Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • मधेशमा ‘लबान’ पर्व मनाइँदै
मधेशमा ‘लबान’ पर्व मनाइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ५, २०८०

महोत्तरी- तराई/मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ । अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ । पूर्वीय मान्यतामा यावत अन्नलाई ‘धान्यादि’ भनिएको हुँदा मुख्य बाली धान होम गरेपछि सबै अन्न वर्षभरि प्रयोग गर्न सकिने मानिन्छ । यस पर्व सामान्यतया नयाँ धान थन्क्याएपछि मङ्सिरभरि अनुकूलताअनुसार गर्न सकिने भए पनि कात्तिक शुक्ल एकादशी (हरिवोधनी) व्रतको साङ्गतासँगै जोडेर गरिने चलन बढी छ ।

पछिल्ला केही दशकयता मङ्सिरमा पाक्ने रैथाने (स्थानीय) जातका धानको सट्टा चाँडै पाक्ने (कात्तिकमै) उन्नत जातका विकासे जातका धान लगाउने प्रचलन बढ्दै गएपछि कार्तिक शुक्ल द्वादशी तिथि पर्वका लागि व्यावहारिक पनि बन्दै गएको मिथिला परम्पराका ज्ञाता डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । यस पर्वमा नयाँ धानको चिउरा कुटेर परिवारका सबै सदस्यले चिउरा, दूध र गुँड (सख्खर) पवित्र यज्ञको अग्निमा होम गरी भगवान् विष्णुलाई अर्पित गरेपछि शेषान्न (उब्रेको) प्रसादस्वरुप खाने चलन छ । यसरी यो विधिसँगै पुरोहितलाई भोजन गराई दक्षिणा दिएर नयाँ अन्नको सिधा दान गरिन्छ । यो विधिपछि सबै अन्न वर्षभरि प्रचलन गर्न सकिने मान्यता छ । यो विधिमा ग्रामदेवता (डिहबारस्थान)को पूजा पनि गरिन्छ ।

यो विधिलाई पहाडी परम्पराका हिन्दूले ‘न्वागी खाने’ भन्ने गरेका छन् । महोत्तरी जिल्लाको सुदूरउत्तरी क्षेत्रमा घरघरैजसो नवान्न (नयाँ अन्न, हिउँदे धान)को ‘न्वागी’ खाने विधि पनि धेरैजसोले आजै सम्पन्न गर्दैछन् । मैथिल परम्परामा चिउरा मुख्य भोग लगाइने चलनजस्तै पहाडी परम्परामा भने नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा छ । यो परिकारलाई बोलीचालीमा ‘भिजाएका चामल’ भनिन्छ । पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोञ्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपिनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने मान्यता रहँदै आएको छ ।

हिन्दूहरूको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको मैथिल विश्वासजस्तै पहाडी चलनमा पनि धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानपिनमा प्रयोग गर्न सकिने धार्मिक तथा परम्परागत मान्यताले यो चलन बसेको वैदिक कर्मकाण्डका ज्ञाता बर्दिबास–१ का पण्डित रामप्रसाद बराल बताउनुहुन्छ । वैदिक शास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनुअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो विश्वास रहेको छ ।

सामान्यतया मैथिल परम्पराको ‘लबान’ वा पहाडी चलनको ‘न्वागी खान’ कार्तिक शुक्ल द्वादशी नै उपयुक्त रहे पनि मार्ग (मङ्सिर) शुक्ल पञ्चमीसम्म न्वागीका लागि होमादि गर्न सकिने परम्परा रहेको भङ्गाहा–५ सीतापुरबजारका विष्णुप्रसाद शर्माको भनाइ छ । पर्वमा पहाडी परम्पराको होमादि गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी ब्राह्मण अनिवार्य हुने हुँदा आज पुरोहितहरूको व्यस्तता हुने गर्दछ । यस पर्वमा होमादि अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर खुवाउने खाने प्रचलन छ । 


प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP