Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • राहत कोषमा १५ करोड तर चिसोले ज्यान गुमाउँदै भूकम्पपीडित
राहत कोषमा १५ करोड तर चिसोले ज्यान गुमाउँदै भूकम्पपीडित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ४, २०८०

 

  • भूकम्पलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले उद्धार र उपचारमा तदारुकता देखाए पनि राहत वितरणमा सरकार उदासीन 
  • चिसोका कारण जाजरकोटका आठ जना भूकम्पपीडितले ज्यान गुमाए
  • राहतका नाममा अहिलेसम्म एक सरो त्रिपालबाहेक केही नपाएको जाजरकोट कुशे गाउँपालिकाका हेमन्तजंग सिंहको गुनासो

काठमाडौं– सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत कोषमा १५ करोड रुपैयाँ जम्मा भइसकेको जनाएको छ । तर भूकम्पपीडित भने राहत नपाउँदा चिसोकै कारण ज्यान गुमाउन विवश भएका छन् ।
जाजरकोटका भूकम्पपीडितमध्ये सात जनाले चिसोका कारण ज्यान गुमाइसकेका छन् । राहत व्यवस्थापनमा ढिलाइ र उपचार अभावका कारण पीडितहरु थप बिरामी हुन थालेका छन् । भूकम्पलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले उद्धार र उपचारमा तदारुकता देखाए पनि पछिल्लो राहत वितरणमा सरकार उदासीन देखिन थालेको छ ।

भूकम्पपछि तिहार, छठलगायतको पर्वको सार्वजनिक बिदा आइतबार बल्ल सकिएको छ । यता विभिन्न आन्दोलनका कारण सरकार आफ्नो कुर्सी जोगाउन लागिपर्दा भूकम्पपीडित भने चिसोका कारण थप पीडामा पर्न थालेका हुन् ।कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ गरी १५३ जनाको मृत्यु भएको थियो । भूकम्पका कारण ३६४ जना घाइते भएका छन् । उक्त भूकम्पबाट २६ हजार ५५० घर पूर्ण र ३५ हजार ४८९ घरमा आंशिक क्षति पुगेको तथ्यांक छ ।

भूकम्पपछि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष स्थापना गरी सहयोग संकलन सुरु गरेको थियो । उक्त कोषमा मंसिर १ गतेसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारले भूकम्पप्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भन्दै सहयोगको अपिल गरेको छ । तर, संकलित रकमबाट तत्काल आवश्यक राहत पु¥याउन सरकार असफल देखिएको छ ।

चिसोले लिँदै ज्यान
चिसो बढ्दै जाँदा भूकम्पपीडित झन् पीडामा परेका छन् । अत्यधिक चिसोका कारण आइतबार थप एक भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ टापुकी ७० वर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको हो । भूकम्पमा परी घाइते भई स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आइतबार बिहान मृत्यु भएको वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए । उनी त्रिपालको साहारामा बस्दै आएकी थिइन् । आइतबार बिहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडाध्यक्ष सिंहले बताए ।

यसअघि चिसोका कारण शनिबार तीन जना वृद्धको ज्यान गएको थियो । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

डुमे दमका दीर्घरोगी थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको कारण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए ।त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

यसैगरी गत बुधबार एक जना र अघिल्लो शुक्रबार दुईजना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको थियो । जाजरकोट बारेकोट गाउँपालिका–४  का ७९  वर्षीय नरेन्द्रबहादुर सिंहको शुक्रबार मृत्यु भएको थियो । यस्तै भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको बुधबार मृत्यु भएको हो । त्यसैगरी गत शुक्रबार नलगाड नगरपालिका–४ का च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र ८४ वर्षीया पम्फा रावलको मृत्यु भएको थियो ।

चिसोले बिरामी बढ्दै
भेरी नगरपालिका–१ घुयलनेटाका बालबालिकामा आँखा पाक्ने रोग देखिन थालेको स्थानीयले बताएका छन् । डाँडामाथिको बसाइका कारण बालबालिकामा आँखा पाक्ने रोग देखापर्न थालेको स्थानीय कलिमान रानाले बताए ।भेरी नगरपालिका–१ डिँगाकी २१ वर्षीया पुष्पा सिंहको दुई महिना अगाडि मात्र निर्माण गरेको घर भूकम्पले भत्किएपछि त्रिपालमा बस्दै आएकी छन् । दुई महिनाको छोरासहित बस्दै आएकी उनको दैनिकी पनि समस्याले गाँजेको छ । छोरीलाई आँखा पाक्ने रोगले हैरान बनाएको छ । पुष्पाले भनिन्, ‘अरू नदेखिने समस्या त के हामीलाई थाहा छैन ।’

भेरी नगरपालिका–४ खलंगास्थित कस्तुरी बोर्डिङ स्कुलको प्रांगणमा त्रिपालमा एक सातादेखि बसिरहेकी १८ दिनकी सुत्केरी विमला तिरुवा त्रिपालमा दैनिकी चलाइरहेकी छन् । चिसो र आवश्यक स्याहारसुसार नहुँदा आमाका साथै बच्चा पनि बिरामी परेका छन् । त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा, हात खुट्टा सुन्निएको छ ।

कुशे गाउँपालिका–९ निवासी १८ वर्षीय उनी सदरमुकामस्थित गोरख तिरुवा सदरमुकाममा भाडामा बस्दै आएको समयमा भूकम्पले घर भत्किएपछि अहिले त्रिपालकै साहारामा खुला चौरमा रहेकी छन् ।भूकम्प जानुभन्दा तीन दिनअघि सुत्केरी भएकी उनी दैवले हात थाम्दा बाँचेको बताउँछिन् । श्रीमान् वीरेन्द्र ज्याला मजदुरी गरेर परिवारको समस्या समाधान गर्दै आएको उनको भनाइ छ । भूकम्प गएदेखि त्रिपालको साहारामा रहेको यो परिवारले भाडामा बस्नका लागि घर पाएको छैन । पाँच जनाको परिवारलाई कामै गरेर जीवन धानिरहेको यो परिवार अहिले कामविहीन मात्र होइन, खानेकुराको अभावमा पिरोलिएको छ ।

त्रिपालकै साहारामा बसिरहेको हेमन्तजंग सिंहको परिवार पनि त्यस्तै समस्यामा परेको छ । एउटा त्रिपालभित्र सबै परिवारका सदस्य बस्दा दैनिक समस्या हुँदै आएको पीडित परिवारको गुनासो छ । साना नानी, बाबु त्रिपालभित्र बिरामी भएका छन् भने ठूलालाई समेत बस्न मुस्किल परिरहेको छ ।धन्न घर भत्किँदा बाँचेको जिन्दगी त्रिपालको साहारामा कसरी बाँच्ने संघर्ष सुरु भएको उनले बताए । ‘त्रिपालबाट पनि सित चुहिन्छ । जसका कारण छोरी बिरामी परेकी हो । न खाने अन्न छ न जीउ ढाक्ने कपडा नै । घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने ?,’ उनले भने, ‘राहतका नाममा अहिलेसम्म एक सरो त्रिपालबाहेक केही पाएका छनौं । चिसो र भोकले मर्ने बेला भो ।’

त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनिया लगायत समस्या देखिन थालेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताइन् । उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको कमी भएको बताइन् । ‘जाजरकोटका ९५ प्रतिशत मानिस घरबाहिर छन् । शौचालय भत्किएका छन् । पोषणको अभाव छ । सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् उपचारको व्यवस्था हुन नसकेको छैन । शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँमा शौच गर्न थालिएको छ । धेरै मानिस मानसिक रूपमा डराइरहेको अवस्था छ,’ नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले भने ।

प्रमुख रावतले गर्भवती र सुत्केरीलाई तत्काल पोषिला खानेकुरा दिएर रोग प्रतिरक्षा शक्ति बढाउनु अवस्था रहेको बताए । स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिको व्यवस्थाका लागि पहल भइरहेको उनको भनाइ छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन् । पालिकाका स्वास्थ्य संस्थासमेत त्रिपालमा सञ्चालन भएकाले सबैलाई एकैपटक उपचार गर्न सम्भव नहुने देखिएको छ ।

नलगाडको नगर अस्पताल त्रिपालमा चलिरहेको छ । बिरामीलाई भर्नादेखि सबै काम त्रिपालबाट भइरहेको छ । त्यस्तै बारेकोटको लिम्सास्थित १० शय्याको अस्पतालसमेत त्रिपालमा चलिरहेको छ । जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । (राससको सहयोगमा)



 


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP