Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु
खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, मंसिर ९, २०८०

खोटाङ– इलाका प्रशासन कार्यालय खोटाङले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई स्थानीय स्तरबाटै राष्ट्रिय परिचयपत्र दिलाउने लक्ष्यका साथ कार्यालयले खोटाङ बजारमा स्थायी दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो । 

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको खोटाङ बजारमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु भएपछि दिक्तेल धाउनुपर्ने समस्या समाधान भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राई ‘मुक्ति’ले जानकारी दिए ।  

“दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि परिचयपत्र बनाउन दुई दिन लगाएर सदरमुकाम दिक्तेल पुग्नुपर्ने अवस्था थियो । ढिलै भए पनि त्यो समस्या समाधान भएको छ । शुक्रबारदेखि इलाका प्रशासन कार्यालयमै नयाँ दर्ता तथा पुरानालाई वितरण कार्य सुरु भएको छ”, उनले भने, “अब फोटोसहितको मतदाता नामावली सङ्कलन र इ–पासपोर्ट (राहदानी) को काम पनि सुरु गर्ने तयारीमा छौँ । यी दुवै कामको विषयमा मन्त्रालयसँग कुरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले पत्र लेख्नासाथ त्यो पनि सञ्चालनमा आउँछ ।”

स्थायी दर्ता स्टेशन सञ्चालनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक जना तालिम प्राप्त कम्प्युटर प्राविधिक र इलाका प्रशासन कार्यालयले करारमा थप एक दर्ता सहायक नियुक्त गरेको अध्यक्ष मुक्तिले जानकारी दिए । कार्यालयमा सञ्चालन गरिएको उक्त दर्ता स्टेशनको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले औपचारिक रुपमा उद्घाटन गरेका थिए । 

गाउँपालिकाका अध्यक्ष मुक्ति, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, गाउँपालिकाका उपाध्यक्ष रुपेश राई, जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का, बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईलगायतको उपस्थितिमा दर्ता स्टेशन स्थापना गरिएको थियो । स्थापनाको पहिलो दिन नै १० जना स्थानीयले सेवा लिएका छन् । 

खोटाङ बजारमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा ई–पासपोर्ट भर्ने र वितरण गर्ने वातावरण मिलाउन कार्यालय फर्किएलगत्तै सम्बन्धित मन्त्रालयमा अनुरोधपत्र लेख्ने प्रजिअ सुनारले जानकारी खिए । उनले अनुसार दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म राष्ट्रिय परिचयपत्र र फोटोसहितको मतदाता नामावली सङ्कलनको काम घुम्ती शिविरबाहेक सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा मात्रै हुँदै आएको छ । 

राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य बनाएपछि यसअघि दूरदराजका स्थानीय बासिन्दा दुई दिनसम्म लगाएर परिचयपत्र बनाउनका लागि सदरमुकाम दिक्तेल धाउन बाध्य थिए ।  

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पतिरपत्नीको नाम, बाजेको नामलगायतका व्यक्तिगत विवरणदेखि औँलाको छाप, आँखाको नानी, परिचयपत्र नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षरलगायत विवरण समावेश गरिन्छ । राष्ट्रिय परिचयपत्र नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश गरिएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त र बहुउपयोगी प्रमाणपत्र हो । 


प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP