Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
  • #एमालेको महाधिवेशन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कलेज सञ्चालकको लहैलहैमा स्वास्थ्यमन्त्री
पदबाट बर्खास्त गर्न डा. केसीको माग कलेज सञ्चालकको लहैलहैमा स्वास्थ्यमन्त्री
सोमबार, मंसिर ११, २०८०

काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले मन्त्री बस्नेत स्वास्थ्यसम्बन्धी कुनै ज्ञान नभएका व्यक्ति भएको दाबी गर्दै बर्खास्त गर्न सरकारसँग माग गरेका हुन् ।

‘पद सम्हालेयता स्वास्थ्यमन्त्री मर्यादाविपरीतका क्रियाकलाप गर्दै आइरहेका छन् । सुरुदेखि नै स्वास्थ्यमन्त्री माफियाहरुको पक्षमा नग्नरुपमा नै वकालत गर्दै आइरहेका छन् र सम्बन्धित सरकारी निकायहरूलाई खुलारूपमा दबाब र धम्की दिइरहेका छन्,’ डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘यसले के प्रमाणित गर्छ भने स्वास्थ्यमन्त्री माफियाका नाइके हुन् र उनी मन्त्री पदमा रही रहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।’

स्वास्थ्यमन्त्री माफियाका नाइके हुन् र उनी मन्त्री पदमा रही रहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।- डा गोविन्द केसी

स्वस्थ्यमन्त्री बस्नेतले शनिबारमात्र डा. केसीले जनताको हितविपरीत अनसन बसेको आरोप लगाएका थिए । चिकित्सा शिक्षा सुधारका लागि पटक–पटक अनसन बस्दै आएका डा. केसी मेडिकल व्यवसायीको तारो बन्दै आएका छन् । पछिल्लोपटक अस्पतालमा नर्सहरुको अभाव उनकै कारण भएको आरोप लाग्दै आएको छ । यही विषयमा स्वस्थ्यमन्त्री बस्नेतले नेपाल मेडिकल शिक्षाको हब बनाउन सकिने तर्क गर्दै केसीको आन्दोलन जनताको हितविपरीत रहेको बताए ।

Hardik health

‘नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकाउमा लागेर हो । हामी हिँडिराखेका छौं । म यो पनि भन्छु– म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले,’ शनिबार राष्ट्रिय ट्रमा सेन्टरले आयोजना गरेको कार्यक्रममा डा. केसीतर्फ इंगित गर्दै बस्नेतले भनेका थिए, ‘उहाँ बस्नु भएपछि तपाईं फेरि सेतो कोट लगाएर उहाँको बचाऊमा हिँडिहाल्नुहुन्छ ।’

गोविन्द केसी ठीक भए पनि उनले सञ्चालन गर्ने गिरोहहरु ठीक नभएको भनेर सम्झाउनसमेत चिकित्सकहरुलाई उनले सुझाएका थिए । ‘किन हिँडेको भनेर मैले सोधेँ । साथीहरुले कामचाहिँ गल्ती थियो तर हामी हिँड्नैप¥यो भन्नुहुन्छ । अनि किन हिँड्या ? भनेको, ज्यान जोगाइदिन मान्छे मर्न लाग्यो भनेर रे ! त्यस्तो पनि कुरा हुन्छ ? कन्भिन्स गर्नुप¥यो नि । यो देशका लागि अहित छ, नेपाली जनताका लागि अहित छ । अब हामीले यो काम गर्नु हुँदैन,’ मन्त्री बस्नेतले भनेका थिए, ‘तपाईं आफू ठीक मान्छे हो । तर, तपाईंलाई सञ्चालन गर्ने गिरोहहरु गलत छ भनेर भन्न किन नसक्ने ? अब भन्नुपर्छ तपाईंहरुले । होइन यो अभियान अगाडि बढ्दा तपाईंहरु ओल्टेकोल्टे हुन थाल्यो भने तपाईंहरुलाई पनि कारबाही हुन्छ ।’
मन्त्री बस्नेत यस्तै हो भने पाँच वर्षपछि नेपालमा डाक्टर, नर्स नपाइने तर्क गर्छन् । उनले पटक–पटक यस्तो तर्क गर्दै आएका छन् । डा. केसीले भने आरोप प्रमाणित गर्न चुनौती दिँदै सरकारलाई मंसिर २८ गतेसम्मको समयसीमा तोकेका छन् ।

नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकाउमा लागेर हो । हामी हिँडिराखेका छौं । म यो पनि भन्छु– म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले उहाँ बस्नु भएपछि तपाईं फेरि सेतो कोट लगाएर उहाँको बचाऊमा हिँडिहाल्नुहुन्छ ।- मोहनबहादुर बस्नेत,स्वास्थ्यमन्त्री


‘स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्यसम्बन्धी न ज्ञान छ, न अनुभव । न उनी जान्ने प्रयास नै गर्छन् । ठूला मुखे गैरजिम्मेवार, भ्रष्ट र गवाँर व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालयजस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दै छन् । यो राजनीतिक तथा सामाजिक अपराध हो,’ डा. केसीले भनेका छन्, ‘ओली, प्रचण्ड र देउवाको संयुक्त संयोजकत्वमा स्वास्थ्यमन्त्री पदमुक्त गरेपश्चात्– भ्रष्ट, अपराधी र गैरलोकतान्त्रिक मान्यता बोक्ने तथा कथित राजनीतिक बाहुबलको प्रतिनिधित्व गर्दै र सम्बन्धित निकायका पदाधिकारी साथै वरिष्ठ पत्रकारको सदस्यतामा छानविन आयोग गठन गरियोस् । छानविनमा मेरो पूर्ण सहयोग रहने छ र मेरो अलिकति पनि संलग्नता पाइएमा कुनै पनि सजाय भोग्न तत्पर छु ।’ बस्नेतलाई पदबाट नहटाए मंसिर २९ बाट आफू सत्यग्रहमा बस्ने उनले चेतावनी दिएका छन् ।

लहैलहैमा नलाग्न मन्त्रीलाई सुझाव
के नेपालमा डा. केसीकै कारण डाक्टर नर्सको उत्पादन घट्न लागेको हो त ? यस क्षेत्रमा कार्यरत चिकित्सक नर्सको जवाफ सुनिन्छ– हैन ।सरकारले दरबन्दी खुलाउन नसक्दा नै नर्स नेपालमा नअडिएको उनीहरुको दाबी छ । नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईका अनुसार पछिल्लोसमय विदेश जाने प्रयोजनकै लागि नर्सिङ पढ्नेहरु धेरै छन् । ‘नर्सिङ पढेकाहरुले विकसित देशमा राम्रो तलब सुविधा पाइरहेकाले अहिले धेरैको चाहना यहाँ बस्ने देखिँदैन । पढाइ सक्नासाथ अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत देशमा जाने तयारी थालिहाल्छन् । अभिभावकको पनि प्रेसर देखिन्छ,’ राईले भनिन् । 

विदेश जाने नर्सको सूचीमा पढाइ भर्खर पूरा गर्ने र काम नपाउनेहरु मात्र छैनन्, जागिर गरिरहेकाहरुको मन पनि विदेशमै देखिन्छ । संघकी अध्यक्ष राई भने यो स्थिति आउनुको दोष कलेज सञ्चालकलाई दिन्छिन् । कलेज सञ्चालकहरुले मापदण्ड पु¥याउन नमान्दा यस्तो भएको उनको तर्क छ । डा. केसीको माग मापदण्डमै रहेको छ । चिकित्सा शिक्षा ऐन केसीको आन्दोलनको उपज हो । उनकै मागअनुसार उपत्यकामा १० वर्षभित्र नयाँ कलेज खोल्न नपाउनेदेखि पूर्वाधार र नियमनका कडा व्यवस्था गरिएको हो ।

नर्सको पलायन बढिरहँदा देशभित्र उत्पादन भने घटेको छ । कानुनी व्यवस्थाका कारण एक साथ ७५ कलेजमा भर्ना बन्द हुँदा नर्सको उत्पादन घट्न पुगेको हो । एकातिर विदेश पलायनको ताँती र अर्कातिर उत्पादनमा संकुचन यही कारण नर्स अभाव हुन थालेको तथ्यले देखाउँछ ।नेपाल नर्सिङ काउन्सिलका अनुसार विदेश जान अहिलेसम्म ३५ हजारभन्दा बढीले काउन्सिलबाट नो अब्जेक्सन लेटर (एनओसी) लिइसकेका छन् । एनओसी नलिई जानेको संख्या पनि छ । काउन्सिलको पछिल्लो तथ्यांकअनुसार नेपालमा हालसम्म एक लाख १८ हजार १५७ नर्स उत्पादन भएका छन् । तीमध्ये स्पेसलिस्ट एक हजार ५०७, नर्स ७८ हजार ४९६, मिडवाइफ ५१, एएनएम ३७ हजार २५५ र बिएससी नर्स ८४८ हुन् । तर ४० हजार ६६३ जनाले मात्र प्रमाणपत्र नवीकरण गरेका छन् । नवीकरण गर्नेमा २७ हजार ६९३ नर्स र १२ हजार ९२० एएनएम छन् । यो आकडाले पनि धेरै नर्सहरु विदेशिएका र अरु पनि देशभित्र बस्न चाहँदैनन् भन्ने देखाउँछ । यद्यपि, विदेशिएका नर्सको यकीन तथ्यांक भने सरकारका कुनै निकायसँग छैन ।

नर्सिङ संघकी महासचिव नर्वदा थापाका अनुसार नर्सहरु विदेश पलायनको प्रमुख कारण हो, स्वदेशी अस्पतालको श्रम शोषण । ‘स्टाफ नर्सको पढाइमा १० लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । तर, तीन वर्षको पढाइ पूरा गरेपछि काम पाउनै गाह्रो छ । प्राइभेट अस्पतालले ८÷१० हजारभन्दा दिन मान्दैनन् । कतिले त भोलिन्टियरका रुपमा काम गरिरहेका छन् । चर्को श्रम शोषण छ ।’

निजी अस्पतालमा श्रम शोषण भइरहे पनि सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छैन । स्टाफ नर्सले काम गर्ने ठाउँ सरकारी अस्पताल पनि हुन् । तर, सरकारी अस्पतालमा न बिरामीको चापअनुसार दरबन्दी बढाइएको छ, न त रिक्त दरबन्दी समयमै पूर्ति गर्ने गरिएको छ । ‘सरकारी अस्पतालमा ४० प्रतिशत दरबन्दी खाली छ,’ थापाले भनिन्, ‘यो अवस्थामा नर्सहरुले विदेश नगएर के गर्नु ?’

चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. दिलीप शर्मा भने नर्सको अभाव हुन लागेको भनाइसँग सहमत छैनन् । ‘अहिले पनि २५÷३० हजार नर्स बेरोजगार छन्,’ शर्मा भन्छन्, ‘कलेज सञ्चालक आफ्नो व्यापार मात्र हेर्छन् । उनीहरुलाई न पूर्वाधार थप्न चासो छ, न त नर्सले स्वयंसेवा गर्नु परिरहेकामा कुनै मतलव छ ।’

कलेज सञ्चालकहरुको लहलहैमा लागेर नर्सको उत्पादन घट्यो भनेर ऐन संशोधन गर्नतिर लाग्नुभन्दा रिक्त दरबन्दीमा विज्ञापन खुलाएर रोजगारी पाउन नसकेका नर्सलाई काम उपलब्ध गराउनु सरकारको पहिलो दायित्व भएको उनी बताउँछन् । कुनै बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईंले डा. केसीको चर्को विरोध गर्दै आएका थिए । पछिल्लोपटक निजी क्षेत्रका शैक्षिक व्यापारीहरुले केसीको विरोध गर्न थालेका छन् ।
 


प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपामा दाहालको उत्तराधिकारीबारे  तीन विकल्पमा मन्थन 
नेकपामा दाहालको उत्तराधिकारीबारे  तीन विकल्पमा मन्थन  बुधबार, मंसिर १०, २०८२
एमालेद्वारा सर्वोच्चमा रिट
एमालेद्वारा सर्वोच्चमा रिट मंगलबार, मंसिर ९, २०८२
एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन
एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन मंगलबार, मंसिर ९, २०८२
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन मंगलबार, मंसिर ९, २०८२
निर्वाचनअघि सडकमा भिड्दै जेन–जी र एमाले
निर्वाचनअघि सडकमा भिड्दै जेन–जी र एमाले सोमबार, मंसिर ८, २०८२
आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन
आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन सोमबार, मंसिर ८, २०८२
विश्‍वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्न आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई
विश्‍वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्न आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई आइतबार, मंसिर ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP