Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भूकम्पपीडितलाई थप पीडा नदेऊ
भूकम्पपीडितलाई थप पीडा नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ५, २०८०

वि.सं. २०७२ को गोरखा भूकम्पले मुलुकमा ठूलो विनास निम्त्यायो । लाखौं घर तथा भौतिक संरचना ध्वस्त बनायो । हजारौंको ज्यान लियो । हजारौं अंगभंग भए । ठूलो जनधनको क्षतिबाट मुलुकले विपद् व्यवस्थापनमा पाठ सिक्ने अपेक्षा गरिएको थियो । त्यतिबेला सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास तथा सार्वजनिक संरचनाहरुको पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरी पुनर्निर्माणको जिम्मा दिएको थियो । राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण प्राधिकरणले प्रभावकारी काम गर्न सकेन । तोकिएको समावधिका काम सम्पन्न गर्न नसकी पुनः समय थपेर प्राधिकरणले काम ग¥यो । अझ पनि कतिपय संरचना पुनर्निर्माण भइसकेका छैनन् ।

त्यति ठूलो विपद्बाट पनि सरकारले पाठ सिकेको देखिएन । जुन, गत कात्तिकमा जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुका लागि राहत र पुनःस्थापनामा देखिएको कमजोरीले पुष्टि हुन्छ । गत कात्तिक १७ मा जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले रुकुम पश्चिम र जाजरकोटमा ठूलो क्षति पुर्‍याएको घटना ताजै छ । त्यहाँका कतिपय भूकम्पपीडितले अझै राज्यबाट राहत पाउन सकेका छैनन् । दिनानुदिन चिसो बढ्दै जाँदा पालमा बास रहेका पीडितहरुले कठिनाइ भोग्नुपरिरहेको छ । अस्थायी आवाससमेत नपाएकाहरु थप पीडामा परेका हुन् । यसअघि चिसोकै कारण २० भन्दा बढी भूकम्पपीडितले ज्यान गुमाइसकेका छन् । बाँचेकाहरु पनि कठिन जीवन जिउन बाध्य भएका छन् । 

सरकारले अस्थायी आवासका लागि दिने भनेको रकम अझैसम्म सबै पीडितसम्म पुगेको छैन । सरकारले भूकम्पप्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा २५ हजार र आवास बनिसकेपछि दोस्रो किस्ताबापत २५ हजार गरी ५० हजार रुपैयाँ उपलब्ध गराउने भनेको छ । तर पहिलो किस्तासमेत अधिकांश पीडितले पाएका छैनन् । तत्काल उपलब्ध गराउनुपर्ने रकम भूकम्प गएको दुई महिना बित्नलाग्दासम्म पीडितले नपाउनु सरकारको लापारवाही हो । जनताको अभिभावक सरकारको यस्तो लापारवाही स्वीकार्य हुँदैन । चिसोमा कठ्यांग्रिरहेका पीडितलाई तत्काल राहत दिलाउन भइरहेको ढिलाइले सरकार जनताप्रति कति उत्तरदायी छ भन्ने प्रस्ट देखाउँछ ।

Hardik health

भूकम्पपीडितलाई बढ्दो चिसोबाट बचाउन सरकारले तत्काल उनीहरुलाई पालको बासबाट बाहिर ल्याउनुपर्छ । अस्थायी आवासका लागि दिने भनिएको रकम तत्काल सबैलाई उपलब्ध गराउन सरकारले ढिलाइ गर्नु हुँदैन । अर्कोतर्फ पुनर्निर्माणमा तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन जरुरी छ । अहिले देखिएको अलमलको स्थिति अन्त्य गरी तत्काल पीडितलाई राहत दिलाउनु सरकारको दायित्व हो । यो दायित्व पूरा गर्न तीनै तहका सरकारको ध्यान जाओस् । पीडितलाई थप पीडा नदेऊ ।
 


प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP