Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • पुष्प खेतीमा बढ्दै किसानको आकर्षण
पुष्प खेतीमा बढ्दै किसानको आकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ५, २०८०

बेदकोट– पुष्प खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान त्यसतर्फ आकर्षित भएका छन् । सरकारले प्लास्टिक माला प्रयोगमा प्रतिबन्ध गर्दा फूल आयातमा रोकिएपछि फुलको बिक्री बढ्ने भएपछि किसान त्यसतर्फ आकर्षित भएको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले बताए ।

“पुष्प खेती गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसबाट मुनाफा पनि राम्रै हुन्छ”, उनले भने, “थोरै लगानीमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिने भएको छ । सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिक सहायक पदमा कार्यरत छन् । 

उनले भीमदत्त नगरपालिका– ३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर सात कट्ठा क्षेत्रफलमा फूलखेती  गरेका छन् । दुई वर्षयता व्यावसायिक पुष्पखेती गरिरहेका उनले यसअघि भीमदत्तकै तिलकपुरमा फूलखेती गरेका हुन् । यसवर्ष दसैँतिहारमा विगतभन्दा फूल कम बिक्री भएको उनको भनाइ छ ।

Hardik health

“यसवर्ष फूल बिक्री गर्न निकै गाह्रो भयो, गतवर्ष मागअनुसार आपूर्ति गर्न सकिएको थिएन”, उनी भन्छन् , “तिहारको समय ढिलो भएकाले स्थानीय फूल छ्यापछ्याप्ती भएपछि सोचेअनुसार फूल बिक्री नभएको हो ।” उनका अनुसार चाडवाडको समयमा यसवर्ष महेन्द्रनगर क्षेत्रमा एक क्विन्टल फूल र तीन सयभन्दा बढी माला बिक्री भएका छन् । 

फूलको मूल्य प्रतिकेजी रु पाँच सय र  मालाको रु एक सय तोकिएको थियो । फूल बिक्री गर्न हम्मेहम्मे परेपछि किसानले यसपटक सस्तोमै बिक्री गर्नुपरेको उनको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनी, कृष्णपुर र बेलौरीमा तुलनात्मक रुपमा अन्य ठाउँभन्दा बढी क्षेत्रफलमा पुष्प खेती गरिएको छ । 


कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यहाँ झण्डै दुई सय जनाले चार हेक्टरमा फूलखेती गरेका छन् । “एक कठ्ठादेखि सात कट्ठा क्षेत्रफलसम्म फूलखेती गरिएको छ । विदेशी फूल ल्याउन नदिने प्रावधानपछि यहाँका किसानलाई फूल खेतीको चेतना जागेको छ”, उनले भने, “यसपटक तिहारमा बाहिरबाट फूल ल्याउन परेन, स्थानीयस्तरकै फूलले माग पूर्ति भएको छ ।”

यहाँ सयपत्री, मखमली र कटफलावर प्रजातिका फूलको खेती बढी हुने गरेको उनले बताए । पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएपछि दसैँतिहार, विवाह, व्रतबन्ध, सभासमारोहमा प्रयोग हुने फूलमाला बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हटेको छ 


प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही बुधबार, पुस ३०, २०८२
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन बुधबार, पुस ३०, २०८२
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मुख्यमन्त्री यादवद्वारा आग्रह
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मुख्यमन्त्री यादवद्वारा आग्रह बुधबार, पुस ३०, २०८२
मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम
मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम बुधबार, पुस ३०, २०८२
कारागारभित्रका ‘हेडमास्टर’
कारागारभित्रका ‘हेडमास्टर’ बुधबार, पुस ३०, २०८२
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित बुधबार, पुस ३०, २०८२
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP