Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउँदै ‘ठूली दिदी’
बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउँदै ‘ठूली दिदी’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ११, २०८०

ढोरपाटन– भौगोलिक विकटताका कारण बागलुङका ग्रामीण क्षेत्रमा थुप्रै बालबालिका विद्यालय जानबाट वञ्चित छन् । कतिपय ठाउँमा त गरिबी र अशिक्षाका कारण विद्यालय जाँदैनन् । विद्यालय जाने पनि बीचमै पढाइ छोडेर बस्ने गर्छन् । 

विद्यालयभन्दा बाहिर रहेका यस्ता बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन काठेखोला गाउँपालिकाले भने ‘ठूली दिदी कार्यक्रम’ सञ्चालन गरेको छ । विवाइसी बागलुङसँगको सहकार्यमा सञ्चालन भएको ‘ठूली दिदी कार्यक्रम’ हाल पालिकाको २७ विद्यालयमा सञ्चालन भइरहेको छ । ठूली दिदी अर्थात् महिला स्वम्सेविका । स्थानीय महिलालाई पारिश्रमिक र तालिम दिई ठूली दिदीका रुपमा गाउँ–गाउँमा खटाइएको छ । 

उनीहरुले विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने काम गर्छन् । गाउँपालिकाले समुदायमा रहेका कोही पनि बालबालिका शिक्षा लिनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले ‘ठूली दिदी कार्यक्रम’ सञ्चालन गरेको हो । कक्षा १२ पास गरेका ठूली दिदी गाउँ–गाउँमा पुग्ने बालबालिका, परिवार र उनीहरुको अवस्था बुझ्ने काम गर्छन् भने विद्यालयमा बालबालिका के कारण पुग्न सकेका छैनन् भन्ने विषयमा अध्ययन गर्ने गर्छन् । 

Hardik health

बालबालिकालाई पढाइतर्फ आकर्षित गर्नका लागि विद्यालयसँग सहकार्यसमेत गर्ने गर्छन् । खास गरी प्राथमिक तहमा अध्ययन गर्ने बालबालिका विद्यालय जान नमान्ने, पढ्दा पढ्दै छोड्ने विद्यार्थीलाई परामर्श दिइ पढाइतर्फ अभिरुचि बढाउने काम ठूली दिदीहरुले गर्ने गर्छन् । विसं २०७८ मङ्सिर १४ देखि सुरु भएको ‘ठूली दिदी कार्यक्रम’ अहिले प्रभावकारी बन्दै गएको छ । यस वर्षदेखि गाउँपालिकाले सबै विद्यालयमा ठूली दिदी नियुक्त गरी खटाउने भएको छ । गाउँपालिकालमा ५० वटा विद्यालय सञ्चालनमा छन् । ‘ठूली दिदी कार्यक्रम’ सञ्चालन भएपछि अहिले कुनै पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नभएको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख रमा उचैले जानकारी दिए। 

विद्यालय शिक्षामा हरेक बालबालिकाको पहुँच अपरिहार्य रहेको भन्दै रहेक वर्ष शिक्षा सुधारमा गाउँपालिकाले नयाँ–नयाँ काम गर्दै आएको उनले बताए । “ठूली दिदीका रुपमा अहिले सत्ताइस विद्यालयमा स्वम्सेविका खटाएका छौँ ।  यसका लागि विवाईसी बागलुङले सहयोग गरेको छ । यस वर्षदेखि सबै विद्यालयमा ठूली दिदी खटाउँछौँ, उनीहरुले विद्यालयसँग सहकार्य गरेर बालबालिकालाई विद्यालय आउने वातावरण सिर्जना गर्छन”, प्रमुख उचैले भने, “बालबालिका किन विद्यालय आउन सकेका छैनन्, विद्यालयका कारणले हो वा पारिवारिक कारण त्यो बुझेर समस्या समाधान गर्ने र बालबालिकालाई पढ्ने वातावरण तयार गर्ने काम उनीहरुले गर्छन् । ठूली दिदीहरु समुदायमै बढी घुम्ने र बालबालिकाको अवस्था बुझ्न्हुन्छ ।”
    
काठेखोला गाउँपालिकाका सामाजिक विकास समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष खडक थापाले ‘ठूली दिदी कार्यक्रम’ले समुदाय र विद्यालयलाई जोड्ने पुलको काम गरेको बताए।

पहिले विद्यालय जान नमान्ने बालबालिका अहिले दैनिक आउने गरेको उनको भनाइ छ । ‘ठूली दिदी कार्यक्रम’ सञ्चालनमा आएपछि विद्यालय आउने बालबालिकाको सङ्ख्या पनि बढेको थापाले बताए । उनले भने, “शैक्षिक सुधारका कार्यक्रमसँगै गरिब, विपन्न बालबालिकालाई शिक्षाको पहुँचसँग जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ, सोहीअनुरुप ‘ठूली दिदी कार्यक्रम’ पनि दुई वर्षदेखि कार्यान्वयन गर्दै आएका छौँ, गाउँपालिकाले पनि शिक्षालाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको छ, शैक्षिक सुधार पनि हुँदै गएको हुँदा हामी पनि उत्साहित छौँ, हरेक वर्ष नयाँ–नयाँ शैक्षिक योजना बनाएर कार्यान्वयन गर्दै आएका छौँ ।”

विवाईसी बागलुङद्वारा सञ्चालित सिकाइ परियोजना अन्तर्गत जिल्लाको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाकामा कार्यरत सामुदायिक स्वयंसेवी ठूली दिदीहरुलाई तीन दिने पुनर्ताजगी तालिम प्रदान गरिएको छ । ठूली दिदी कार्यक्रम बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका ६० विद्यालयमा सञ्चालन हुँदै आएको छ । जैमिनी नगरपालिकामा पनि यो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर बुधबार, माघ १४, २०८२
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी मंगलबार, माघ १३, २०८२
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग सोमबार, माघ १२, २०८२
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP