Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • मौरीपालन व्यवसाय: दामसँगै नाम
मौरीपालन व्यवसाय: दामसँगै नाम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २०, २०८०


गण्डकी– कास्की जिल्लाको मादी गाउँपालिका–११ तोगी लम्तरीका विनोद ढकालले गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका छन् । उनले सहर झर्ने र विदेश जाने युवालाई आफ्नो जन्मभूमिमा बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।

समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाइमा रहेको विकट बस्तीमा मह र महुरीसहितको घार बिक्रीबाट एक वर्षको अवधिमा रू सात लाख आम्दानी गरेको २७ वर्षीय ढकालले जानकारी दिए। “परम्परागत खरले छाएको घुमाउने घरैभरि र वरिपरि करेसाबारीमा राखिएका ३२ वटा मौरीका घारबाट उत्पादिन महको मुख्य बजार पोखरा हो”, उनले भने, “घरबाट मह प्रतिकिलो रू एक हजार चारसय र माग अनुसार सम्बन्धित स्थानमा पु¥याउँदा थप रू एक सय लिने गरेको छु ।” 

तोगीगाउँ भन्दामाथि बस्ती नभएको चिसो भए पनि झुल्के घाम लाग्ने उक्त पाखोमा महत्त्वपूर्ण जडीबुटीको खानी तथा घना जङ्गल भएकाले मौरीका लागि प्रशस्त चरण क्षेत्र रहेको ढकालले बताए। यहाँ उत्पादित अर्गानिक मह र घारको माग तीव्र रहेको उनले बताए । 

कात्तिक र मङ्सिरमा मात्र तीन सय केजी मह उत्पादन भई बिक्री गरेको ढकालले बताए । उनका अनुसार एक वर्षको अवधिमा ३८ थान मौरीसहितको घार समेत बिक्री भएको छ । मौरी सहितकोप्रति घारलाई रू दश हजारमा बिक्री वितरण गर्दै आएको उनको भनाइ थियो ।

Hardik health

गाउँका अघिकांश घारमा सेरेना जातका मौरी रहेका छन् । बुबाले विसं २०६७ देखि सुरु गरेको मौरीपालन यतिखेर व्यावसायिक रुपमा परिणत भएको बताउँदै ढकालले भने, “गाउँमा बसेर २० घार मौरी पाल्ने हो भने कोही पनि भोकले मर्नुपर्दैन ।” उमेरले समूहले नछेक्ने, खासै समय पनि दिनु नपर्ने, बिक्री हुँदैन कि भन्नु नपर्ने, मौरिपालनबाट राम्रो आम्दानी लिन सकिने हुँदा पैसा कमाउन जन्मथलो र परिवार छोडेर विदेश र सहरतर्फ भौँतारिनु नपर्ने उनको भनाइ थियो ।

मौरीपालक किसान सोमनाथ खनालका अनुसार घर र आसपासमा मौरीका २२ घार छन् । यस सिजनमा उत्पादन भएको ६५ लिटर मह बिक्रीबाट रू एक लाख तीस हजार आम्दानी भएको उनले जानकारी दिए । महको मागअनुसार पोखराको लेकसाइडमा प्रतिलिटर रू दुई हजारका दरले बिक्री गरेको बताउँदै उनले भने, “मौरीलाई खासै ध्यान दिनुपर्दैन । असिनापानीको बढी डर हुन्छ । मलछाप्रो, अरिङ्गाल, चिभेचरो, कमिला, खपटेकीरालगायत जङ्गली जनावर, चराचुरुङ्गीबाट जोगाउनु भने पर्छ ।”

कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजको भण्डारकारुपमा लिइने बहुउपयोगी खाद्य वस्तु प्राप्त हुने महको सेवनकर्ता बढेपछि पछिल्लो समय मागसमेत बढेको किसान बताउँछन् । 

स्थानीय मौरिपालन गर्दै आउनुभएका अगुवा किसान पित्रृराज लामिछानेले मह भन्दा मौरीसहितका घार बिक्रीमा विशेष ध्यान दिँदै आएका छन् । मह उत्पादन गरी बिक्री गर्नुभन्दा मौरीसहितका घार बिक्री वितरण गर्दा व्यावसायिक मौरीपालन विस्तार हुने, मह उत्पादन वृद्धि हुनुका साथै रोजगारीसमेत सिर्जना हुने उनको विश्वास छ । 

एक वर्षको अवधिमा आप्mनो र छिमेकीको गरी रू ३५ लाख मूल्य बराबरका तीन सय पचास गोलासहितका घार बिक्री गरेको बताउँदै लामिछानेले भने, “यस क्षेत्रमा रहेका सबै घरमा धेरैरथोरै घार छन् । गाउँमा वार्षिक रू एक करोड भन्दा बढी सहरको पैसा आउने गरेको छ ।” कात्तिकरमङ्सिर र फागुन महिनामा मौरीले गोला वृद्धि गर्ने भएकाले सोही समयमा नयाँ घारमा राख्न उचित हुने उनको भनाइ थियो ।

कास्की जिल्लाका पाँचवटै स्थानीय तह तथा छिमेकी जिल्ला गोरखा र स्याङजामा मौरीका घार बिक्री गर्दै आएको बताउँदै लामिछानेले भने, “अन्य काठको तुलनामा टुनी जातको काठमा बनाइएको घारको मूल्य बढी हुन्छ ।” एउटा घारबाट फुटाएर एक वर्षमा १० घारसम्म मौरी बनाउने गरेको उनले बताए। 

स्थानीय सरकार एवम् विभिन्न सङ्घसंस्थाले किसानलाई मौरी घार वितरण गरेपनि प्रविधि र ज्ञानको अभावमा उनीहरुले उचित फाइदा लिन नसकेका लामिछानेको भनाइ थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय सिक्लेसद्वारा ५० प्रतिशत अनुदानमा प्रत्येक घरलाई मौरी सहितको एक। एक घार वितरण गरेसँगै यस क्षेत्रमा मौरीपालन सुरु भएको लामिछानेले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले स्थापनाकालदेखिनै यस गाउँलाई मह पकेट क्षेत्र घोषणा गरेर मौरीघार विस्तारमा जोड दिँदै आएको गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बताए । किसानलाई घारसहित आवश्यक तालिम, अत्याधुनिक प्रविधि, सुरक्षाका सामग्री वितरण गर्दै आएको उजले जानकारी दिए। 

मह उत्पादनका लागि आवश्यक सीप, ज्ञान र प्रविधिमा सहयोग गर्दै आइएको गुरुङले जानकारी दिए । उनका अनुसार मादी गाउँपालिकाका अधिकांश वडामा मह उत्पादनको प्रचुर सम्भावना रहेको छ । 

पालिकाले पकेट क्षेत्रकारुपमा विकास गर्न चालु आर्थिक वर्षमा १५ देखि २० लाख मूल्य बराबरका मौरीसहितका घार खरिद गरी किसनालाई वितरण गर्ने योजना बनाएको गुरुङले जानकारी दिए । यसमा पालिकाकोतर्पmबाट ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको उनले बताए।

गाउँपालिकाका विशेष गरी तोगी, याङजाकोट, घ्यामरुङलगायत स्थानमा राम्रो मह उत्पादन हुने जनाउँदै अध्यक्ष गुरुङले भने, “मौरीसहितको घार पाउन त्यति सहज छैन । लम्तरी तोगीका किसना पित्रृराज लामिछानसँग घार लिनको लागि छ महिलाको समय लाग्ने र झण्झटिलो खरिद प्रक्रियाले थप असहज हुने गरेको छ ।” 

गण्डकी प्रदेशको राजधानी पोखराबाट विजयपुर, कालिका, माझठानाको सौरे, भगवतीटार, बरालडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । सौरेसम्म पक्की सडक भए पनि बाँकी गाउँसम्म पुग्न कच्ची मोटर बाटो पुगेको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP