Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • मिथिलामा छठपछि सनेसको चटारो
मिथिलामा छठपछि सनेसको चटारो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १०, २०८०

महोत्तरी–  छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको प्राचीन मिथिला क्षेत्रमा अझै छठको ‘सनेस’ (कोसेली) को मौसम कायमै छ । छठ मनाइएका सबैजसो घरमा सनेसका रुपमा ‘ठकुवा’ (छठको मुख्य प्रसाद मानिने गहुँको पिठो र सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार) पाकिरहेका छन् । 

छठ सकिएसँगै मिथिलाका गृहिणीलाई  सनेसका लागि ठकुवा पकाउने र आफन्त कहाँ पठाउने चटारो सुरु हुन्छ । पर्वको सनेस विवाहित छोरीचेली, इष्टमित्र, मित÷मितिनी र आफन्तलाई पठाउने पुरानो स्थापित परम्परा हो । अहिले मिथिलानी (मिथिलाका नारी) लाई ठकुवा, भुसुवासहितका परिकार पकाउन र सम्बन्धित कहाँ पठाउन भ्याइनभ्याइ छ । 

“धान थन्क्याएर सकिएको छैन, हिउँदे बाली लगाउने चटारो पनि छ, तर अहिले यी कामका बीच नै छठको ‘सनेस’ पकाउने र पठाउनु पर्दा भ्याइनभ्याइ छ”, महोत्तरीको बर्दिबास–१२ विजलपुराकी गीतादेवी महतो भन्छन्, “छोरीको घरमा त पठाइयो, अब फुपू र मितकहाँ पठाउन बाँकी छ ।”

मिथिलामा छठ र तीलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको ‘सनेस’ कुटुम्बजन, मित÷मितिनी र अत्यन्त नजिकी इष्टमित्र कहाँ पठाउने आम परम्परा छ । छठ सकिएलगत्तै पठाइने सनेसमा ठकुवा, भुसुवा, पिरुकिया र केरा हुने गर्छ । यसरी पठाइने सनेस छठ नमनाइने परिवारमा पर्व सकिएलगत्तै र अन्य कहाँ एक÷दुई सातासम्म लगाएर पठाउने चलन छ । पकाउने काम गृहिणीको भए पनि सनेस पु¥याउन भने बाबु, काका, दाजुभाइ जाने गर्छन् । यसरी पठाइने सनेसमा छठमा सूर्यदेवलाई अघ्र्य दिँदा देखाइएको प्रसाद सामग्री मिसाइएको हुन्छ । 

“यो परम्परा कोसेलीमात्रको नभएर मुख्य चाडबाडपछि आपसी भेटघाटको अवसर पनि हो”, बर्दिबास–१३ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत यादव भन्छन्, “यसमा आशिष पु¥याउने र सम्बन्धको प्रगाढता पनि जोडिएको हुन्छ ।” यो चलन सांस्कृतिक, सामाजिक र पारिवारिक सौन्दर्य पनि रहेको यादवको भनाइ छ ।

मिथिलामा छठ र तिलासक्रायत पर्व सकिएलगत्तै ‘सनेस’ को नाउँमा भेटघाटको निरन्तरता केही दिन चल्ने गर्छ । पर्वको ‘सनेस’ पुग्न ढिलो हुँदा त खासगरी छोरीचेली र मित÷मितिनीले बिर्सेकी भन्ने खुल्दुली नै लाग्ने गरेको पाका मैथिल बताउँछन् । समयक्रमले अचेल कामको विविधता बढ्दै जाँदा पहिलेपहिले जस्तो घरपरिवेशको झैँ गृहस्थ जीवन फेरिएको छ । कामका लागि टाढाटाढा जानुपर्दा पर्व सकिएलगत्तै युवापुस्ता घरमा नहुँदा सकीनसकी यो परम्परा बुढापाकाले धान्नुपरेको औरही नगरपालिका–७ का ७० वर्षीय मोहन महतो बताउछन् ।

पर्व सकिएलगत्तै युवापुस्ता आ–आफ्ना जिम्मेवारीमा फर्किएपछि ‘सनेस’ पु¥याउने जिम्मेवारी आफ्नो नछुटेको भङ्गाहा–४ थारुटोल बनराका ७२ वर्षीय रामधारी सिंह थारुको भनाइ छ । 

“पर्व सकिएलगत्तै तीन जना छोराहरु काममा गए”, भङ्गाहा–४ थारुटोल बनराका ७२ वर्षीय रामधारी सिंह थारुले भने,“सनेस लिएर मै जानुपर्ने हुन्छ ।” यो परम्परा कामको चापले बिस्तार हराउँदै जाने हो कि भन्नेमा उनी चिन्तित छन् । “घरगृहस्थीमा युवापुस्ता छैनन्, सबैजसो काममा बाहिर (अन्यत्र) जान्छन्, अब भन्नोस् न, हामीपछि यो के थेगिएला ?”, थारु भन्छन् ।   

“पवनी (पर्व) सकिएकै दिन सानो छोराले सनेस छोरीकहाँ पु¥याएर आयो”, ठकुवा पकाउन र भुसुवा बटार्न व्यस्त रहनुभएकी गौशाला–१० की शीलवती महतो भन्छन्, “अब नन्द र साथीको घरमा जान बाँकी छ, त्यसैमा लागेकी छु ।” पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तहरुलाई समेत खुवाइने यी परिकार यसपालि मङ्सिरभरि नै  खाजा खाइने उनको भनाइ छ ।

खासगरी अब जाडो बढ्दै जाँदा सख्खर, घिउ र गहुँको पिठोबाट बन्ने परिकार खाँदा शरीर तात्ने, चिसोका विकार ठीक हुने र काममा पूmर्ति आउने मैथिल जनविश्वास छ । यसै विश्वासको परम्पराले पनि बढ्दो जाडोबीच ठकुवा, भुसुवा खाने, खुवाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिसिंह थारुको भनाइ छ । 

अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो घरमा ठकुवा, भुसुवा बनाउन लागेका छन् । सनेस पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यो परिकार परेपछि मिथिलामा छठ सकिएका केही दिनसम्म ठकुवा, भुसुवाको मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् ।
 


प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP