Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • किड्नी बिक्रीमा छ !
किड्नी बिक्रीमा छ !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ५, २०८०

आउनुहोस् आउनुहोस् । दसैं सकियो, तिहार सकियो, छठ पनि सकियो तर ऋण तिर्न सकिएन । व्यवहार पनि चलाउन नै गाह्रो भो । त्यसैले बिक्रीमा बिक्रीमा । सुनौलो अवसर भन्दै कराउँदै छन् एक अधवैशे सडकमा ।

वरिपरि झुम्मिएर उनै अधवैशेको कुरा सुन्ने पनि धेरै छन् । कोही हाँसो बनाइरहेका छन् । कोही कठैबर भन्दै आफ्नो बाटो लाग्छन् । तर, अधवैशे कराउन छाडेको छैन । सरकार म बेच्नु तर मलाई रोक्न नखोज ! झुस्स दाह्री पालेको, कपालमा धुलैधुलोजस्तो देखिएको, मैलो मैलो कपडा लगाएको भर्खरै जुवा खालबाट हारेर फर्किएको जस्तो । भर्खरै सत्ताबाट गलहत्याएर निकालिएको जस्तो ! कोही नभएको टुहुरो जस्तो भएर पनि प्रयोग गर्न नजानेको जस्तो । कस्तो कस्तो व्यवहार देखिन्थ्यो अधवैशे । 

ऊ खाली बिक्री बिक्रीमा मात्र भन्दै थियो । तर के बिक्रीमा भन्ने कुरा उसले मुखले बोलिरहेको थिएन । सायद सडकाँ चटकेले चटक देखाउन पो खोज्यो कि भन्ठानेरै होला वरपर उभिएकाहरुले खासै चासो पनि नदिएका ।अधवैशे कराउँथ्यो उसको वरपर एक्कै छिन् मान्छे झुम्म पर्दथे अनि जान्थे उ एक्लै कराउँथ्यो । ‘धत्, कोही छैन । कसैको आँट नै छैन जस्तो छ किन्नलाई’ । ए बाबा म जसरी बेच्ने हो भने पनि आवश्यक परेकाले किने भैगो नि दिने मै हुँ । ऊ एकोहोरो बोलिरहेको थियो । 

उसको बोलाई निकै कष्टकर थियो । कुनै ठूलो विपद्मा परेर सहारा खोजिरहेको जस्तो । तर उसलाई साहारा दिने खोज्ने कोही पनि छैन । उ निकै कमजोर अनुभूति गरिरहेको छ । ख्वाक्क ऽ ख्वाक्क ऽ खोक्छ । यो मारोगी खोकीले पनि कस्तो सताउँछ हो । फोक्सै जाला जस्तो । लामो सास फेर्छ अनि कराउँछ । ‘कोही छ मेरो किन्ने ? बिक्री भइसकेको पनि मलाई च्याप्पै समातेर तानेर ल्यायो । बेच्नै दिएन त्यो बेला पनि असत्तिहरुले ।’

Hardik health

उसको कुरा सुनिरहेका अर्को व्यक्तिले अधवैशेलाई सोध्छन्, ‘होइन तपाईंले अघिदेखि बिक्रीमा बिक्रीमा भन्नुभएको छ । खास बिक्रीमाचाहिँ के हो ? तपाईंसँग बिक्री गर्ने वस्तु त म केही देख्दिनँ ?’ अधवैशे बोल्दैन । आफू पछाडि टाँसेको सूचना देखाउँछ । सूचनामा लेखिएको छ । ‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिए सम्पर्क गर्नू । व्यवहार चलाउन गाह्रो भएकाले किड्नी बेच्न खोजेको । नेपाल सरकारसँग अनुरोध मलाई पटक–पटक रोक्यौं अब मलाई मेरो किड्नी बेच्न नरोक्नू !’

सडकको भित्तामा सेतो फोटोकपी पेपरमा सूचना लेखेर टाँसिएको छ । सडकमा प्रायः जागिर, तालिम, अवसर यस्तै–यस्तै लेखिएका सूचना देखिन्थे तर यो सूचना भने अलि फरक थियो । जुन गैरकानुनी सूचना नै थियो । ती व्यक्तिले अधवैशेलाई भन्छन्, ‘यस्तो नचाहिने कुरा पनि बिक्री हुन्छ ? त्यसमाथि पनि सडकमा बसेर ।’अधवैशेले जवाफ दिन्छ । के नचाहिने कुरा । ‘यही किड्नी नपाएर मान्छेले अकालमा ज्यान गुमाउनुपरेको छ । कम्तीमा मर्न लागेको मान्छेलाई मैले बचाउँछु र म आफू पनि आनन्दले बाँच्न सकुँ भनेर हो नि ।’

सडकमा बसेर किड्नी बेच्छु भन्ने अधवैशेलाई ती व्यक्तिले भन्छन्, ‘हेर्नुस्, तपाईंले जे गर्दै हुनुहुन्छ । त्यो गैरकानुनी हो नि ? किड्नी भनेको त बेच्न पाइने कुरै होइन । तपाईं त खुल्लम खुला सडकमा बसेर भित्तामा सूचना नै टाँसेर बस्नुभएको छ ।’‘छाड्दिनुस् यस्तो कुरा, नेपालको कानुन जसले बनाउँछ उसैले जानुन भन्ने सुन्नु’भाको छैन ? कानुन ऐन भनेको त सानाका लागिमात्र हो । ठूलाले देशै बेच्छु भन्दा हुने मैले मेरो भाको किड्नी बेचेर आफ्नो व्यवहार चलाउँछु भन्न नपाउने ? अस्ति उता पूर्वतिर मान्छे मार्न पाउनु पर्दछ । खुकुरीले काट भन्दै सार्वजनिक भाषण गर्न पाउँछ । सिंहदरबार जलाउँछु भन्न पाउने ! मैले मेरो शरीरको किड्नी बेच्छु भन्दा जस्तो कानुन लाग्छ लागोस् ।’ अधवैशेले जिद्दी छाडेन ।

अधवैशेको कुरा सुनेर ती व्यक्ति तीन छक्क पर्छन् । अनि फेरि सोध्छन्, ‘होइन तपाईंलाई किड्नी नै चाहिँ किन बेच्नुप¥यो ?’ अधवैशेले जवाफ दिइहाल्छ– हेर्नुस् अब मसँग भएको बेच्न मिल्ने र अरुलाई पनि काम लाग्ने भनेको यही एउटा किड्नीमात्र छ । त्यही भएर यही बेच्न बाटोमा बसेर कराइरहेको छु ।  त्यही त सोधेनी, शरीरको अंग नै बेच्न खोज्नुभो किन भनेर ?  ‘तपाईंलाई सुनाएर के काम ? किन्ने भए, तपाईंको कसैलाई आवश्यक छ भने मेरो किड्नी किन्नुस् नभएर मसँग अरु कुरा नगर्नुस् ।’ अधवैशे अलि झोक्किन्छ । व्यक्तिले अझै कुरा खोतल्न थाले, त्यसो भए कसरी किन्ने त तपाईंको किड्नी ?

अधवैशेले भन्यो– किन्छु मात्र भन्नुस् न अरु सबै म आफैं व्यवस्था गरिहाल्छु । उत्तर दिइहाल्यो । उनले फेरि सोधे, ‘त्यसो भए तपाईंको किड्नीको कति पैसा ? !अधवैशेंले भन्यो, ‘मलाई धेरै पैसा चाहिएको छैन । जम्मा १४ हजार ५०० भए म मेरो किड्नी बेच्छु ।’ ती व्यक्तिले फेरि सोधे जम्मा १४ हजार ५०० मा किड्नी बेच्ने ? ओहो ! किन ? फेरि प्रश्न गरे ।उसले सहजै जवाफ दियो, ‘ऋण तिर्न’ । उनले फेरि सोधे ऋण तिर्न किड्नी नै किन बेच्नु त ?

के गर्नु त ? अब मेरो अरु कुनै उपाय नै छैन । ऋण लिएर छ महिनाअघि कुवेत गएकी श्रीमतीसँग बोलचाल नै बन्द भो । दुई छोराहरु स्कुल जान नसकेर घर छाडेर हिँडे । लघुवित्त सहकारीले अलिकति भएको जग्गा खाइदियो । आफैं गरिखानका लागि गाडी चलाउने लाइसेन्स थियो, गाडी किनेँ । त्यो पनि बैंकले कोरोनाको बेलामा ब्याज तिरेन भने खाइदियो । छिमेकीलाई साक्षी राखेर सहकारीबाट फेरि व्यवसाय गरौं भनेर ऋण लिए त्यो पनि अर्को सहकारीलाई खेलाइदियो । त्यही भएर छिमेकीको १४ हजार ५०० ऋण बुझाउन किड्नी बेच्न खोज्दै छु । 
उनी अक्क न वक्क परे । साँच्चै अवस्था भयावह नै बन्दै छ । सोचौं !


प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP