Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउँदै ‘ठूली दिदी’
बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउँदै ‘ठूली दिदी’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ११, २०८०

ढोरपाटन– भौगोलिक विकटताका कारण बागलुङका ग्रामीण क्षेत्रमा थुप्रै बालबालिका विद्यालय जानबाट वञ्चित छन् । कतिपय ठाउँमा त गरिबी र अशिक्षाका कारण विद्यालय जाँदैनन् । विद्यालय जाने पनि बीचमै पढाइ छोडेर बस्ने गर्छन् । 

विद्यालयभन्दा बाहिर रहेका यस्ता बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन काठेखोला गाउँपालिकाले भने ‘ठूली दिदी कार्यक्रम’ सञ्चालन गरेको छ । विवाइसी बागलुङसँगको सहकार्यमा सञ्चालन भएको ‘ठूली दिदी कार्यक्रम’ हाल पालिकाको २७ विद्यालयमा सञ्चालन भइरहेको छ । ठूली दिदी अर्थात् महिला स्वम्सेविका । स्थानीय महिलालाई पारिश्रमिक र तालिम दिई ठूली दिदीका रुपमा गाउँ–गाउँमा खटाइएको छ । 

उनीहरुले विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने काम गर्छन् । गाउँपालिकाले समुदायमा रहेका कोही पनि बालबालिका शिक्षा लिनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले ‘ठूली दिदी कार्यक्रम’ सञ्चालन गरेको हो । कक्षा १२ पास गरेका ठूली दिदी गाउँ–गाउँमा पुग्ने बालबालिका, परिवार र उनीहरुको अवस्था बुझ्ने काम गर्छन् भने विद्यालयमा बालबालिका के कारण पुग्न सकेका छैनन् भन्ने विषयमा अध्ययन गर्ने गर्छन् । 

Hardik health

बालबालिकालाई पढाइतर्फ आकर्षित गर्नका लागि विद्यालयसँग सहकार्यसमेत गर्ने गर्छन् । खास गरी प्राथमिक तहमा अध्ययन गर्ने बालबालिका विद्यालय जान नमान्ने, पढ्दा पढ्दै छोड्ने विद्यार्थीलाई परामर्श दिइ पढाइतर्फ अभिरुचि बढाउने काम ठूली दिदीहरुले गर्ने गर्छन् । विसं २०७८ मङ्सिर १४ देखि सुरु भएको ‘ठूली दिदी कार्यक्रम’ अहिले प्रभावकारी बन्दै गएको छ । यस वर्षदेखि गाउँपालिकाले सबै विद्यालयमा ठूली दिदी नियुक्त गरी खटाउने भएको छ । गाउँपालिकालमा ५० वटा विद्यालय सञ्चालनमा छन् । ‘ठूली दिदी कार्यक्रम’ सञ्चालन भएपछि अहिले कुनै पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नभएको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख रमा उचैले जानकारी दिए। 

विद्यालय शिक्षामा हरेक बालबालिकाको पहुँच अपरिहार्य रहेको भन्दै रहेक वर्ष शिक्षा सुधारमा गाउँपालिकाले नयाँ–नयाँ काम गर्दै आएको उनले बताए । “ठूली दिदीका रुपमा अहिले सत्ताइस विद्यालयमा स्वम्सेविका खटाएका छौँ ।  यसका लागि विवाईसी बागलुङले सहयोग गरेको छ । यस वर्षदेखि सबै विद्यालयमा ठूली दिदी खटाउँछौँ, उनीहरुले विद्यालयसँग सहकार्य गरेर बालबालिकालाई विद्यालय आउने वातावरण सिर्जना गर्छन”, प्रमुख उचैले भने, “बालबालिका किन विद्यालय आउन सकेका छैनन्, विद्यालयका कारणले हो वा पारिवारिक कारण त्यो बुझेर समस्या समाधान गर्ने र बालबालिकालाई पढ्ने वातावरण तयार गर्ने काम उनीहरुले गर्छन् । ठूली दिदीहरु समुदायमै बढी घुम्ने र बालबालिकाको अवस्था बुझ्न्हुन्छ ।”
    
काठेखोला गाउँपालिकाका सामाजिक विकास समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष खडक थापाले ‘ठूली दिदी कार्यक्रम’ले समुदाय र विद्यालयलाई जोड्ने पुलको काम गरेको बताए।

पहिले विद्यालय जान नमान्ने बालबालिका अहिले दैनिक आउने गरेको उनको भनाइ छ । ‘ठूली दिदी कार्यक्रम’ सञ्चालनमा आएपछि विद्यालय आउने बालबालिकाको सङ्ख्या पनि बढेको थापाले बताए । उनले भने, “शैक्षिक सुधारका कार्यक्रमसँगै गरिब, विपन्न बालबालिकालाई शिक्षाको पहुँचसँग जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ, सोहीअनुरुप ‘ठूली दिदी कार्यक्रम’ पनि दुई वर्षदेखि कार्यान्वयन गर्दै आएका छौँ, गाउँपालिकाले पनि शिक्षालाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको छ, शैक्षिक सुधार पनि हुँदै गएको हुँदा हामी पनि उत्साहित छौँ, हरेक वर्ष नयाँ–नयाँ शैक्षिक योजना बनाएर कार्यान्वयन गर्दै आएका छौँ ।”

विवाईसी बागलुङद्वारा सञ्चालित सिकाइ परियोजना अन्तर्गत जिल्लाको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाकामा कार्यरत सामुदायिक स्वयंसेवी ठूली दिदीहरुलाई तीन दिने पुनर्ताजगी तालिम प्रदान गरिएको छ । ठूली दिदी कार्यक्रम बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका ६० विद्यालयमा सञ्चालन हुँदै आएको छ । जैमिनी नगरपालिकामा पनि यो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
स्नातकोत्तर सम्मेलन सुरु
स्नातकोत्तर सम्मेलन सुरु आइतबार, चैत २२, २०८२
शैक्षिक सत्र सुरू भएपछि भर्नाको सूचना निकाल्न सर्वोच्चकाे  आदेश
शैक्षिक सत्र सुरू भएपछि भर्नाको सूचना निकाल्न सर्वोच्चकाे आदेश शुक्रबार, चैत २०, २०८२
आजदेखि एसइई परीक्षा
आजदेखि एसइई परीक्षा बिहीबार, चैत १९, २०८२
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु बिहीबार, चैत १९, २०८२
एसईई परीक्षा भाेलिबाट सुरु
एसईई परीक्षा भाेलिबाट सुरु बुधबार, चैत १८, २०८२
कञ्चनपुरको बैजनाथ मावि संकटमा
कञ्चनपुरको बैजनाथ मावि संकटमा सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP