Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आक्रोशित जनताको तारो बन्दै नेता
आक्रोशित जनताको तारो बन्दै नेता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, पुस ८, २०८०

नेताहरुमाथि आक्रमण हुनु अस्वाभाविक होइन । नेताहरू भ्रष्टाचारमा लिप्त छन् । परिवारवादमा फसेका छन् । अनि जनता आक्रोशित हुँदैनन् ? चुप लागेर बस्छन् ?
डा. तारानाथ घिमिरे
राजनीतिक विश्लेषक

 

  • कोही नेतामाथि जुत्ता, कुर्सी, बोटल र खोया प्रहार, कोहीलाई भने झापड र चड्कन
  • पहिलोपटक २०४८ मा गृहमन्त्री छँदा वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवामाथि जुत्ता प्रहार 
  • कृषिमन्त्री छँदा २०५० सालमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई झापड
  • वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई २०६९ मा झापड र २०७६ मा जुत्ता प्रहार 
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लक्षित गर्दै २०७२ मा कुर्सी प्रहार
  • गएको २८ मंसिरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि धनकुटामा मुक्का प्रहार
  • शनिबार पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि खोया प्रहार 

काठमाडौं– नेपाली राजनीतिज्ञहरूविरुद्ध जनता थप आक्रोशित हुँदै गएका छन् । चुनावका बेला अनेक आश्वासन बाँड्ने तर पूरा नगरी ‘अन्टसन्ट’मा रमाउनेसँगै सरकारमै रहेर भ्रष्टाचार, अनियमितता, तस्करीजस्ता गतिविधिमा लगातार संलग्न भएपछि आक्रोशित जनताका तारो बनिरहेका छन् । 

शनिबारमात्रै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि पोखरामा आयोजित एक कार्यक्रममा खोया प्रहार भयो । लामिछानेमाथि खोया प्रहार गरेको आरोपमा २८ वर्षीय सन्तोष रानाभाट पक्राउ परेका छन् । 

Hardik health

लामिछानेले भाषणका क्रममा सहकारीको कुरा निकालेपछि रानाभाटले खोयाले हानेको बताइन्छ । कास्कीका प्रहरी उपरीक्षक मोहनबहादुर थापाका अनुसार रानाभाट पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ता हुन् । जुन सहकारीको करोडौं रकम अपचलन गरेर लामिछानेसमेत यसअघि संलग्न रहेको ग्यालेक्सी टेलिभिजन जिबी राईले खोलेका थिए । शनिबार लामिछानेले सोही सहकारीबारे भाषण दिन थालेपछि लगानी डुबेर आक्रोशित रानाभाटले लामिछानेमाथि खोया प्रहार गरेको प्रहरीले जनाएको छ । 

आफूमाथि खोया प्रहार भएपछि लामिछानेले खबरदारी गरेको अर्थमा लिएको प्रतिक्रिया दिएका छन् । उनले खोयालाई घरमा झुण्ड्याएर राख्ने पनि बताए । ‘मैले सर्टिफिकेट आजसम्म घरको भित्तामा झुण्ड्याएको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुण्ड्याएर राख्ने छु,’ उनले पोखराको अमरसिंह चौरमा आयोजित कार्यक्रममा खोया प्रहारपछि भने । 


लामिछाने गत वर्षको निर्वाचनमा जनताले सर्वाधिक आशा र भरोसा गरेका नेता हुन् । त्यही भएर उनी देशभरमै लोकप्रिय मतसहित आमनिर्वाचन र उपनिर्वाचनमा निर्वाचित भए । उनकै लोकप्रिय छविले स्थापनाको पाँचौं महिनामै चुनावमा जाँदा रास्वपालाई जनताले अभूतपूर्व मत दिए । धेरैले अनुमान गरेभन्दा विपरीत वैकल्पिक दलको रूपमा स्थापित भयो । हाल प्रतिनिधिसभाको चौथो ठूलो दल रवि नेतृत्वको रास्वपा हो । तर, सरकारमा गए पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको र प्रतिबद्धता जनाएअनुसार १०० जनालाई रोजगारी नदिएकोलगायतका आरोपको सामना रविले गरिरहेका छन् । यहीबेला उनीमाथि खोया प्रहार भएको हो । 

यसअघि गत २८ मंसिरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटाको लेगुवामा स्थानीय महेश राईले मुक्का प्रहार गरेको दृश्य सार्वजनिक भएको भिडियोमा देखिएको थियो । तर, एमालेले भने मुक्का प्रहार नभएको दाबी गर्दै आएको छ । ओलीलाई मुक्का प्रहार गर्ने राई एमालेकै स्थानीय कार्यकर्ता हुन् । तर, कतिपयले भने उनी पहिचानवादी भएको बताउने गरेका छन् । 

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै कार्यकर्ताबाट जुत्ता प्रहार भएको सामना गर्नुपरेको थियो । उनीलाई लक्षित गरेर १८ फागुन २०७६ मा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पूर्वमाओवादी कार्यकर्ता रविन तिरुवाले जुत्ता प्रहार गरेका थिए । जनयुद्धका सहिद परिवार रहेका उनी पनि माओवादीमै क्रियाशील थिए । तर, जनयुद्धका सुप्रिम कमाण्डर रहेका दाहालले युद्धकालीन सबै एजेण्डा बिर्सेर युद्धका सहयात्रीहरूलाई भुलेको भन्दै जुत्ता प्रहार गरेको तिरुवाले बताएका थिए । 

तिरुवाभन्दा अघि अर्का माओवादी कार्यकर्ता पदम कुँवरले २ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापानमा दाहाललाई झापड हानेका थिए । तत्कालीन उपाध्यक्ष मोहन वैद्यसहितको ठूलो पंक्ति माओवादीबाट अलग हुनुअघि कुँवरले दाहालले झापड हानेका हुन् । दाहाल दलाल संसदीय भासमा फसेको भन्दै रिस थाम्न नसकेर झापड हानेको उनले बताएका थिए । 

नेताहरूमाथि हुने यस्ता आक्रमणका घटना अस्वाभाविक नभएको राजनीतिक विश्लेषक डा. तारानाथ घिमिरे बताउँछन् । ‘२०४६ सालमै स्वर्गजस्तो देश बनाउने भनेर काठमाडौंमा आन्दोलन भएको थियो । पछि आन्दोलनरत पक्ष सत्तामा पुग्दा त्यस्तो भएन । बाबुराम भट्टराईलगायतले पछि त्यसविरुद्ध प्रश्न उठाउँदै ज्ञापनपत्र बुझाए । बन्दुक उठाए,’ उनले प्रभावसँग भने, ‘२०६१ पछि आठ दल बनेर राजतन्त्रविरुद्ध लडे, तर उस्तै छ । नेताहरू भ्रष्टाचारमा लिप्त छन् । परिवारवादमा फसेका छन् । अनि जनता आक्रोशित हुँदैनन् ? चुप लागेर बस्छन् ?’

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि जुत्ता सामना गरेका नेतामै पर्छन् । २०४८ सालमा गृहमन्त्री छँदा तत्कालीन जनमोर्चाका सांसद कमानसिंह लामाले देउवामाथि जुत्ता प्रहार गरेका थिए । नेपालको संसदीय राजनीतिक इतिहासमा वहालवाला मन्त्रीमाथि पहिलोपटक जुत्ता प्रहारको घटना भएको मानिन्छ । देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै लामाले जुत्ता प्रहार गरेको बताइन्छ । पूर्वसांसद, दक्षिण कोरियाका लागि पूर्वराजदूतसमेत रहेका माओवादी नेता लामाको निधन भइसकेको छ ।

देउवामाथि जुत्ता प्रहार भएको दुई वर्षपछि २०५० सालमा तत्कालीन कृषिमन्त्री (वर्तमान राष्ट्रपति) रामचन्द्र पौडेलले राष्ट्रिय सभामा झापड खाए । बहालवाला मन्त्री पौडेललाई झापड हान्ने एमालेका राष्ट्रिय सभा सदस्य गोल्छे सार्की हुन् । कृषि मलको विषयमा मन्त्रीका रूपमा जवाफ दिएर फर्किने क्रममा सार्कीले झापड हानेका थिए । हाल पौडेल राष्ट्रपति छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लक्षित गर्दै ४ साउन २०७२ मा कुर्सी प्रहार भएको थियो । गृहजिल्ला रौतहटको गौरमा नेपाललाई लक्षित गरेर अनिल झा नेतृत्वको सद्भावना पार्टीका कार्यकर्ताले कुर्सी प्रहार गरेका थिए । त्यसबेला पहिचान विरोधी दलको रूपमा एमालेलाई मधेसवादी दलहरूले अथ्र्याउँथे । सोही दलको नेताका रूपमा नेपाल संविधानको मस्यौदाबारेको छलफलका लागि रौतहट पुग्दा कुर्सी प्रहार भएको हो । हाल नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् ।

त्यसअघि सोही दलका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ६ माघ २०६७ मा सुनसरीमा एमालेकै एक कार्यकर्ताले चड्कन हानेका थिए । भरौलका देवीप्रसाद रेग्मीले कार्यक्रममै खनाललाई चड्कन दिएका दिए । उनले भने आक्रोशले भन्दा पनि ठूलै नेतालाई चड्कन हान्न मन लागेको र संयोगले खनाल परेको बताएका थिए ।पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई १३ असार २०६९ मा कांग्रेसकै कार्यकर्ता प्रवेश बस्नेतले आक्रमण प्रयास गरेका थिए । अन्य कांग्रेस कार्यकर्ताले जोगाएका कारण कोइरालामाथि त्यसबेला केही भएन । कांग्रेसमा गुटगत राजनीति कोइरालाले गरेको भन्दै आक्रोशित उनले आक्रमण प्रयास गरेका थिए । 

अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि पनि जुत्ता प्रहार भएको थियो । पृथ्वीनारायण क्याम्पस पोखरामा २२ मंसिर २०७३ मा भट्टराईमाथि कैलालीका सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेका थिए । सञ्जीवले जुत्ता प्रहार गर्नुको कारण भने अझैसम्म खुलेको छैन । जुत्ता प्रहार भएका भट्टराई हाल नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष छन् । भट्टराईलेभन्दा पहिले वर्तमान उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता पूर्णबहादुर खड्काले चप्पल प्रहारको सामना गर्नुपरेको थियो । तत्कालीन एमाले सभासद कमला शर्माले १५ जेठ २०६५ मा चप्पल प्रहार गरेकी थिइन् । 

पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरेर गृहजिल्ला नुवाकोटमा १ चैत २०७४ मा पक्की पुुल शिलान्यास गर्ने क्रममा स्थानीय रामहरि खड्काले पानीको बोतल प्रहार गरेका थिए । पूर्वमाओवादी सभासद झक्कुप्रसाद सुवेदीलाई काठमाडौंको तीनकुनेमा गोरखाका प्रेमप्रसाद देवकोटाले चिया खुवाइसकेपछि दुई झापड हानेका थिए ।
 


प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP