Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • आफ्ना विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक
आफ्ना विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १५, २०८०

धरान - विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यावस्थापन समितिका सदस्यले विद्यार्थीको घरघमा जाने अभियान सुरु गरेका छन् ।  नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिकस्तरलाई थप उकास्न घरदैलो अभियान सुरु गरेको हो ।

दसैँ–तिहारलगायत अन्य विभिन्न खाले बिदाको समयलाई सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घरघरमा पुगेर घरदैलो अभियानको सुरु गरेको हो । विद्यालयका ६० शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब एक हजार जना विद्यार्थीका घरघरमा पुगेर अभिभावकसँग अन्तरक्रिया गरेका छन् । शिक्षक तथा व्यवस्थापन समितिका टोली सम्मिलित सदस्यले विद्यार्थीका पारिवारिक अवस्था, विद्यालय र विद्यार्थीको घरको दुरीलगायतका विषयमा छलफल गर्दै विद्यालयलाई सुधार गर्नको लागि अभिभावकसँग राय सङ्कलन गरेका छन् ।

‘विद्यार्थीका पारिवारिक अवस्था, विद्यार्थीको पढाइलगायतका विषयमा छलफल गर्दै विद्यालयलाई कसरी सुधार्न सकिन्छ ? भनेर अभिभावकसँग राय माग्यौँ’ शिक्षिका रञ्जिता परियारले भन्नुभयो, “अभिभावकले आफ्ना छोराछोरीको पढाइ र भएका समस्याको बारेमा हामीलाई भने ।” घरदैलो अभियानका क्रममा विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गरेर तयार पारेको प्रतिवेदन शिक्षकले बुधबार विद्यालयमा बुझाए । घरदैलो अभियानमा सहभागी शिक्षिका परियारले केही विद्यार्थीको घरमा पढ्ने वातावरण राम्रो नपाएको बताए । करिब एक हजार अभिभावकका घरमा पुगेर अन्तरक्रिया गर्ने र अवस्था बुझ्ने काम भएको विद्यालयका प्रधानाध्यापक डा इन्द्र मोहन झाले जानकारी दिए ।

Hardik health

शिक्षकले बुझाएको प्रतिवेदन अध्ययनपछि शिक्षकबीच विद्यार्थीको पढाइ सुधार्न के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा थप अन्तरक्रिया गर्दे अभियानलाई निरन्तरता दिने प्रअ डा झाको भनाइ छ । “विद्यालयको शैक्षिकस्तर माथि उठाउन विद्यार्थीको पृष्ठभूमि बुझ्न जरुरी लागेर शिक्षकलाई घरघर पठाएका हौँ”, प्रअ डा झाले भने, “हाम्रो लागि यो अभियान नयाँ प्रयोग हो, यो अभियानले विद्यालयसँग विद्यार्थीका परिवारलाई जोड्ने काम गरेका छौँ, विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

सबैको रोजाइमा पब्लिक नमूना विद्यालय छनोट भएको पब्लिक मावि पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ । विद्यालयको तथ्याङ्कअनुसार नर्सरीदेखि कक्षा १२ सम्म तीन हजार चार सय विद्यार्थी अध्ययनरत छन् । नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ इलेक्ट्रिकल इञ्जिनीयरिङको पढाइ हँुदै आएको प्रअ डा झा बताए । यो वर्षदेखि कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, व्युटिसियन र हेयर ड्रेसिङ जस्ता विषयमा पढाइ सञ्चालन भइरहेको विद्यालयले जनाएको छ ।

प्रत्येक कक्षामा स्मार्ट बोर्ड राखिएको छ । व्यवस्थित पुस्तकालय र साइन्स ल्याव रहेको छ । विसं २००३ मा स्थापना भएको यो विद्यालय पूर्वकै पुरानोमध्ये एक हो । यो विद्यालयबाट विसं २०१२ मा रामबाबु खनालले प्रवेशिका परीक्षा (एसएलसी) मा सर्वप्रथम स्थान (बोर्ड फस्ट गरेका) हासिल गरेका थिए । धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाले पब्लिकबाट अन्य विद्यालयले सिक्न सक्ने धेरै कुरा रहेको बताउँदै विद्यालयको कामअनुसार उपमहानगरपालिकाले पनि सहयोग गरिरहेको बताए ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP