Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राहत वितरणमा विलम्ब नगर
राहत वितरणमा विलम्ब नगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २३, २०८०

जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पले ठूलो क्षति पुर्‍यायो । मध्यरात हजारौं घर भत्किँदा १५३ जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो । करिब ३०० को संख्यामा घाइते भएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित हुँदा आसपासका जिल्लामा पनि केही क्षति पुगेको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका परकम्पहरु अझै रोकिएका छैनन् । जसले त्यस क्षेत्रमा थप त्रास सिर्जना गरिरहेको छ । चर्किएका घर तथा भवनहरु भत्किने जोखिम कायमै छ ।

भूकम्प गएलगत्तै सरकारले उद्धारमा तदारुकता देखायो । तीनै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन सुरक्षा निकायलाई परिचालन गर्‍यो । राज्यका अन्य निकायहरुलाई पनि परिचालन गरियो । प्रदेश र स्थानीय सरकारले पनि उत्तिकै सक्रियताका साथ उद्धार कार्यमा भूमिका खेले । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं शनिबार बिहानै नेपाली सेनाको हेलिकप्टर लिएर भूकम्पप्रभावित क्षेत्रमा पुगे । उद्धार कार्यमा खटिए । त्यसरी उद्धार कार्यमा उनले देखाएको तदारुकताको प्रशंसा पनि भयो ।

तर, राहत वितरण र पीडितको पुनःस्थापनामा भइरहेको ढिलाइका कारण सरकारको आलोचना सुरु भएको छ । भूकम्प गएको चार दिन बितिसक्दा पनि अधिकांश पीडितसमक्ष राहत नपुगेको गुनासो आइरहेका छन् । छिमेकी राष्ट्रदेखि विभिन्न क्षेत्रबाट राहत सामग्री आए पनि कतिपय पीडितले एउटा त्रिपालसम्म नपाएका कारण खुला आकाशमुनि रात बिताउनुपरेका समाचारहरु सञ्चारमाध्यममा आइरहेका छन् ।

Hardik health

सरकारले भूकम्पप्रभावित क्षेत्रमा राहत वितरणका लागि एकद्वार प्रणाली लागू गरेको छ । सबै पीडितलाई समानरुपमा राहत पुर्‍याउन र राहत वितरणलाई प्रभावकारी बनाउन एकद्वार प्रणाली अपनाइएको सरकारको भनाइ छ । तर, सोही प्रणालीका कारण राहत वितरणमा ढिलाइ र झण्झट भएको स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । उनीहरुले स्थानीय सरकारमार्फत वितरण नगरेर संघीय सरकारले आफूहरुलाई अविश्वास गरेको बताएका छन् ।

यद्यपि, प्रदेश सरकारका मुख्यमन्त्रीले भने राहत वितरण प्रभावकारी बनाउन लागिपरेको बताएका छन् । गृह मन्त्रालयले पनि रात वितरणमा समस्या नरहेको दाबी गरेको छ । राहत वितरणमा एकद्वार प्रणाली अपनाउनु आवश्यकता नै हो । किनभने विगतमा एकद्वार प्रणाली नअपनाउँदा राहत वितरणका नाममा कयौं विकृति देखिएका थिए । जसले पीडितहरुलाई थप पीडा दिएको थियो ।

तर, पीडितसमक्ष जति छिटो राहत पुर्‍याउनुपर्ने हो त्यसमा सरकार चुकेको देखिन्छ । भूकम्प गएको चार दिन बितिसक्दा पनि राहत सामग्री नपुग्नु स्वकार्य कुरा होइन । अवलोकनका नाममा प्रधानमन्त्री, मन्त्रीदेखि राष्ट्रपतिसम्म प्रभावित क्षेत्रमा पुग्दा राहत नपुग्नु लज्जास्पद विषय हो । सरकार– पीडितलाई थप पीडा नदेऊ, तत्काल राहत पुर्‍याऊ ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP