Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रविको रवैया पुरानै दलको 
रविको रवैया पुरानै दलको 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १५, २०८०

पुराना राजनीतिक दलको आसेपासे प्रवृत्तिको चर्को विरोध गर्दै टेलिभिजनको पर्दाबाट छाएका नेता हुन् रवि लामिछाने । जनताका समस्यामा सरकारी संयन्त्रविरुद्ध खरो उत्रने उनका हरेक अभियानमा जनताले साथ दिन्थे । सामाजिक सञ्जालबाटै हाइहाइ मिलेको लामिछानेले यही वाहवाहीबाट हौसिएर दलसमेत बनाए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो चुनावमै अभूतपूर्व सफलतासमेत पायो । प्रत्यक्ष र समानुपातिक गरी २० सिट लिएर देशकै चौथो शक्ति बनेर प्रतिनिधिसभा छिरेको लामिछानेको पार्टीलाई अग्रगामी सोच भएको दलको रुपमा हेरिन्थ्यो ।

लामिछानेको इन्ट्री संसद्मामात्र हैन सरकारमा पनि हेर्न लायक थियो । तर, पहिलो निर्वाचनबाट सीधै उपप्रधान तथा गृहमन्त्रीको चाबी पाएका उनी लामो समय सरकारमा टिक्न सकेनन् । कारण बन्यो नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको । व्यवस्थाविरुद्ध नारा उरालेर चर्चामा आएका लामिछाने त्यसपछि विस्तारै सेलाउन थाले । मन्त्री बन्नका लागि घुस मागेको आरोप उनीमाथि लाग्न थाल्यो । जसकारण डा. ढाकाकुमार श्रेष्ठको सांसद पदसमेत खोसे उनले । यी घटनाका कारण आलोचित हुँदै आएको लामिछानेले पछिल्लो केन्द्रीय समिति विस्तारमा झनै अनुदार देखिएका छन् । लामिछानेले योग्यता र योगदानलाई भन्दा पनि आफ्ना आसेपासेलाई पदाधिकारीको पद दिलाएका छन् ।  

१३ सदस्यीय पदाधिकारीमा निकट विपिन आचार्यलाई सहमहामन्त्री, दीपक बोहरालाई सहकोषाध्यक्ष तथा रमेश प्रसाईं र प्रतिभा रावललाई सहप्रवक्ताको जिम्मेवारी दिएका छन् । चारैजना लामिछानेले पार्टी गठन गर्नुअघि काम गर्ने न्युज २४ टेलिभिजनका सहकर्मी हुन् । बोहरा र आचार्य लामिछानेका विश्वासपात्र हुन् । बोहरालाई अझै माथिल्लो पद दिने लामिछानेको तयारी रहे पनि थप आलोचित हुने डरले सहकोषाध्यक्षमात्र बनाएको आरोप उनकै पार्टीका नेताहरुले लगाएका छन् । यसैगरी प्रसाईंसँग पनि लामिछानेको पछिल्लो निकटता रहँदै आएको छ । संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका मनिष झालाई सहमहामन्त्री बनाइए पनि आचार्य र बोहरालाई मर्यादाक्रममा माथि राखिनुले पनि लामिछानेको नातावाद प्रस्ट पार्छ ।

Hardik health

सुरुदेखि नै उपसभापति रहेका डिपी आर्याल लामिछानेकै विश्वासपात्र हुन् । संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्दै अर्का सांसद सन्तोष परियार र विराजभक्त श्रेष्ठलाई पार्टीमा केन्द्रीय सदस्यमात्र दिइएको छ । सन्तोष र विराजभक्त दुवै यसअघि पार्टीको संसदीय दलको प्रमुख सचेतक र उपनेता हुन् । यसैगरी कांग्रेस छाडेर तनहुँ क्षेत्र २ मा होमिएका अर्थविद् स्वर्णिम वाग्लेलाई पनि लामिछानेले सीधै उपसभापति पद दिएका छन् । पुरानो दलको विरोध गरेर शक्ति जमाएका लामिछाने अहिले पुरानै दलको कित्तामा उभिँदा उनले सम्झनैपर्ने कुरा हो, हिजोको जनाधार । लामिछानेज्यू,  यसरी भुसुक्कै जनाधार बिर्सेर नयाँ शक्तिको खोल कतिञ्जेल ओडिरहने ?


प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP