविरोधी अभिव्यक्ति आइरहेका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले विदेशी मुद्रा सञ्चिति बढेकोबाहेक अर्थतन्त्रका बाँकी सूचकांकहरूमा कुनै सुधार नभएको बताए । उनका अनुसार अर्थतन्त्र संकटग्रस्त नै छ । त्यही भएर एक वर्षसम्म पनि अर्थतन्त्र चलायमान हुन सकेन । 

नेपाली जनतालाई थाहा छ कि अर्थतन्त्र अहिले पनि संकटमै छ । संकटमोचनका लागि योजना ल्याउने काम सरकारको हो । तर, सरकार यहीँ चुक्यो ।
डोलप्रसाद अर्याल
उपसभापति, रास्वपा 


पाण्डेको यो भनाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्याल पनि सहमत छन् । उनले दाहाल सरकारको पहिलो वर्षलाई आर्थिक मन्दीको वर्ष भनेर टिप्पणी गरे । अर्थतन्त्र सुधार्न कुनै योजना सरकारले नल्याएको भन्दै आलोचनासमेत गरे । ‘नेपाली जनतालाई थाहा छ कि अर्थतन्त्र अहिले पनि संकटमै छ । संकटमोचनका लागि योजना ल्याउने काम सरकारको हो । तर, सरकार यहीँ चुक्यो,’ सांसदसमेत रहेका अर्यालले भने । 

अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि दाहाल सरकारको एक वर्षलाई उपलब्धिमूलक ठानेको छैन । पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले अर्थतन्त्र चलायमान नभएको र मूल्यवृद्धिले आकाश छोएको बताए । ‘मूल्यवृद्धिले आकाश छोइसक्यो । भ्रष्टाचार चरमसीमामा छ । बेरोजगारी त कुरै गर्नुपरेन,’ सांसदसमेत रहेका तामाङले भने, ‘अर्थतन्त्र चलायमान छैन । अलिकति बैंकको ब्याजमा केही कमी गर्न खोजेको देखिन्छ । अरु के छ र ?’

यसरी विपक्षी दलका नेताहरूले अर्थतन्त्र सुधार्न त्यसतर्फ सरकारको पहलकदमी नभएको टिप्पणी गरेका छन् । सुशासनको क्षेत्रमा सरकार ‘स्टण्टबाज’मा रमाएको पनि उनीहरूको दाबी छ । जबकि, भ्रष्टाचार, तस्करीजस्ता आपराधिक गतिविधि नियन्त्रण गर्दै सुशासन कायम गर्न थिति बसाउनुपर्नेमा एमाले उपाध्यक्ष पाण्डेको जोड छ । त्यसका लागि कारोबार अनलाइन प्रणालीबाट गराउनुपर्ने उनको सुझाव छ । 

मूल्यवृद्धिले आकाश छोइसक्यो । भ्रष्टाचार चरमसीमामा छ । बेरोजगारी त कुरै गर्नुपरेन । अर्थतन्त्र चलायमान छैन । अलिकति बैंकको ब्याजमा केही कमी गर्न खोजेको देखिन्छ । अरु के छ र ?’
बुद्धिमान तामाङ
उपाध्यक्ष, राप्रपा

‘सरकार सुरुमा केही मानिस गिरफ्तार गरेर भ्रष्टाचार नियन्त्रण गर्छु भनेर प्रचारवाजीमा रमायो । जुन स्टन्टबाज हो । यसलाई छोडौं,’ उनले भने, ‘बरु, यस्तो किसिमको प्रणाली स्थापित गरौं, जहाँ हरेक भ्रष्टाचार गर्ने मान्छे समातिउन् । भ्रष्टाचार गर्नै नसकून । यसको मतलव अनलाइन कारोबारमा जानुपर्छ ।’

उनले चालु आर्थिक वर्षको पाँच महिना बित्दासम्म पुँजीगत बजेट कार्यान्वयनको स्थिति चिन्ताजनक रहेको बताए । यही अवस्था कायम रहे लक्ष्यअनुसार बजेट कार्यान्वयनमा सरकार चुक्ने पाण्डेलाई लागेको छ । यस्तो अवस्थामा पनि प्रधानमन्त्री भने सत्ता जोगाउनेमै केन्द्रित भएको पाण्डेको ठम्याइ छ । त्यसका लागि भारत पुगेर प्रधानमन्त्रीले जनैसँगै गेरुवस्त्र लगाएको आरोप लगाए । 

१० पुस २०७९ मा तेस्रोपटक प्रधानमन्त्री भएका दाहालले यसपटक देश र जनताको पक्षमा काम गर्ने हुटहुटी रहेको बताएका थिए । देशवासीले युगौंयुग सम्झिनेगरिका काम गर्ने उनको प्रतीज्ञा थियो । तर, दाहाल स्वयंले मंगलबार भने ‘सरकार असफल त भएन तर मेरै हुटहुटीअनुसारको परिणाम आएन ।’

यसका लागि उनले सरकारको कार्यशैली बदल्ने बताएका छन् । ‘देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ सार्वजनिक घोषणा गर्छ कि अब सरकारको कार्यशैली बदलिने छ ।’दाहाल नेतृत्वको वर्तमान गठबन्धन सरकार १० पुस २०७९ मा गठन भएको हो । गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम पनि यसअघि सार्वजनिक भएको थियो । तर, ती कार्यक्रमहरू सरकारको प्राथमिकतामा छैनन् । जसले गर्दा सरकारको एक वर्ष त्यति सन्तोषजनक नभएको प्रधानमन्त्रीकै स्वीकारोक्ति छ ।
 


प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP