Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #गीता_चौधरी
  • #सीता वादी
  • #सोविता गौतम
  • #हर्क सम्पाङ राई
  • #बादल’
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १८, २०८०

सर्लाही– सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बागमती नगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले नगरका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

    
सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै नेपाली र अङ्ग्रेजी माध्यमबाट सिकाइ, शिक्षकको पनि प्रयोगात्मक परीक्षा, विद्यालयका लागि अतिरिक्त क्रियाकलाप सुरु गरेपछि निजी विद्यालय छोडेर सामुदायिक विद्यलायमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या बढेको नगरपालिकाको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए ।

उनले नगरपालिकाको पहलमा वृहत राष्ट्रिय शिक्षा अभियानका अभियान्ता अभिषेक घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारमा निर्वाह गर्नुभएको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए । 

ती सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको समेत व्यवस्था गरिनु अभिभावक र विद्यार्थीको आकर्षणको मुख्य पाटो रहेको नगर शिक्षा शाखाका ओमबहादुर कार्कीले बताए । उनका अनुसार नगरभित्रका २५ वटै सामुदायिक विद्यालयमा नेपाली र अङ्ग्रेजी माध्यामबाट अध्यापन भइरहेको छ ।

Hardik health

कक्षा ५ सम्म अनिर्वाय अङ्ग्रेजी माध्याम र कक्षा ६ देखि १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्याममा अध्यायन अध्यापन भइरहेको नगर शिक्षा शाखाले जनाएको छ । नगरभित्र रहेका पाँच वटा माध्यामिक विद्यालयमध्ये तीन वटामा प्राविधिक विषयको पनि अध्यापन भइरहेको छ । वडा नं ८ स्थित शङ्करपुरमा रहेको नवजन जागरण माविमा पशु सेवा, बागमती नगरपालिका– ५ स्थित सोल्टीमा रहेको जनता माविमा कृषि र बागमती नगरपालिका–११ स्थित कर्मैयामा रहेको श्री ५ महेन्द्र माविमा सिभिल इन्जिनीयरिङको अध्यापन भइरहेको नगर शिक्षा विकास समितिका संयोजक राजकुमार विकले जानकारी दिए ।

उनका अनुसार नगरभित्रका सामुदायिक विद्यालयमा गत शैक्षिक सत्रमा करिब सात हजार विद्यार्थी अध्यायनरत रहेकामा यसवर्ष करिब सात हजार छ सय विद्यार्थी सङ्ख्या पुगेको छ । नगरपालिकाभित्रका कुनै पनि सामुदायिक विद्यालयमा भएका भौतिक संरचनाभन्दा बढी विद्यार्थी हुने भएपछि भर्ना कार्यक्रम रोकेर सङ्ख्यात्मकभन्दा गुणस्तमक विकास गर्न लागिएको  उनको भनाइ थियो । 

केही वर्ष अघिसम्म अधिकांश विद्यार्थी र अभिभावकको रोजाइ निजी विद्यालय थियो तर स्थानीय तहको निर्वाचन २०७४ पछि यहाँका जनप्रतिनिधिका साथै कर्माचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने बाध्यकारी नियम बनाएर ती  विद्यालयको गुणस्तरमा सुधार भएपछि यहाँका अभिभावक र विद्यार्थीको रोजाइँ अहिले सामुदायिक विद्यालय नै भएको नवजन जागरण माविका प्रधानाध्यापक बद्रीप्रसाद पोख्रेलले बताए ।

उनका अनुसार निजी विद्यालयकै झैँ नेपाली र अङ्ग्रेजी दुवै माध्यामका साथै अतिरिक्तमा प्राविधिक धार सुरु भएपछि अभिभावक र विद्यार्थीको आकर्षण बागमतीका सामुदायिक विद्यालयतर्फ बढेको हो । 

सामुदायिक विद्यालयको भौतिक संरचनाको व्यवस्थापन, शिक्षाको गुणस्तर सुधारका साथै प्राविधिक तर्फपनि थोरै शुल्कमा अध्यायन गर्न पाउने भएपछि नगरभन्दा बाहिरका अभिभावक तथा विद्यार्थीको पनि आकर्षण बढेको जनता माविका प्रधानाध्यापक लोकनाथ दाहालले बताए । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएकाले प्रवेश परीक्षाको माध्यमबाट मात्र विद्यार्थी भर्ना लिन कर्मैयास्थित  महेन्द्र माविका प्रधानाध्यापक नवकिरण श्रेष्ठले बताए।

“पहिला पहिला यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी पढ्नै मान्दैनथे तर अहिले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि तछाडमछाड चल्छ, नगरपालिकाले मापदण्ड बनाएको छ, सोहीअनुसार विद्यार्थी भर्ना लिने गरेका छौँ”, उनले भने । विद्यार्थी भर्ना गरिदिनु प¥र्यो भनेर चर्को दबाब आउँछ तर नगरपालिकाले निर्धारण गरेको मापदण्ड र विद्यालयको भौतिक संरचनाका साथै सङ्ख्यात्मकभन्दा गुणात्मक विकासमा लाग्ने तयारी भएकाले भर्ना लिनसक्ने अवस्था नरहेको सामुदायिक विद्यालयको भनाइ थियो ।

पछिल्लो समय सामुदायिक विद्यालयमा भएको शैक्षिक सुधारले थोरै लगानीमा गुणस्तरीय शिक्षा पाउने भएपछि अभिभावकसमेत उत्साहित भएका छन् । साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएपछि नगरका सामुदायिक विद्यालयले पढ्दै कमाउँदै कार्यक्रमबाट विपन्न अभिभावकलाई थप राहत पुगेको महसुस गरिएको नगरप्रमुख भरतकुमार थापाले बताए। 

उनका अनुसार पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि विद्यार्थीले पढाइको समयभन्दा अन्य समय केही रकम कमाउन थालेपछि कापि कलम किन्न अभिभावकले पैसा खर्च गर्नुपर्ने अवस्था अन्त्य भएको छ ।

स्थानीय तहमा आफू निर्वाचित भएर आएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सुधारका लागि अथक प्रयास गरिरहेको नगर प्रमुख थापाले बताए । उनका अनुसार विद्यलाय भवन, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, शुद्ध पिउने पानी, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला, कालो बोर्डलाई हटाइ सेतो बोर्डको व्यवस्था, प्रविधिमैत्री र बाालमैत्री पठनपाठनको व्यवस्था गरिएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
आजदेखि एसइई परीक्षा
आजदेखि एसइई परीक्षा बिहीबार, चैत १९, २०८२
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु बिहीबार, चैत १९, २०८२
एसईई परीक्षा भाेलिबाट सुरु
एसईई परीक्षा भाेलिबाट सुरु बुधबार, चैत १८, २०८२
कञ्चनपुरको बैजनाथ मावि संकटमा
कञ्चनपुरको बैजनाथ मावि संकटमा सोमबार, चैत १६, २०८२
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु बिहीबार, चैत ५, २०८२
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता सोमबार, चैत २, २०८२
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन सोमबार, चैत २, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP