Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रसाईंको अभियान सामसुम
प्रसाईंको अभियान सामसुम
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, मंसिर ११, २०८०

 

  • प्रदर्शनमा आएकाहरू घर फर्किए
  • अपेक्षित प्रदर्शन गर्न प्रसाईं असफल
  • युट्युबरसँग अन्तर्वार्ता दिँदै दिन कटाउँदै प्रसाईं
  • राजतन्त्रको नारा छाडेर जनतन्त्रको वकालत 

काठमाडौं– केही हजार मानिसलाई गत बिहीबार काठमाडौंको बल्खुमा आयोजित प्रदर्शनमा उतारेर व्यवस्था परिवर्तनका लागि ‘जनविद्रोह’ सुरु गरेको भनेर दाबी गरेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियान शिथिल बनेको छ । प्रदर्शनका लागि देशका विभिन्न स्थानबाट आएकाहरू राजधानीबाट धमाधम फर्किएका छन् । उनी प्रदर्शन गर्नै नसक्ने अवस्थामा पुगेका छन् । घोषित कार्यक्रमअनुसार आइतबार प्रदर्शन गर्न उनी असफल नै भए ।

भक्तपुरको सानोठिमीस्थित घरमै केही सातादेखि राखिएका करिब ६० जना लघुवित्त र सहकारीका ऋणीहरूलाई भने एकैछिन ¥यालीमा सहभागी गराए । प्रदर्शन गर्न नसक्नुको दोष भने प्रसाईंले जाडो बढ्नुलाई दिएका छन् ।‘मान्छेहरू बस्थे । तर, यहाँ (काठमाडौंमा) चिसो बढेको छ । कति थेग्न सकिन्छ र चिसो ? सकिँदैन नि,’ उनले प्रभावसँग भने, ‘तर, अभियान रोकिँदैन । देशभर भइरहन्छ ।’

आइतबार काठमाडौंको सिफल चौरमा गरेको प्रदर्शनमा ५०० जना मानिस सहभागी गराउन पनि प्रसाईंलाई हम्मे भयो । यसपछि प्रसाईंले ‘लज्जास्पद प्रदर्शन’ गर्न नचाहेको उनीनिकट एक नेताले बताए । ती नेताका अनुसार अहिले प्रदर्शनका लागि आएकाहरू झन् घटेका छन् । जबकि, प्रसाईंले उनीहरूलाई चामल र गुन्द्रुक बोकेर आजसम्म प्रदर्शन गर्नका लागि आउन आह्वान गरेका थिए । प्रदर्शन गर्नुको कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा लघुवित्त, सहकारी र बैंकहरूबाट जनता पीडित भएको र यसबाट मुक्तिका लागि व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको धारणा थियो । त्यसका लागि १ फागुन २०५२ मा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएजसरी जनविद्रोह गर्नुपर्ने बताएका थिए । तर, उनले भनेको ‘जनविद्रोह’ सामसुम भइसकेको छ ।

Hardik health

मान्छेहरू बस्थे । तर, यहाँ चिसो बढेको छ । कति थेग्न सकिन्छ र चिसो ? सकिँदैन नि । तर, अभियान रोकिँदैन । देशभर भइरहन्छ ।- दुर्गा प्रसाईं, विवादित व्यवसायी

उसो त चारवटै सुरक्षा संगठनहरू नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान रहेको राष्ट्रिय सुरक्षा परिषद्ले गत बिहीबार नै दुई दिन पनि प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गर्न नसक्ने निष्कर्ष निकालेको थियो ।प्रसाईं नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ नामक समूह छ । हिन्दू धर्मगुरु, राजावादी र धर्मनिरपेक्ष विरोधीहरू आबद्ध उक्त समूहले पहिले दाबी गरेअनुसार लगातार प्रदर्शन गर्न सकेन । प्रहरीले शुक्रबार एकै दिनमा आन्दोलनलाई नियन्त्रणमा लियो । यसपछि प्रसाईं युट्युबरसँग अन्तर्वार्ता दिएर दिन कटाउन थालेका छन् ।

यद्यपि हाँक दिँदै उनले भने, ‘यो कुरा बुझ्नुहोस् कि यी गणतन्त्रवादीहरूले एकदिन सत्ता छाड्नुपर्छ । दुर्गति हुन्छ, हुन्छ ।’उनी नेतृत्वको समूह भने शक्तिहीन देखिएको छ । समूहमा आबद्ध राजावादीहरू पनि अलग हुन थालेका छन् । यसपछि प्रसाईंले आफू राजतन्त्र फर्काउनेभन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्र ढालेर जनतन्त्र र हिन्दू राष्ट्र कायम गर्ने पक्षमा रहेको बताउन थालेका छन् । उनका अनुसार जनतन्त्रमा जनताका प्रतिनिधिहरू शासक हुन्छन् । यससँगै उनी आफूलाई राजतन्त्रभन्दा पनि वैदिक सनतान हिन्दू धर्म सापेक्ष हिन्दू राज्य कायम होस् भन्ने पक्षमा रहेको बताए ।

यसअघि बिहीबार बल्खुमा आयोजित प्रदर्शनमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति चाहन्थे । तर, शाहले उनको प्रदर्शनलाई बेवास्ता गरे । प्रदर्शनप्रति सहानुभूतिसमेत प्रकट गरेनन् । बरु, राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार गरेको प्रदर्शनका लागि शुक्रबार साँझ नै झापाको विर्तामोडतर्फ लागेका थिए । यसपछि प्रसाईं शाहसँग रुष्टमात्रै भएका छैनन्, आफू राजतन्त्रको पक्षमा नभएको बताउन थालेका छन् । यसो भन्दा राजावादीहरू बिच्किएका छन् । परिणामतः प्रसाईं अहिले प्रदर्शन नै गर्न नसक्ने अवस्थामा पुगेका हुन् । 

राप्रपा अध्यक्ष लिङ्देनले यसअघि नै प्रसाईंलाई लक्षित गर्दै जनताले बैंकमा बचत गरेको रकम ऋणको रूपमा लिएर नतिर्ने बेइमानीले राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापना गर्छु भन्नु पत्यारलाग्दो कुरो नभएको टिप्पणी गरेका थिए । उनले प्रसाईंको प्रदर्शनलाई समर्थनसमेत जनाएनन् । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीले भने समर्थन जनाए । 

‘लौरो र अटेरी’को काँध
गत वर्ष भएको प्रदेश र प्रतिनिधिसभा चुनावका बेला ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’मा संगठित भएका स्वतन्त्र उम्मेदवारहरू नै अहिले दुर्गा प्रसाईं नेतृत्वको समूहमा देखिएका छन् । देशलाई राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापनाको दिशामा अघि बढाउन प्रसाईंलाई उनीहरूको साथ रहेको खुलेको छ । 

प्रसाईं नेतृत्वमा रहेको समूहको नीति निर्माण तहमा काम गर्दै आएका डा. नवीन मण्डलका अनुसार मुलतः लौरो अभियानकै साथ पाएपछि प्रसाईं अघि बढेका हुन् । ‘लौरो’ प्रदेश र प्रतिनिधिसभा चुनावको एउटा चिह्न हो । सोही चिह्नधारी अधिकांश स्वतन्त्र उम्मेदवार र समर्थकहरू हाल हाम्रो नेपाली पार्टीमा आबद्ध छन् । पार्टी अध्यक्ष भने अनन्तराज घिमिरे हुन् । यस पार्टीका बागमती प्रदेश संसद्मा दुई जना समानुपातिक सांसद छन् ।

जनमत भएको यही दलको समर्थन प्रसाईंले अहिले पाएका हुन् । उनलाई पोखरामा स्थानीय तह चुनावका बेला प्रभावशाली देखिएको ‘अटेरी अभियान’को पनि सहयोग रहेको पाइएको छ । अटेरी अभियान लेखक तथा स्तम्भकार गणेश पौडेलले चलाएका हुन् । उनै पौडेल प्रसाईंको समूहमा आबद्ध रहेको डा. मण्डलले बताए ।

प्रधानमन्त्रीको एक तीर, दुई निशाना ! 
व्यवस्था परिवर्तनलाई मूल एजेण्डा बनाएर प्रदर्शनमा उत्रिएका दुर्गा प्रसाईं प्रधानमन्त्री पुष्पकमल दाहालप्रति निकै नरम भएर प्रस्तुत हुँदै आएका छन् । आइतबार त उनले दाहालसँग उच्च राजनीतिक संस्कार रहेको भन्दै प्रशंसा गरे । यतिसम्म कि व्यवस्था परिवर्तनका लागि आफूले थालेको प्रदर्शनका लागि प्रधानमन्त्री दाहालसँग पैसा मागेको पनि दाबी गरे । तर, प्रधानमन्त्री दाहालले हाँसेर टारेको उनी बताउँछन् ।

‘मैले त प्रधानमन्त्री प्रचण्डलाई यो गणतन्त्र फ्याँक्नलाई मलाई सहयोग गर्नुहोस् भनेर पैसै मागें । तर, हाँस्नुमात्रै भयो,’ प्रसाईंले भने, ‘उहाँ केपी शर्मा ओलीजत्तिको छुद्रो हुनुहुन्न । शालीन हुनुहुन्छ ।’प्रसाईंको यस्तो अभिव्यक्तिले कतै प्रसाईं र उनको समूहलाई प्रधानमन्त्री दाहालले एमालेविरुद्ध प्रदर्शनमा उतारेका त होइनन् ? शंका गर्नेहरू पनि छन् । फेरि, प्रधानमन्त्री दाहाल ती नेता हुन्, जसको चाहनाअनुसार एमालेविरुद्धको वर्तमान सत्ता गठबन्धन बनेको हो ।

एमाले भने दाहाल नेतृत्वको गठबन्धन सरकार ढाल्ने प्रयासमा छ । संसद्मै प्रतिनिधित्व गर्दै आएको अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि दाहाल नेतृत्वको सरकारको टाउको दुखाइ बन्दै आएको छ । राजतन्त्र र हिन्दू राष्ट्रको मुद्दा सडकदेखि संसद्सम्मै चर्कोगरी उठाउँदै आएको छ । यहीबेला प्रसाईंलाई उचालेर एमाले र राप्रपालाई एकैपटक प्रहार गर्ने नीति प्रधानमन्त्री दाहालले अख्तियार गरेको हुन सक्ने विश्लेषण पनि हुँदै आएको छ ।

शनिबार राप्रपाले झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराएर गरेको शक्ति प्रदर्शन छायामा पर्नुलाई पनि यस विषयसँग जोडिएको छ । यसबीच माओवादी प्रसाईंको अभियानप्रति मौन पनि छ । जबकि, प्रसाईं नेतृत्वको समूहले विरोध गर्दै आएको संघीय लोकतान्त्रिक गणतन्त्रको सच्चा पहरेदार माओवादीले आफूलाई ठान्ने गरेको छ ।
 


प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP