Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १३, २०८०

नवलपुर - नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा गर्भवतीलाई लक्षित गरी सञ्चालन गरिएको ‘आमा घर’ प्रभावकारी बन्दै गएको छ । गैँडाकोट नगरपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने वडा नं ३ र १८ का सुत्केरीलाई लक्षित गर्दै आमाघर सञ्चालनमा ल्याइएको हो ।

पहाडी क्षेत्रका महिला घरमै सुत्केरी हुने गरेका भन्दै गैँडाकोट नगरपालिकाले गर्भवतीलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रेरित गर्ने उद्देश्यले गैँडाकोट नगर अस्पतालमा आमाघर सञ्चालनमा ल्याएको हो ।

घरमा हुने सुत्केरीको सङ्ख्या शून्यमा ल्याउने र सुत्केरी अवस्थामा आउन सक्ने जटिलता घटाउने उद्देश्यले पहाडी क्षेत्रमा बसोबास गर्ने गर्भवतीलाई गैँडाकोट नगर अस्पतालमा आमाघर कार्यक्रम सञ्चालन गरिएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले  बताए। आमाघर कार्यक्रमलाई नगरपालिकाको नवीनतम् प्रयासका रूपमा लिइएको उनको भनाइ छ ।

नगरपालिकाले नगर अस्पतालमा सञ्चालन गरेको आमाघरबाट लक्षित वडाका गर्भवती र उनका कुरुवालाई दुई हप्तासम्म सम्पूर्ण हेरचाह गरिने गैँडाकोट नगर अस्पताल प्रमुख जनस्वास्थ्य निरीक्षक पुष्पराज श्रेष्ठले बताए ।

“दुई वडाका गर्भवती र उनका कुरुवालाई सुत्केरी हुने मितिले सात दिनअघिदेखि सात दिन पछाडिसम्म खाने र बस्ने सबै सुविधा यहीँ उपलब्ध हुन्छ, त्यसका लागि नगरपालिकाले प्रतिदिन रु आठ सय उपलब्ध गराउँछ”, उनले भने । 

“यहाँ राखेको बेलामा जटिल समस्या देखियो भने तत्काल हामीले उपचार गर्न सक्छौँ”, उनले भने, “यहाँबाट समाधान भएन भने पनि भरतपुर सिफारिस गरेर सुत्केरी र नवजात शिशुको ज्यान बचाउन सकिन्छ । गत आर्थिक वर्षबाट सुरु भएको आमाघर कार्यक्रमबाट हालसम्म गैँडाकोटको वडा नं ३ र १८ का ४१ जना लाभान्वित भइसकेका श्रेष्ठले बताए ।

उनका अनुसार आव २०७९/८० मा २९ जना र चालु आवमा १२ जनाले आमाघरबाट सेवा लिएका छन् ।गैँडाकोट नगरपालिकाभित्र भौगोलिकरूपमा विकट क्षेत्र वडा नं ३ र १८ मा बसोबास गर्ने गर्भवतीलाई लक्षित गरी नगर स्वास्थ्य शाखाले ग्रामीण भिडियो एक्स–रे कार्यक्रम सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।

त्यस्तै नगर स्वास्थ्य शाखामार्फत ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरभित्रका प्रतिसुत्केरी रु पाँच हजारका दरले रकम उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP