Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भूकम्पपीडितलाई नमार सरकार
भूकम्पपीडितलाई नमार सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १४, २०८०

चिसोले अहिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको अवस्था जर्जर बनेको छ । सरकारदेखि राजनीतिक दलले आफूहरुले थुप्रै टहरा÷घरहरु निर्माण गरेको दाबी गरिरहे पनि भूकम्पपीडितले राहतको सास फेरेको सुनिँदैन । भूकम्पमा ज्यान जोगाएकाहरु चिसोका कारण धमाधम मृत्युवरण गर्दै छन्, मृत्युको आकडाले सरकार र दलहरुको मिडियाबाजी पुष्टि गर्दैन ।

सुत्केरीको मृत्यु भएको छ । चिसोकै कारण १५ जनाको मृत्यु भएपछि राजधानीमा राहत र टहरा निर्माण गरेको होहल्ला गर्ने नेपाली कांग्रेसले सरकारलाई चाँडोभन्दा चाँडो राहत रकम उपलब्ध गराउन माग गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारले उपलब्ध गराउने भनेको ५० हजार रुपैयाँ राहत तत्काल र एकमुष्ठ दिन अनुरोध गर्ने निर्णय गरेको हो । जबकि कांग्रेस आफैं सत्तामा छ । 

१७ कात्तिकको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६२ हजार घर भत्काएपछि यहाँका बासिन्दा घरबाहिर त्रिपालमुनि बस्दै आएका छन् । मंसिरको चिसोमा त्रिपालले थेग्न नसकेपछि भूकम्पपीडित बिरामी पर्न थालेका छन् । दुई जिल्लामा अहिलेसम्म १५ जनाले ज्यान नै गुमाएका छन् । जाजरकोटमा १२ र रुकुम पश्चिममा तीनजनाले चिसोका कारण ज्यान गुमाएका हुन् । सरकारले बुधबार बिहानै जजारकोट केन्द्रबिन्दु भएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सुरक्षा निकायलाई परिचालित गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयले झन् प्रस्ट्याउँछ दलहरुको फगत प्रचार ।

Hardik health

जाजरकोट भूकम्पले १५४ जनाको ज्यान लियो । भूकम्पको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल क्षतिग्रस्त क्षेत्रमा पुगेकोले नागरिकमा एकप्रकारको राहत महसुस भएको थियो । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका नेताहरु त्यहाँ पुगे । केन्द्रीय नेताहरुले टहरा बनाइरहेका समाचार पनि छपाए । तर सरकार त्यहाँ अझै पुग्न सकेको छैन । सरकारले राहत पनि एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेको छ । २०७२ सालको भूकम्पमा वितरण भएको राहतबाट पाठ सिकेर हुनुपर्छ सरकारको यो निर्णयलाई धेरैले मन पनि पराए । तर विपद् कोषमा करोडौं हुँदा र अहिले पनि करोडौं राहत रकम उठिसक्दा पनि सरकारले प्रभावित दुई जिल्लामा काम गर्न सकेको छैन । 

राज्यलाई नक्कली भूकम्पपीडितको डर हुनसक्छ । तर सरकार यस्तै घटनाबाट चिनिने हो कतिको प्रभावकारी छ भन्ने कुरा । आफ्नै नागरिकको सही तथ्यांक राख्न नसक्दा सरकार जहिल्यै कार्यसम्पादनमा चुक्ने गर्छ । भूकम्पबाट बचेकाको पनि ज्यान गइरहेको छ । सरकार अब चिसोबाट नागरिकको ज्यान गइरहँदा टुलुटुल हेरिबस्ने हैन, राज्यकोषमा भएको रकम निकालेर भूकम्पपीडितको घाउमा चाँडो मलहम लगाइदेऊ ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP