Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मध्यपहाडबाट एमालेको प्रतिवाद
मध्यपहाडबाट एमालेको प्रतिवाद
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, मंसिर १५, २०८०

काठमाडौं– चौतर्फी घेराबन्दीमा परेपछि राजनीतिक रूपमा प्रतिवाद गर्न प्रमुख विपक्षी दल नेकपा एमाले मध्यपहाडमा गएको छ । सुदूरपश्चिम प्रदेशको बैतडीमा पर्ने झुलाघाटमा बिहीबार राष्ट्रिय झण्डा झण्डोतोलन गर्दै मध्यपहाड गएको एमाले सुदूूरपूर्वी जिल्ला पाँचथरको चिवाभञ्ज्याङसम्म पुग्ने छ । मध्यपहाड जाने अभियानलाई एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ भनेको छ । यात्रामा पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी छन् ।

विपक्षी धारका राजनीतिक शक्ति तथा समूहहरूको भण्डाफोर र मध्यपहाडको समृद्धिका आधारशीलाहरू पहिचान गर्न अभियान उपयोगी हुने एमालेले जनाएको छ । उक्त दलका अध्यक्ष ओलीले अहिलेको विकृत राजनीतिलाई पनि सही बाटोमा ल्याउन अभियान प्रभावी हुने दाबी गरेका छन् । सरकारको कामकारबाही, अर्थतन्त्र र वर्तमान राजनीतिलाई सही बाटोमा ल्याउने पनि उनको भनाइ छ । 

‘यो यात्रा एक प्रकारको परिस्थितिसम्बन्धी जानकारी, राष्ट्रिय शक्ति निर्माणका लागि जागरण अभियान पनि हो,’ उनले भने, ‘यसले राष्ट्रिय शक्ति निर्माण गर्ने, देश र जनताको हित, सुशासन प्रवद्र्धन तथा देश विकासको पक्षमा महŒवपूर्ण योगदान पुग्छ भन्ने विश्वास लिएको छु ।’ओली नेतृत्वको एमाले हाल सत्ता गठबन्धन, पूर्वमा पहिचान पक्षधर र दुर्गा प्रसाईं नेतृत्वको समूहको घेराबन्दीमा छ । यहीबेला मध्यपहाड पुगेर घेराबन्दीको भण्डाफोर गर्न र राजनीतिक रूपमा प्रतिवाद गर्न एमालेले चाहेको हो ।

राजतन्त्र पक्षधरहरूविरुद्ध पनि प्रस्तुत हुन एमालेले मध्यपहाडी अभियानलाई प्रयोग गर्ने देखिएको छ । पार्टी अध्यक्ष ओलीले राजतन्त्र र हिन्दूराष्ट्र पक्षधरहरूविरुद्ध बिहीबार चर्को अभिव्यक्ति दिए । उनका अनुसार राजावादीले टाउको उठाउन थालेको सरकारकै कामकारबाहीले हो ।

Hardik health

फेरि रैती हुन सक्दैनौं । दास हुन सक्दैनौं, छुवाछूतजस्ता प्रथातर्फ फर्किन सक्दैनौं । फेरि जन्मिदै कोही राजा हुने, कोही दास हुने, धनी र गरिब हुने जन्मिछ भनेर मान्दैनौ ।-केपी शर्मा ओली,अध्यक्ष, नेकपा एमाले


‘अहिलेको दुनियाँ कति अगाडि बढिसक्यो तर हाम्रो देश अझै ओरालो लाग्दै छ । म प्रधानमन्त्रीबाट हटाइएपछि अढाई वर्षमा देशको राजनीति अस्थिरतामा गयो । अर्थतन्त्र ओरालो लाग्यो, राजनीतिक अस्थिरता र अराजकतामा गयो,’ उनले भने, ‘रोजगारीका अवसर समाप्त भए, उद्योग धन्दा खुल्ने होइन भएका पनि बन्द भए । अनि पनि प्रतिगामी शक्तिहरू टाउको उठाउँदैनन् ?’

उनले तस्करी र कमिसनतन्त्रको खेलकै कारण अर्थतन्त्र ओरालो लागेको ठोकुवा गरे । यस्तो स्थितिले जनतामा निराशा र अन्योल पैदा मात्रै होइन, नागरिक विदेश जानुपर्ने अवस्था सिर्जना भएको पनि बताए । यस्तो स्थिति भने प्रतिगामी शक्तिका लागि भने अफवाह फैलाउने अनुकूल समय भएको उल्लेख गरे । ‘प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर दुलोबाट टाउको निकालेर फेरि सल्बलाउन खोजेका छन्,’ उनी भन्छन् । तर, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश राजतन्त्रात्मक प्रणालीमा नफर्किने ठोकुवा ओलीको छ । नेपाली जनताले पनि रैती हुन नचाहेको बताए ।

‘हामी पछाडि फर्किन सक्दैनौं, फेरि रैती हुन सक्दैनौं । दास हुन सक्दैनौं, छुवाछूत जस्ता प्रथातर्फ फर्किन सक्दैनौं । फेरि जन्मिदै कोही राजा हुने, कोही दास हुने, धनी र गरिब हुने जन्मिछ भनेर मान्दैनौ,’ ओलीले भने ।  दुर्गा प्रसाईं नेतृत्वको समूहले चाहिँ राजतन्त्र र हिन्दूराष्ट्र कायम गराउन संघर्ष प्रारम्भ भएको र हाल गणतन्त्रको जग हल्लिएको समेत जिकिर गर्दै आएको छ । यस्तो अवस्थाबीच ओलीले खण्डनयुक्त अभिव्यक्ति दिएका हुन् । 


उपेक्षित भीम रावल
१९ दिन लामो एमालेको संकल्प यात्रामा नेता डा. भीम रावल देखिएका छैनन् । रावलनिकट एक नेताका अनुसार उनलाई बेवास्ता गरेर ओलीले यात्राको थालनी गरेका हुन् । यसो हुनुको कारण भने गत फागुनमा सञ्चालन मिसन ग्रास रुट अभियानलाई लिएर ओली र रावतबीच कडा मतभेद हुनु र रावललाई बाहिर राखेर सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नु ठानिएको छ । 


किन मध्यपहाडमा एमाले 
देश विकास भइरहँदा पनि राजावादी दल राप्रपा र दुर्गा प्रसाईंको समूहले निराशा फैलाउने कोशिस भइरहेको भन्दै ओलीको दल एमाले असन्तुष्ट छ । यसलाई चिर्दै देश बन्ने र बनिरहेको आशा र विश्वास जनतामा जगाउन पनि अभियानको औचित्य हुने एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए । 

उनका अनुसार कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पूरा भएको र यसबीचमा कम्युनिस्ट पार्टीहरूले देशको विकास र समृद्धिका लागि गरेका मूलभूत गतिविधिबारे जनतालाई थाहा दिन पनि अभियान सञ्चालन गर्न लागिएको हो । एमालेले अभियान सञ्चालन गर्न लागेको राजमार्गको पूरा नाम भने ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ हो ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नामबाट लोकमार्गको नाम राखिएको हो । उनै पुष्पलाल र २००६ सालमा नेकपा स्थापना गरिँदाको इतिहासलाई वर्तमान कम्युनिस्ट आन्दोलनसँग जोड्न पनि अभियान महŒवपूर्ण हुने दाबी एमालेको छ । 

तर, अभियानलाई भने अवरोध पु¥याउने पहिचानवादीहरूको तयारी छ । उनीहरूले अध्यक्ष ओली, सचिव योगेशकुमार भट्टराईसहितका नेताहरूलाई अभियानमा सहभागी नगर्न चेतावनी नै दिएका छन् ।

भट्टराई सवार गाडीमा त सोमबार ताप्लेजुङको फुंलिङमा तोडफोड नै भयो । ओली, भट्टराईसँगै प्रदेशका ८२ जना सांसदका कारण प्रदेशको नाम कोशी राखिएको भन्दै पहिचानवादीहरू असन्तुष्ट छन् ।
०००


प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP