Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कृषकमैत्री नीति खै ? 
कृषकमैत्री नीति खै ? 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १, २०८०


कृषिप्रधान देश नेपालमा कृषकमैत्री नीति नहुँदा कृषक वर्ग सधैँ समस्यामा पर्दै आएका छन् । सरकारले कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आए पनि अनुकूल नीति बनाएर कार्यान्वयनमा ल्याउन सकेको छैन । ल्याइएका नीतिहरु पनि प्रभावकारीरुपमा कार्यान्वयन गरेको छैन । मुलुकमा कृषिको प्रशस्त सम्भावना भए पनि सरकारी नीति कमजोर हुँदा हरेक कृषि उत्पादन आयात गर्नुपरिरहेको छ । 

त्यसो त पछिल्लो समय कृषियोग्य भूमि घट्दै गएको छ । सरकारले भूमिको वर्गीकरण र भू–उपयोग नीति बनाउन ढिलाइ गर्दा कृषियोग्य जमिन प्लटिङ गरेर मासिएको छ । जथाभावी जग्गा प्लटिङको असर मुलुकले दीर्घकालसम्म भोग्नुपर्ने निश्चित छ । अर्कोतर्फ युवा पुस्तालाई कृषितर्फ आकर्षित गर्न सकेको छैन । कृषिमा आत्मनिर्भर हुने वातावरण नबन्दा युवाहरु विदेश पलायन भइरहेका छन् । जसकारण भएका कृषियोग्य जमिन पनि बाँझो छाड्ने क्रम बढ्दो छ ।


मल नपाएर समयमा खेती लगाउन पाउँदैन । कहिले सिँचाइको अभावले खेती रोकिन्छ । यो हरेक वर्ष कृषकले बेहोर्नुपर्ने दुःख हो । जुनसुकै सरकार आए पनि कृषकको यो दुःख हटाउन सक्दैन । चुनावमा कृषकमैत्री नारा लिएर गाउँगाउँमा पुग्ने दलहरु सरकारमा पुगेपछि सबै बिर्सन्छन् । कृषकसँग गरिएका कुनै पनि वाचा पूरा गर्न इमान्दार बन्दैनन् । अहिलेसम्म त्यस्तो देखिएको छैन । नभए पटक–पटक राख्दै आएका कृषकका माग पूरा गर्न सरकार तत्पर हुन्थे । 

Hardik health

पछिल्लोपटक सरकारले उखुको मूल्य निर्धारण गरेको छ, जसमा उखु किसान सन्तुष्ट छैनन् । सरकारले गत वर्षकोभन्दा प्रतिक्विन्टल २५ रुपैयाँ बढाएको छ, उखुको मूल्य । जसअनुसार सरकारले यो वर्षका लागि निर्धारण गरेको मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ हुन्छ । उखु किसानले भने ७५० रुपैयाँ कायम गर्नुपर्ने माग गरेका छन् । उखु किसान कहिले मूल्य नपाएर त कहिले चिनी उद्योगीले पैसा नदिएर पीडित बन्दै आएका छन् । विगतमा उखुको पैसा भुक्तानी लिन किसानले निकै संघर्ष गर्नुपरेको थियो । उखु किसानको मागलाई सरकारले सम्बोधन गर्नुपर्छ ।

उखुमा मात्रै होइन, तरकारी र अन्य खेतीमा पनि कृषक पीडित बन्नु परिरहेकोप्रति सरकारको ध्यान अझै नपुगेको देखिन्छ । दुःख गर्ने कृषकलेभन्दा विचौलियाले बढी लाभ लिने प्रवृत्ति अन्त्य गर्न सरकारले प्रभावकारी कदम चाल्न नसकेकै हो । अहिलेको सरकारले पनि त्यसतर्फ खासै पहल गरेको छैन । बेलाबेला किसानले सडकमा गोलभेडा फालेका, दूध पोखाएका घट्ना फेरि दोहोरिन नदिन सरकार जिम्मेवार बन्नुपर्छ । अन्यथा कृषिमा नयाँ पुस्ताको आकर्षण बढ्नेभन्दा पनि अहिले भएका कृषिकसमेत विस्तारै पलायन हुँदै जाने निश्चित छ । यसतर्फ सरकारको ध्यान पुगोस् ।
 


प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP