Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • खरायो पालनमा आकर्षित महिला
खरायो पालनमा आकर्षित महिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ४, २०८०

जुम्ला– जुम्लाका महिला पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका छन । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब एक सय ८० घरधुरीका महिला खरायो पालनमा लागेका छन ।

 
स्थानीय मन्न बुढाले खरायोबाट रारा गाउँका बासिन्दाले मनग्ये आम्दानी गर्ने गरेको बताइन् । सिंगो गाउँका महिला आत्मनिर्भर बन्नका लागि सीपमूलक तालिमदेखि विभिन्न पेश व्यावसायिकता लागेका छन ।

सबैभन्दा सहज र राम्रो आम्दानीको माध्यम भनेको खरायो पालन हो । स्थानीय सरकारबाट दिएको सीपमूलक तालिमबाट व्यवसायी बन्न सहज भएको छ । प्रती खरायो पाँच सयमा बिक्री हुने गरेको रारा गाउँका खरायो पालक किसान मुना रावतको भनाइ छ ।

तिलाका नौ वटै वडाका महिलालाई दिगोपन तालिम सञ्चालनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी आयआर्जनका तालिम सञ्चालन गरिने तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।

यहाँको चन्दननाथ नगरपालिका(८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी उत्पादन गरेर बिक्री वितरण गर्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ ।

सो गाउँलाई खरायोको गाउँ भनेर पनि चिन्छन् । हरेक घरमा खरायो पालिएको छ । खरायोको उनबाट टोपी बुन्ने काम पनि हुने गरेको छ । सो गाउँका ३७ वर्षीय विष्णु रोकायाले खरायो पाल्न थालेको २७ वर्ष बित्यो । अहिले ६० वटा खरायो पालेका छन् । बजार लगेर तीन हजारमा बिक्री हुने गरेको छ ।

रोकाया गाउँमै एक नमूना खरायो पालक किसान हुन । विष्णुको आम्दानीको स्रोत खरायोको टोपी हो । एक महिनामा आठ वटा टोपी तयार हुने गरेको छ । यसबाट महिनामा न्यूनतम रु २५ हजार आम्दानी हुने गरेको खरायो पालक किसान रोकायाले बताइन् ।

गाउँमा हुने शुभकार्यदेखि सदरमुकाम खलंगामा हुने बिदाइ तथा सम्मान कार्यक्रममा खरायोको टोपीको प्रयोग भइरहेको छ । अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी कर्मचारीदेखि ठूला व्यापारीलाई खरायोको टोपीले स्वागत गरिन्छ ।

जिल्लामा बुनेको खरायोको टोपी देशका उच्च तहका राजनीतिक दलका नेताले समेत लगाएको यहाँका खरायो पालक किसान बताउँछन् । प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ ।

टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायो पालनमा लागेपछि किसानको प्रगति भइरहेको छ । खरायोको टोपी बेचेर पाँच लाख बचत गरेको किसान विष्णु रोकायाले जानकारी दिइन् ।

खरायोको टोपी आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा पर्ने गरेको जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । एउटा खरायोको टोपीको मूल्य तीन हजारदेखि पाँच हजारसम्म रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीले जनाएको छ ।

खरायो टोपीको माग सबैतिर छ, मागअनुसार पठाउन सकिएको छैन । खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छ । सबैभन्दा बढी सुर्खेत, नेपालगञ्ज, काठमाडौंमा खरायोको टोपीको माग हुने गरेको रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाको भनाइ छ । 


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP