Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • घेराबन्दीमा एमाले
घेराबन्दीमा एमाले
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, मंसिर १३, २०८०

 

  • घेराबन्दी गर्नेहरू सत्ता गठबन्धन, पहिचानवादी र दुर्गा प्रसाईं नेतृत्वको समूह
  • घेराबन्दी तोड्न एमालेलाई सकस
  • आगामी राष्ट्रिय सभा निर्वाचनमा पनि एमालेलाई एक्ल्याउने संकेत 

काठमाडौं– संसद्को प्रमुख विपक्षी दल नेकपा एमाले चौतर्फी घेराबन्दीमा परेको छ । घेराबन्दी गर्नेहरू सत्ता गठबन्धन, पहिचानवादीहरू र दुर्गा प्रसाईं नेतृत्वको महाअभियान हुन् । मधेसवादी दलहरूको घेराबन्दी भने राजनीतिकरूपमा जनमतका आधारमा एमालेले तोडिसकेको छ । गत निर्वाचनमा मधेसको सर्वाधिक ठूलो शक्ति हुनुलाई एमालेले मधेसवादी दलहरूको घेरा तोडेको अर्थमा व्याख्या गर्दै आएको छ । एमालेलाई अहिले मधेसमा राजनीतिक गतिविधि गर्न सहज पनि छ । 
तर, एमालेमाथि अहिले सत्ता गठबन्धन, पहिचानवादीहरू र प्रसाईं समूहको घेराबन्दी कायमै छ । यसप्रति एमाले असन्तुष्ट छ । ‘मुख्य रूपमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्छ, प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्नुपर्छ, सुशासन र समृद्धिको बाटोमा तीव्र गतिमा देशलाई लानुपर्छ भन्ने धारको नेतृत्व एमालेले गर्दै छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले प्रभावसँग भने, ‘तर, नेपाल र नेपालीको हित नचाहने देशीविदेशी शक्तिहरू एमालेलाई कमजोर पार्न लागेका छन् । यो ठीक छैन ।’

नेपाल र नेपालीको हित नचाहने देशीविदेशी शक्तिहरू एमालेलाई कमजोर पार्न लागेका छन् । यो ठीक होइन ।
पदम गिरी- प्रमुख सचेतक, एमाले


एमाले र यस दलका नेताहरूप्रति अहिले कोशीमा पहिचानवादीहरूले प्रतिरोध गरिरहेका छन् । सचिव योगेशकुमार भट्टराईको गाडी शनिबार गृहजिल्ला ताप्लेजुङमा तोडफोड भयो । अध्यक्ष केपी शर्मा ओली र प्रदेशको नाम ‘कोशी’ राख्ने एमालेसहितका ८२ जना सांसदहरूको विरुद्धमा उनीहरू छन् । 

Hardik health

शुक्रबार पहिचानवादीहरूले विज्ञप्ति जारी गर्दै ओली, भट्टराईसहितका नेताहरू पहिचान विरोधी भएको र आदिवासी जनजातिलाई दबाउन खोजेको भन्दै उनीहरूलाई अभियानमा सहभागी नगराउन चेतावनी दिएका थिए । अभियानमा नभए पनि गृहजिल्ला पुगेका सचिव भट्टराईको गाडी सोही दिन तोड्फोड भयो । यसअघि गत वैशाखको दोस्रो साता ओली गृहजिल्ला झापा हुँदै इलाम, पाँचथर र तेह्रथुम जाँदा पनि पहिचानवादीहहरूले ठाउँ–ठाउँमा ओलीलक्षित ढुंगामुढा गरेका थिए ।

यसरी पहिचानवादीहरूको प्रतिरोध सामना गरिरहँदा विवादित मेडिकल व्यवसायी दुुर्गा प्रसाईं नेतृत्वको समूह पनि एमालेलाई घेराबन्दी गर्न आइपुुगेको छ । व्यवस्था परिवर्तनका लागि प्रदर्शन गरिएको भनिए पनि समूह संयोजक प्रसाईं सरकारभन्दा ओली र उनी नेतृत्वको एमालेविरुद्ध बारम्बार खनिँदै आएका छन् । अनेक लाञ्छना पनि लगाउँदै आएका छन् । उनले कात्तिकको तेस्रो साता कम्बोडियाको एक दूरसञ्चार कम्पनीमा अध्यक्ष ओलीको लगानी तीन हजार करोड रहेको आरोप लगाएका थिए । यसको प्रतिवाद ओली र नेता महेश बस्नेतले गरिसकेका छन् । तर, यही ७ मंसिमार प्रसाईं समूहले गरेको प्रदर्शन ओली नेतृत्वको एमाले र सरकारविरुद्ध थियो ।

पहिचानवादीहरूपछि प्रसाईं समूह एमालेलाई घेर्नेगरी सडकमै ओर्लिएको हो । भलै अहिले प्रसाईं समूह शक्ति प्रदर्शन गर्न असमर्थ छ । तर, प्रभावसँग प्रसाईंले ओलीको आलोचना गर्दै भने, ‘उहाँ बढी छुद्र हुुनुहुुन्छ र उहाँको दल एमाले भ्रष्ट र तस्करहरूको हो । म यसविरुद्धमा छु ।’

एमालेको मूल नेतृत्व अझै पनि दक्षिणपन्थतिर उन्मुख छन् । नसच्चिएसम्म हातेमालो हुँदैन ।- देवेन्द्र पौडेल, सचिव, माओवादी केन्द्र


सत्ता गठबन्धन दलहरू भने एमालेलाई अझै पनि प्रतिगमनको कित्तामा उभिएको शक्ति मान्छन् । संविधानबाट संस्थागत भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई मास्न खोज्ने र संविधान च्यात्न खोज्ने शक्तिको रूपमा टिप्पणी गर्छन् । यही तर्क अघि सार्दै गठबन्धन दलहरू २९ असार २०७८ देखि एमालेको विरुद्धमा छन् । राष्ट्रिय सभा, स्थानीय, प्रदेश, प्रतिनिधिसभा निर्वाचन एमालेलाई अलग कित्तामा राखेर चुनाव लडे । अहिले देशभरका सबै प्रदेश र संघीय सरकारमा पनि गठबन्धन छ । एमाले प्रमुख विपक्षी दलको हैसियतमा छ । अर्थात् एमाले सत्ताविमुख छ । 

आगामी ११ माघका लागि प्रस्ताव भएको राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धनले एमालेलाई एक्ल्याउन सक्ने सम्भावना देखिएको छ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार एमालेसँग राजनीतिक सहकार्य गर्न सकिने आधार तय भइसकेको छैन । उनी भन्छन्, ‘एमालेको मूल नेतृत्व अझै पनि दक्षिणपन्थतिर उन्मुख छन् । नसच्चिएसम्म हातेमालो हुँदैन ।’

पौडेलको भनाइले एमालेविरुद्ध गठबन्धन अझै कायम हुने संकेत गरेको छ । उसो त प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका नेताहरूले गठबन्धन पाँचै वर्ष टिक्ने बताउँदै आएका छन् । 

एमालेका अनुसार राष्ट्रवादी शक्तिलाई छेक्ने काम भइरहेको छ । दलका प्रमुख सचेतक गिरीले भने, ‘यो देशको प्रगतिशील पार्टी एमाले हो । राष्ट्रवादी शक्ति एमाले हो । जनताको लोकप्रिय पार्टी एमाले हो । यही पार्टीलाई रोक्ने काम भइरहेको छ । तर, यो सफल हुँदैन ।’

एमाले बारम्बार सत्ता गठबन्धन ढाल्न प्रत्यनशील छ । यसअघि कोशी प्रदेशमा कांग्रेसको डा. शेखर कोइराला पक्षलाई हातमा लिएर एमालेले सरकार ढाल्ने कोशिस नै ग¥यो । अन्तिममा सकेन । अहिले पनि एमाले नेताहरू गठबन्धनले देशलाई दुर्घटनातिर लाने भन्दै आलोचना गरिरहेका छन् ।


प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP