Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • कारागारका कैदीबन्दी जोखिममा
कारागारका कैदीबन्दी जोखिममा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ७, २०८०

जानकी- “हामी अहिले जुन ठाउँमा टेकेर उभिएका छौँ, राति हाम्रो सुताई यही ठाउँमा हुने गर्दछ । दिन बिताउन यहाँ जति कष्टकर छ, रात त्योभन्दा बढी भयावह हुन्छ ।” बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए । 

 उनले कारागार जीर्ण रहेको बताउँदै पानी पर्दा आफूहरु सुत्ने बिस्तारा समेत भिज्ने गरेको गुनासो पनि सुनाउन भ्याउनुभयो । छ सय चार कैदीबन्दीमध्येबाट उहाँले हात उठाएर प्रजिअको ध्यान आफूतिर केन्द्रित गर्दै भने, “सर, पानी पर्दा टिनमाथि राखिएको बिस्तारा उठाउन हामीलाई भ्याइनभ्याई हुन्छ ।”

तीन सय १६ कैदीबन्दी रहेको दोस्रो ब्लकबाट एक कैदीबन्दीले आफूहरुलाई पढ्ने वातावरणको व्यवस्था नभएको भन्दै प्रजिअ समक्ष आफ्नो एघार–बाह्र कक्षाको परीक्षा नै छुटेको गुनासो गरे । “यहाँ पढ्ने वातावरण नहुँदा मैले आफ्नो परीक्षा नै छोड्नुप¥यो”, उनले भने, “सामान्य अध्ययनका लागि पनि पुस्तकालय छैन । हामी बिहान उठेर खाना खाने र दिनभरि गफिँदै साँझको खाना खाएर सुत्ने गर्दछौँ ।”  

अनुगमनमा आउनुभएका प्रजिअसमक्ष कैदीबन्दीहरुले कारागारभित्र आफूहरुले पाएको पीडासहित आ–आफ्ना गुनासा र कैदीबन्दीले पाउनुपर्ने मानव अधिकारका माग गर्नु भएको थियो । दिउँसोको समयमा उभिनलाई ठाउँ नभएको उक्त कारागारमा रात कसरी बिताइरहेका छन् होला कैदीबन्दीहरुले ? हामीले कल्पनासम्म पनि गर्न सक्दैनौँ । झण्डै एक बिघा क्षेत्रफलमा निर्मित उक्त पुरानो कारागारको मुख्यद्वारबाट प्रवेश गर्ने बित्तिकै प्रत्यक्षरुपमा देखिन्छन् कैदी बन्दीहरु ।

झण्डै आठ दशकअघि राणाकालीन समयमा निर्मित उक्त कारागारका पर्खालहरु टाढाबाट नै जीर्ण भएको देख्न सकिन्छ । तीन सय ५० जना कैदीबन्दीको क्षमता भएको यस कारागारमा हाल नौ सय ५० जना कैदीबन्दी बस्दै आएका छन् । कारागारमा कैदीबन्दीको सङ्ख्या थपिने र घट्नेक्रम जारी रहन्छ । भूकम्पीय र सुरक्षाको दृष्टिकोणले बढी नै जोखिम रहेकोले आफूहरुलाई जतिसक्दो छिटो नौबस्ता कारागारमा सार्न उनीहरुले माग गरेका छन् ।  

दुई वटा ब्लकमा निर्मित उक्त कारागारको सानो ब्लकमा एउटा मेस सञ्चालित छ भने ठूलो ब्लगमा तीन वटा मेस चल्ने गर्दछ । अनुगमनका क्रममा कारागारभित्र दाउराका खालिया र ठूलाठूला कराईमा कैदीबन्दीका लागि पाक्दै गरेको खाना देख्न सकिन्छ । आन्तरिक रुपमा कैदीबन्दीबीच कुनै वादविवाद भइहालेमा तुरुन्त उद्धार गर्न पनि अप्ठ्यारो हुने सजिलै अनुमान गर्न सकिन्छ ।
    
कारागारका जेलर अर्जुनजङ्ग शाहका अनुसार सरुवा भई आउने प्रत्येक प्रजिअलाई नवनिर्मित कारागारमा कैदीबन्दीलाई सार्ने विषयमा लिखित प्रतिवेदन बुझाउँदा पनि अझै कैदीबन्दीलाई सार्ने काम भएको छैन । ‘‘कारागार निमार्णसँगै कैदीबन्दी सार्ने विषयमा अहिलेसम्म तीनवटा लिखित प्रतिवेदन बुझाइसकेका छौँ’’ उनले भने। 

बाँके कारागार जीर्ण भएको भन्दै बाँकेस्थित नौबस्ता कारागार निर्माण गरिएको छ । एउटै जिल्लामा सुविधायुक्त कारागारको संरचना बनिसकेको अवस्थामा पनि पुरानै जीर्ण कारागारमा कैदीबन्दी राख्नलाई बाध्य हुनु परेको उहाँको भनाइ छ । सबै कैदीबन्दीहरु नयाँ कारागारमा सर्नलाई आतुर छन् ।

बाँके जिल्लाका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले सुरक्षाको दृष्टिले नौबस्तामा निर्मित कारागारमा कैदी बन्दीलाई जतिसक्दो छिटो सार्दा राम्रो हुने बताए  । उनी भन्छन्, ‘‘कारागार भनेको एउटा विश्वविद्यालय नै हो । तर बाँके कारागारमा कैदीबन्दीका लागि ज्ञानगुनका कुरा सिक्नलाई पुस्तकालय नभएको मात्र होइन, जीर्ण भवनमा हिँडडुल गर्नलाई ठाउँ समेत साँधुरो छ । सुरक्षाको दृष्टिले उनीहरुलाई सार्नु आवश्यक छ ।’’ 

बाँकेका मानव अधिकारकर्मी बसन्त गौतमले बाँके कारागारको सुरक्षा व्यवस्था प्रहरी प्रशासनको तर्फबाट बाहीरी रुपमा बलियो भए पनि आन्तरिक रुपमा भने सुरक्षा सतर्कताको उचित व्यवस्थापन हुन नसकेको बताए । “ठाउँ साँघुरो भएकाले हिँड्दा पनि एक अर्कासँग ठोकिन्छन् कैदीबन्दीहरु । उनीहरुले त्यहाँ स्वस्थरुपले श्वासप्रश्वाससमेत गर्न पाउँदैनन्”, उनले भने ।

अधिवक्ता समेत रहनुभएका गौतमले बाँके कारागारमा कैदीबन्दीहरुको मानवअधिकार हनन् भएको बताए । उनले भने, “बाँकेका कैदीबन्दीले आधारभूत मानवअधिकार समेत उपभोग गर्न पाएका छैनन् । उनीहरुलाई खुलेर श्वास फेर्ने स्वच्छ वातावरण समेत छैन । सुत्नलाई बिस्तारा छैन । कपडा धोएर सुकाउने र राख्ने उचित ठाउँको व्यवस्था छैन ।” नौबस्तास्थित क्षेत्रीय कारागारको भौतिक संरचना त्यसै खेर जानु दुर्भाग्य भएको मानव अधिकारकर्मी गौतमको भनाइ छ । 

 यस विषयमा बाँकेका प्रजिअ पोखरेलले कैदीबन्दीलाई नौबस्ता क्षेत्रीय कारागारमा सार्न सक्दो पहल गरेको बताए । उनले कारागार व्यवस्था विभाग र अर्थमन्त्रालयलाई पत्राचार गरेको जानकारी दिनुभयो । तर बजेट र कर्मचारीको दरबन्दी स्वीकृत नहुँदा कारागार सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो । ‘‘हामीले नयाँ कारागार सञ्चालनका लागि चाहिने बजेट माग गर्दै पत्राचार गरेका छौं । मन्त्रालयले कुनै जवाफ दिएको छैन’’, उनले भने । 

नवनिर्मित नौबस्ता कारागारको लागत र संरचना

बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भइरहेको क्षेत्रीय कारागार करिब नौ बिघा क्षेत्रफलमा बन्दैछ । कारागारको निर्माण प्रकृयालाई तीन चरणमा विभाजित गरिएको छ । सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका आयोजना प्रमुख विजयकेशर खनालका अनुसार पहिलो चरणमा कारागार विभागले नै कारागारमा काँडेतार लगाएको छ ।

दोस्रो चरणमा सहरी विकास तथा भवन निर्माण विभागबाट १२ सय कैदीबन्दी अट्ने क्षमताको ब्लक निर्माण कार्य सम्पन्न गरिएको छ । सशस्त्र प्रहरीको एउटा ब्यारेक, नेपाल प्रहरीको एउटा ब्यारेक र प्रशासनिक भवन निर्माण सम्पन्न गरिएको छ । आयोजना प्रमुख खनालले दोस्रो चरणमा नै कैदीबन्दीका लागि चारवटा ब्लक बनिसकेको बताउनुभयो ।

खनालका अनुसार तेस्रो चरणमा निर्माण हुने सम्पूर्ण कामको शुरुआत अर्थमन्त्रालयद्वारा बजेटको स्रोत सुनिश्चित नभएको हुनाले हुन सकिरहेको छैन । तेस्रो चरणमा बन्ने भनिएको भौतिक संरचनाअन्तर्गत सशस्त्र प्रहरी र नेपाल प्रहरीको अन्य भवन बन्न बाँकी छन् भने कारागार कम्पाउण्डको बाहिरी पर्खाल पनि बनाउन बाँकी नै छ । त्यसैगरी १५ शय्याको अस्पताल, विद्यालय, किरियापुत्रीलगायत अन्य संरचना बन्न बाँकी रहेको खनालले जानकारी दिए । 

मूल्य अभिवृद्धि करबाहेक रु ४६ करोड ४४ लाख ७० हजार सात सय ९५ को लागतमा सम्झौता भएकामा कुल रु ४६ करोड २२ लाख सात हजार छ सय ७६ मा निर्माण सम्पन्न भएको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले जानकारी दिए । कारागारमा रहेको बाल सुधार गृहको सुरक्षा व्यवस्थाका लागि लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर हाल खजुरा गणबाट तैनाथ २० जना प्रहरी, सशस्त्र प्रहरीबल ३० नं. गणबाट खटिएका ३० जना सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय बाँकेबाट चार गरी ५४ सुरक्षाकर्मीको मातहतमा सुरक्षा व्यवस्था मिलाइएको छ । 

विसं २०७३ कात्तिक ८ गते सम्झौता भई २३ कात्तिक २०७९ मा निर्माण सम्पन्न भएको उक्त कारागारमा कैदीबन्दीका लागि चारवटा ब्लक निर्माण गरिएको छ । त्यसैगरी, कैदीबन्दीका लागि चारवटा वर्कशप, चार वटा भान्छा, चार शौचालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि एक–एकवटा भवन, १० वटा सेन्ट्री पोस्ट, चार वटा आगन्तुक ब्लक र एउटा भेटघाट भवन निर्माण गरिएको छ । 

नयाँ निर्माण भएको नौबस्ता कारागार मानवोचित व्यवहार र आधारभूत मानवअधिकार उपभोग गर्न पाउने व्यवस्थासहित निर्माण गरिएको छ । आर्थिक उपार्जन गर्ने खालका सीपको व्यवस्था, मनोरञ्जन, खेलकुद, शिक्षा, स्वास्थ्य, खानपानलगायत आधारभूत मापदण्ड पूरा गरिएको छ । कारागारका वार्डेन शाहले भने, ‘‘कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ संरचना निर्माण गरिएको हो । यो कारागारमा कैदीबन्दीले तालिम लिन सक्नेछन् । तालिमका लागि ठूला हलको व्यवस्था गरिएको छ ।’’

मुद्दा फैसला भइसकेका कैदीलाई नौबस्ता कारागार र अपराधको प्रकृतिअनुसार खुला कारागारमा राखिने नीतिअनुसार निर्माण भएको छ । नौबस्ताको कारागार सञ्चालनमा आएपछि पनि मुद्दा फैसला नभएका, मुद्दा सुनुवाइका लागि अदालत लैजानुपर्ने थुनुवा, उपचार गराउनुपर्ने बिरामी, ज्येष्ठ नागरिक थुनुवालाई नेपालग१जस्थित पुरानै कारागारमा राखिने भएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP