Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • पुनःनिर्माण सच्याउन माग
पुनःनिर्माण सच्याउन माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १४, २०८०

काठमाडौं– बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनःनिर्माण तथा सवलीकरणका क्रमका भएका संरचनागत त्रुटि सच्याउनुपर्नेमा विषयगत समितिका संयोजकहरूले जोड दिएका छन् । 

त्रिपुरेश्वरबाट टेकु (कालोपुलसम्म) नदी किनारामा भएका सम्पदाको स्थलगत अवलोकन गर्दै काठमाडौँ महानगरपालिका विषयगत समितिका संयोजकहरूले आज सवलीकरणको क्रममा भएको विषयगत त्रुटि सच्याउनुपर्ने बताएका छन् । 

विसं २०७२ को भूकम्पले जीर्ण तथा क्षति भएका सम्पदाको पुनःनिर्माण, पुनःनिर्माणपछि हस्तान्तरण भएका सम्पदाको अवस्था, पुनःनिर्माण हुन बाँकी सम्पदा, संरक्षणका लागि महानगरपालिकाले गर्नुपर्ने काम, धार्मिक, सामाजिक, सांस्कृतिक तथा कला प्रवर्द्धनात्मक कार्यक्रमको सम्भावनाका विषयमा छलफल भएको थियो ।

अवलोकन गरिएका स्थानमध्ये लक्ष्मेश्वर सत्तल कला प्रशिक्षण सञ्चालनका लागि प्रस्ताव भएको स्थान हो । अवलोकनका विषयमा जानकारी दिँदै कामपाका प्रवक्ता नवीन मान्धरले भने, “हाम्रो भौगोलिक क्षेत्रभित्र भएका सम्पदाको संरक्षण हामीले गर्ने हो । यस कार्यक्रममा सरोकारवाला र साझेदारसँग सहकार्य गर्छौँ ।” 

थापाथलीबाट टेकु दोभानसम्म एसियन विकास बैंकको ऋण सहायताबाट तीन चरणमा नदी सुधार परियोजनाबाट जीर्ण सम्पदाको पुनःनिर्माण, सवलीकरण (रेक्टोफिटिङ), मर्मतसम्भार तथा सौन्दर्य वृद्धि गर्ने काम भइरहेको छ । परियोजनाको पहिलो चरणमा पुनःनिर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण गरिएको माननधरले जानकारी दिए ।  

यसमध्ये लक्ष्मेश्वर मन्दिर र लक्ष्मेश्वर सत्तल पनि हुन् । यससँगै शिव मन्दिर, पुजारी सत्तल, पुरोहित घाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, मानन्धर सत्तल, कार्की सत्तल, मुन्सीघाट सत्तल र पञ्चनारीघाट सत्तल सवलीकरण गरेर हस्तान्तरण गरिएको हो । यसका लागि करिब रु ३७ करोड खर्च भएको थियो । 

दोस्रो र तेस्रो चरणमा टेकु पुलबाट टुकुचा बागमती दोभान हुँदै थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुनःनिर्माण, मर्मतसम्भार र नदी क्षेत्रको सुन्दरता बढाउने पूर्वाधार निर्माण भइरहेका छन् । दोस्रो चरणको काम गर्न करिब रु ४० करोड र तेस्रो चरणको काम गर्न करिब रु ३५ करोड लागत अनुमान गरिएको छ ।

अवलोकन गर्न कामपाको सूचना प्रविधि समितिका संयोजक एवं प्रवक्ता नवीन मानन्धर, सम्पदा समितिका संयोजक आशामान सङ्गत, सामाजिक समितिका संयोजक रामकुमार केसी, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, गुठी संस्थानका अधिकारी, महानगरपालिकाका विभागीय प्रमुख, सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीलगायतको सहभागिता थियो ।


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP