Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • सबै धर्मावलम्बीले मिलेर मनाए छठ
सबै धर्मावलम्बीले मिलेर मनाए छठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ४, २०८०

भक्तपुर– सोमबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा बर्तालुको भीड थामिनसक्नुको थियो । बाँकी तीन छेउ वरपर पालाअर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त त कोही निभेका बत्ती बाल्दै थिए । 
    
तराईको झल्को दिने गरी दुलहीझँै सिँगारिएर झकिझकाउ बनाइएको कमलपोखरीमा छठ मनाउन तराईवासीसँगै भक्तपुरका स्थानीय पनि सहभागी थिए । मुख्यतया तराई क्षेत्रमा मनाइने छठ पर्व उपत्यकाको सहर भक्तपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । भक्तपुरमा तराई मधेसका समुदायकासँगै मिलेर भक्तपुरवासीले पनि संस्कृति र परम्पराअनुसार पूजा आराधनासहित छठ मनाएका छन् । आज बिहानै छठ मनाउन रातभर जाग्राम बसेका बर्तालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा सम्पन्न गरी छठ सम्पन्न गरिएको हो । 
    
भक्तपुरमा बस्दै आएका तराईवासीले कमलपोखरीमा छठ पर्व मनाएको यो पहिलो वर्ष भने होइन । सर्लाहीबाट भक्तपुरको कमलविनायकमा व्यवसाय गरेर बस्दै आउनुभएका छठ पर्व आयोजक समितिका संयोजक लक्ष्मण रौनियारले विगत नौ वर्षदेखि यहाँ छठ मनाउनका लागि व्यवस्थापन गर्दै आउनुभएको छ । पर्वका लागि आइतबार पोखरीलाई सजाएर झकिझकाउ बनाइएको थियो भने साँझ बर्तालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छैठी देवीको पूजा गरेर छठ पर्व मनाएका छन् । कमलविनायकमा चटपटे व्यवसाय गर्दै आउनुभएकी सुभद्रा साहले विगत तीन वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाएदै आएको उल्लेख गर्दै छठमा घर जान नपाउनेका लागि यहाँको व्यवस्थापनले सजिला ेबनाएको बताउनुभयो ।
    
मध्यपुरथिमि नगरपालिका–५ राधेराधे बस्दै आउनुभएका शरण झाले पनि यस वर्ष यही पोखरीमै छठ मनाउन आएको बताउनुभयो । यहाँका बासिन्दाले छठका लागि गरेको सहयोगले धार्मिक सहिष्णुता बढाएको उल्लेख गर्दै यहाँ तराई मधेसका बासिन्दाले मात्रै्र नभई यहाँका पहाडियाले पनि सँगै छठ मनाएको बताउनुभयो । विशेष गरेर तराईवासीले हर्षोल्लासका साथ मनाइने छठ पर्व आज भक्तपुरमा सबै धर्मावलम्बीले सामूहिक रुपमा मिलेर मनाएको देख्दा खुसी लागेको उहाँले बताउनुभयो । समितिका संयोजक रौनियारले मुसलमानदेखि विभिन्न धर्म, जातका व्यक्ति सहभागी भएको बताउनुभयो । विगतका वर्षमा एक सय परिवार पनि नहुनेमा यस वर्ष एक सय ५० भन्दा बढी परिवारले यहाँ छठ मनाएको उहाँले बताउनुभयो । 
    
सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व यस वर्ष शुक्रबारदेखि सुरु भएको थियो । चार दिनसम्म मनाइने पर्वको मुख्य दिन आज हो । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व अत्यन्तै श्रद्धा र निष्ठाका साथ मनाइन्छ । तराइमा सीमित यो चाँंड पछिल्लो वर्ष तराईका साथ काठमाडौँ उपत्यकामा पनि उत्तिकै भव्यरुपमा मनाउन थालिएको छ । 
पर्वका मुख्य विशेषता अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिएर मात्र पूजा सम्पन्न गर्नु हो छठ मनाउन पोखरी पुग्नुभएकी शान्ता महतोले पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै यो पर्व परिवारका सबै सदस्य तथा समूहमा मनाएको बताउनुभयो । 
    
अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य दिएर पूजासहित रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गरी आज सोमबार कात्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य दिएपछि चार दिनको व्रत पूरा भएको उहाँले बताउनुभयो । पर्वको क्रममा पहिलो दिन कात्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय ९नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन खाने०, दोस्रो कात्तिक पञ्चमीका दिन खरना पूजा गर्ने र यस दिन बर्तालु स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्ने, पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई खुवाउने गर्छन् । रासस


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP