Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पहिचानको आन्दोलन दबाउने एमाले ‘मिसन’ !
पहिचानको आन्दोलन दबाउने एमाले ‘मिसन’ !
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, पुस १, २०८०

काठमाडौं– संविधान जारी हुनुभन्दा अघि अशान्त मधेसमा जसरी यसपटक प्रमुख विपक्षी दल नेकपा एमालेले कोशी प्रदेशमा उठेको पहिचानको आन्दोलनलाई दबाउन चाहेको देखिएको छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीकै शब्दमा कोशीमा जारी ‘आतंककारी गतिविधि’को अन्त्य गर्ने एमालेको राजनीतिक लक्ष्य नै हो । ज्ञवालीले आतंककारी गतिविधि भनेर कोशीमा जारी एमालेविरोधी पहिचानको आन्दोलनलाई भनेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेशकुमार भट्टराईलगायतले पहिचानको आन्दोलनलाई आतंककारी भन्दै आएका छन् । यसकारण ‘झुलाघाट–चिवाभञ्ज्याङ’ संकल्प यात्राको लुप्त राजनीतिक लक्ष्य नै पहिचान आन्दोलन दबाउने देखिएको हो ।‘एमालेलक्षित आतंककारी गतिविधि कोशीमा भइरहेको छ । जुन ठीक होइन । यसको अन्त्य हाम्रो चाहना हो,’ उनले प्रभावसँग भने, ‘लोकतान्त्रिक प्रक्रियाअनुसार चुनाव लडेर बहुमत प्राप्त गर्दै नाम फेर्ने संवैधानिक आधार छ । त्यसअनुसार साथी (पहिचानवादी)हरू अघि बढे हुन्छ ।’

एमालेलक्षित आतंककारी गतिविधि कोशीमा भइरहेको छ । जुन ठीक होइन । यसको अन्त्य हाम्रो चाहना हो ।-युवराज ज्ञवाली, उपाध्यक्ष, नेकपा एमाले


संविधान जारी हुुनुभन्दा अघि एमालेले मधेसकेन्द्रित अभियान सञ्चालन गरेको थियो । उक्त अभियानको पृष्ठभूमिमा अन्ततः मधेस आन्दोलन सशक्तरूपमा उठेन । यतिबेला त बिसर्जनउन्मुख छ । जहाँ एमालेविरोधी भावना थियो ।गत वर्षको चुनावबाट भने एमाले त्यहाँ पहिलो दल बन्यो । अहिले ठ्याक्कै त्यस्तै स्थिति कोशीमा छ । पहिचानवादीहरूको निशानीमा एमाले छ । जतिबेला मधेस आन्दोलनको बेला मुख्यतः मधेसवादी दलहरूको निशानीमा एमाले थियो ।

Hardik health

यस्तो अवस्थाबीच एमालेले पहिचानवादीहरूको आन्दोलनलाई कमजोर बनाउन चाहेको उपाध्यक्ष ज्ञवालीले नै बताए ।‘झुलाघाट–चिवाभञ्ज्याङ’ नाम दिइएको संकल्प यात्राका क्रममा एमालेले पहिचानवादीहरूको चर्को विरोध गरेको छ । अध्यक्ष ओलीले त पहिचानवादीहरूलाई दुश्मनी नगर्न चेतावनी दिए । दुश्मनी कहीँ नपुग्ने पनि उनको भनाइ छ । ‘म असहमति राख्ने साथीहरू सबै पार्टी, सबै समूहहरूलाई भन्न चाहन्छु– दुश्मनी गरेर कहीँ पुगिनेवाला छैन । मतभेदहरू हुन सक्दछन्, भिन्नताहरू हुन सक्दछन् । तर, तिनलाई शान्तिपूर्ण ढंगले विधि र प्रक्रियाबाट टुंग्याउन सकिन्छ, त्यस्ता निकायहरू छन्,’ उनले शनिबार पाँचथरको फिदिम पुगेर भने । 

हाम्रो आन्दोलन कुनै दलविरुद्ध होइन । प्रदेशको नाम कोशी राख्ने ८२ जना सांसद र हामीलाई आतंककारी भन्ने ओली, भट्टराईलगायतविरुद्ध हो । -प्रेम एक्तेन, पहिचानवादी नेता


ओली नेतृत्वको संकल्प यात्रा कोशी प्रदेश प्रवेश गरेलगत्तै त्यहाँबाट पहिचानवादी नेताहरू पक्राउ परेका थिए । ४० जनाभन्दा बढी नेता कार्यकर्ता र पहिचानका लागि युवा दस्ताका कमाण्डरहरूमध्ये धेरै जना अहिले पनि थुनामै छन् । कतिपयलाई प्रहरीले अझै खोजिरहेको छ । यसरी पहिचानवादी नेताहरू पक्राउ परेर थुनामा रहँदा पहिचान आन्दोलनलाई धक्का पुग्ने ठानिएको छ । तर, प्रदेश १ पुनःनामांकन संघर्ष समितिका एक जना नेता प्रेम एक्तेन पहिचान आन्दोलन थप उचाइमा पुगेको बताउँछन् । 

‘हाम्रो आन्दोलन कुनै दलविरुद्ध होइन । प्रदेशको नाम कोशी राख्ने ८२ जना सांसद र हामीलाई आतंककारी भन्ने ओली, भट्टराईलगायतविरुद्ध हो,’ उनले भने, ‘अहिले हामी लगातार आन्दोलित छौँ । हाम्रो मागबारे ध्यानाकर्षण गरिरहेका छौं । यसले त हाम्रो आन्दोलन  झन् सुनिने भएको छ ।’एमालेको संकल्प यात्रालाई पहिचानवादीहरूले यसअघि नै ‘कोशी’नाम स्थापित गराउने र आफूहरूविरुद्धको कदमको रूपमा अथ्र्याएका थिए । त्यही भएर एमालेको यात्रालाई प्रतिरोध गर्ने उनीहरूको घोषणा थियो । ठाउँठाउँमा रुख ढाल्नेदेखि सडक बन्द घोषणा गरेर बाधा पुर्‍याउने प्रयास गरे । कतै भने अध्यक्ष ओलीलगायत नेताहरूलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका थिए । तर, धेरै नेता कार्यकर्ता पक्राउ परेपछि उनीहरूको प्रतिरोध पनि प्रभावी भएन । 

यद्यपि, पहिचानवादीहरूले एमालेको यात्राले आन्दोलनमा केही प्रभाव नपर्ने बताउँदै आएका छन् । गत वर्षको १७ फागुनमा ओली नेतृत्वको एमालेकै नेता हिक्मतकुमार कार्कीको सरकार छँदा प्रदेश संसद्बाट कोशी नाम बहुमतले पारित गरिएको थियो । प्रदेश संसद्मा एमालेका सर्वाधिक ३९ जना सांसद कोशीको पक्षमा थिए । कांग्रेसका २९ जना, माओवादीका १३ जना र राप्रपाका छ जना सांसदले पनि कोशी नाम पारित गर्न मतदान गरेका थिए । यसपछि पहिचानवादीहरूले कोशीलाई गोत्रीय नाम भन्दै खारेजीको माग गर्दै आएका छन् । प्रदेशको नाममा मतदान गर्ने ८२ जना सांसदलाई अवरोध पुर्‍याउँदै आएको छ । ओलीसहितका नेताहरूलाई यसअघि अवरोध पुर्‍याएका थिए ।


पहिचानवादी नेताहरू पक्राउ 
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संकल्प यात्राको टोली कोशी प्रदेशको उदयपुर पुग्नुअघि नै पूर्वमन्त्री गोपाल किरातीसहितका नेताहरू पक्राउ परे । किराती अझै रिहा भएका छैनन् । खोटाङ, भोजपुर, ओखलढुंगा, धनकुटा, तेह्रथुम र पाँचथर पुग्नुअघि नै थुप्रै पहिचानवादी नेताहरू घरघरदेखि पक्रिए । उनीहरूको पक्राउ अघिअघि हुँदा ओलीले पछिपछि कार्यक्रमलाई सम्बोधन गर्दै अघि बढे ।

आज ओली पाँचथरकै चिवाभञ्ज्याङ पुग्दै छन् । नेपाल–भारत (सिक्किम) सीमा क्षेत्र चिवाभञ्ज्याङमा ओलीले देशको राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम छ । त्यसपछि ओलीले झुलाघाट–चिवाभञ्ज्याङ यात्राको औपचारिक समापन गर्ने एमाले सांसद वसन्तकुमार नेम्बाङले जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP