Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै खैरहनी नगरपालिका
विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै खैरहनी नगरपालिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, कात्तिक २५, २०८०

चितवन-खैरहनी नगरपालिकाले विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्ने भएको छ । बिहान र बेलुका गृहकार्य गराउन शिक्षक पठाउने गरी नगरपालिकाले काम गर्न लागेको हो ।


नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालनमा ल्याउन लागेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख शशीकुमार खनियाले बताए ।

उनका अनुसार कम्तीमा २० स्थानमा गृहकार्य कक्षा सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको छ । विपन्न १५ जना बालबालिका जुटेपछि ती स्थलमा समयको व्यवस्थापन गरेर बस्तीमा नै शिक्षक पुगेर नियमित गृहकार्य कक्षा सञ्चालन गर्ने छन।

कक्षा सञ्चालनका लागि पढाउने ठाउँ नगरपालिकाले नै व्यवस्थापन गर्नेछ । नगरप्रमुख खनियाले भने, ‘स्कुलमा पढेर मात्र पुग्दैन । घरमा अभिभावकले पढाउन नसक्ने ठाउँमा हामीले गृहकार्य कक्षा सञ्चालन गर्न लागेका हौँ ।’

Hardik health

घरमा पढ्ने ठाउँसमेत व्यवस्थित नभएका बस्तीमा कार्यक्रम सञ्चालन गरिने छ । यसले पढ्ने बानीको विकास गराउने प्रमुख खनियाको विश्वास छ ।

नगरपालिकाले कक्षा ८ र १० का विद्यार्थीलाई बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म यस वर्ष पनि पढाउने तयारी गरेको छ । गत वर्ष १० कक्षालाई मात्रै पढाइएकोमा यस वर्ष कक्षा ८ पनि थप गरिँदै छ ।

अति विपन्नको हकमा वडाको सिफारिसमा परीक्षाको समयमा खानाको समेत व्यवस्थापन गर्ने नीति नगरपालिकाले लिएको नगरप्रमुख खनियाले जानकारी दिए ।

नगरभित्र विपन्न परिवारलाई निःशुल्क पढाउने गरी १० जोड दुईमा विज्ञान विषयको समेत पढाइ थालिएको छ । खैरहनी माविमा नगरपालिकाको सहयोगमा विज्ञान पढाइ सुरु गरिएको हो । विज्ञान विषयको पढाइमा सबै विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको छ ।

अन्य व्यक्ति र संघ संस्थाको सहयोगमा विज्ञान पढ्ने विद्यार्थीलाई साइकल, खाजा र पोसाकको समेत व्यवस्था गरिएको छ । अन्य विषयमा कक्षा ११ का विद्यार्थीलाई विद्यालयले पाँच प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत छात्रवृत्तिसमेत दिन सुरु गरेको छ ।

नगरभित्र विषयगत युवा स्वयमंसेवक शिक्षक राखिएका छन । नगरपालिकाको सहयोगमा हाल ५८ जना विषयगत युवा शिक्षक कार्यरत रहेको खनियाले बताए । विज्ञान, अङ्ग्रेजी, कम्प्युटर र गणित विषयमा आधारभूत र माध्यमिक तहमा शिक्षक राखिएका हुन ।

विद्यालयमा पठनपाठन उत्कृष्ट होस् भन्नका लागि विद्यालयमा राम्रो पढाउने शिक्षकलाई अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । विद्यार्थीको नतिजाको आधारमा ‘क’ र ‘ख’ वर्गका विद्यालयका शिक्षकलाई भत्ता दिइँदै आइएको छ । दलित सबै र विपन्न छात्राका लागि स्नातक तहमा समेत निःशुल्क पढाइ सुरु गरिएको छ ।

सामुदायिक क्याम्पसमा स्नातक तहमा ती विद्यार्थीलाई निःशुल्क गरिएको हो । यसका अतिरिक्त अन्य विपन्नका लागि पनि अवस्था हेरेर छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

नगरपालिकाका उपप्रमुख कविता उप्रेतीका अनुसार विद्यालयमा अध्यक्ष पद रिक्त रहेका ठाउँमा स्वतः वडा अध्यक्षले जिम्मेवारी लिइ कामकाज नियमित सञ्चालन भइरहेको छ । नगरपालिकाले कार्यविधि बनाएर शिक्षक मिलानको काम गरेको छ भने प्रधानाध्यापकको व्यवस्थापनमा विशेष ध्यान दिएको उनको भनाइ छ ।

सबै सामुदायिक विद्यालयमा जनक शिक्षा सामग्री केन्द्रको एउटै पाठ्यपुस्तक लागू गरिएको छ । उप्रेतीका अनुसार नगरभित्रका विद्यालयमा पठनपाठन कसरी उत्कृष्ट बनाउन सकिन्छ भनेर नगरपालिकाले विभिन्न गतिविधि गर्दै आएको छ । नगरपालिकाभित्र ५१ विद्यालय रहेका छन । तीमध्ये २७ सामुदायिक छन ।
 

 


प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP