Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #गीता_चौधरी
  • #सीता वादी
  • #सोविता गौतम
  • #हर्क सम्पाङ राई
  • #बादल’
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • मानसिक समस्या पहिचानका लागि परामर्श सेवा
मानसिक समस्या पहिचानका लागि परामर्श सेवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १३, २०८०

त्रिवेणी - रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै रहेको पाइएको छ । भूकम्पपछि प्रभावित क्षेत्रमा विभिन्न सङ्घसंस्थाको सहयोग तथा नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको थियो । उक्त क्रममा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै देखिएको हो । 

पालिकाभर विभिन्न सङ्घसंस्थाको सहयोगमा मानसिक समस्या पहिचान भएका तीन सय ३१ मध्ये दुई सय १० महिला रहेका नगरपलिकाका स्वास्थ्य संयोजक प्रेमप्रकाश गिरीले जानकारी दिए । उनका अनुसार ३० बालबालिका र ९१ पुरुष रहेका छन् ।

मानसिक समस्या पहिचान भएका सबैलाई नगर अस्पतालमा शिविर आयोजना गरी मनोसामाजिक परामर्श दिनाका साथै औषधि प्रयोग गर्ने अवस्थाका बिरामीलाई औषधिसमेत दिएको गिरीले बताए । अपाङ्गता भएकाहरूलाई पनि शिविरमार्फत सेवा दिइएको थियो । 

Hardik health

अपाङ्गता भएकालाई चिकित्सक, मनोसामाजिक चिकित्सक, फिजियोथेरापिष्ट, स्त्री रोग विशेषज्ञ, नर्स, सिविआर सुुपरभाइजर, कृत्रिम सहायक सामग्री प्राविधिकको समूहले सेवा प्रवाह गरेको सिविआर संयोजक नित्रबहादुर देउजाले जानकारी दिए। शिविरमा सिएमसी नेपाल, सिएमवी ग्लोबल, एनएफडी कर्णाली प्रदेशको प्राविधिक सहयोग रहेको थियो । 

पहिलो पटक मानसिक समस्याको पहिचान भएकालाई शिविरमार्फत सेवा दिइएको  हो । मानसिक समस्याको पहिचान गर्ने कार्य तीन महिनासम्म चल्ने भएकाले यसपछि समस्या देखिएका व्यक्ति तथा शिविरमार्फत सेवा लिएकालाई पनि आवश्यक परेमा मनोसामाजिक परापर्श शिविरको आयोजना गरी सेवा दिइने संयोजक गिरीले जानकारी दिए । मानसिक समस्याको पहिचान गर्न तथा भूकम्पपीडितको पीडा कम गरी आवश्यक सल्लाह सुझाव दिन वडावडामा शिविर सञ्चालन गरिएको उहाँको भनाइ थियो ।


प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु
मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु बुधबार, चैत १८, २०८२
विद्युतीय चुरोट स्वास्थ्यका लागि जोखिमपूर्णः नयाँ अनुसन्धान
विद्युतीय चुरोट स्वास्थ्यका लागि जोखिमपूर्णः नयाँ अनुसन्धान बुधबार, चैत १८, २०८२
ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण
ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण बुधबार, चैत १८, २०८२
औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु
औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु मंगलबार, चैत १७, २०८२
बर्ड फ्लूको जोखिम देखिएपछि सीमामा उच्च सतर्कता
बर्ड फ्लूको जोखिम देखिएपछि सीमामा उच्च सतर्कता सोमबार, चैत १६, २०८२
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी सोमबार, चैत १६, २०८२
प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन शुक्रबार, चैत १३, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP