Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #विश्वकप एसिया छनोट
  • #हुलाकी_राजमार्ग
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #नीति तथा कार्यक्रम
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गणतन्त्रवादीहरूमा संशय 
गणतन्त्रवादीहरूमा संशय 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २१, २०८०
RBB RBB

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशक हुँदा गणतन्त्रवादीहरूमा संशय पैदा भएको छ । २०४ वर्ष पुुरानो राजतन्त्रलाई अन्त्य गर्दै नयाँ राजनीतिक व्यवस्थाको रूपमा गणतन्त्रलाई स्वीकारिएको यति छोटो अवधिमै गणतन्त्र नै गुम्ने त होइन ? गणतन्त्रवादीहरू चिन्तित देखिएका छन् ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव यसबारे सर्वाधिक चिन्तित देखिए । उनले गणतन्त्र खतरामा पर्दै जानुमा दुई कारण औंल्याएका छन् । पहिलो– निर्वाचनबाट प्राप्त जनमतले सच्चा गणतन्त्रवादी नेताहरू र उनीहरूको दल पछि परे । गणतन्त्र नरुचाउने नेताहरू गणतान्त्रिक व्यवस्थामा अघि आए । 

‘गणतान्त्रिक प्रक्रियामा मेन एक्टरहरू जो थिए, उनीहरू पछाडि परे । साइड एक्टरहरूले एक्टिङ गरिरहेका छन् । यो तीतो सत्य हो,’ उनी भन्छन् । गणतान्त्रिक व्यवस्था संकटमा पर्दै जानुको दोस्रो कारणको रूपमा गणतन्त्रवादी दल र तिनका नेताहरूको कार्यशैली जनअपेक्षाअनुसारको नहुनुलाई मान्छन् उनी । तर, तत्काल निराश हुुनुपर्ने स्थिति नभएको बताए ।

सर्वसाधारण नागरिकको गणतन्त्रप्रति होइन पार्टीप्रति गुनासो छ । पार्टीहरूले राम्रो गरेनन् । गणतन्त्रको सरकारले राम्रो गरेन र संसद्ले राम्रो काम गरेन भन्ने गुनासो छ । -रामवरण यादव,पूर्वराष्ट्रपति

‘मैले कास्की, रुपन्देही, नवलपरासी, सप्तरी, धनुषा, महोत्तरी हुँदै भ्रमण गरेँ । तत्काल निराश नै हुुनुुपर्ने कारण छैन । किनभने गणतन्त्रप्रति कमन पिपुल (सामान्य नागरिक)को गुनासो छैन । पार्टीप्रति गुनासो छ । पार्टीहरूले राम्रो गरेनन् । गणतन्त्रको सरकारले राम्रा गरेन र संसद्ले राम्रो काम गरेन भन्ने गुुनासो छ,’ उनले भने, ‘नेताहरू र दलहरू सुुध्रिउन् ।’

गणतन्त्र नेपालको चौथो प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराई गणतन्त्र नरुचाउने तत्वहरू सल्बलाइरहेको र त्यस्ता तत्वलाई निस्तेज पानुपर्ने बताउँछन् । उनले गणतन्त्र नरुचाउने तत्व भनेको राजतन्त्र पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हो । उनका अनुसार राप्रपाको राजतन्त्र फर्काउने सपना पूूरा हुँदैन । उनले राजतन्त्र पक्षधरहरूलाई ‘मरेपछि पनि एकछिन फिटिफिटि गर्ने बाख्राको पुच्छर’को संज्ञासमेत दिएका छन् । 

गणतन्त्र संकटमा छ तर गणतन्त्रको विकल्प गणतन्त्र नै हो । गणतन्त्रका विरोधीहरु चुनावको परिणामले हौसिएका होलान् तर हुने केही होइन ।- डा. बाबुराम भट्टराई,पूर्वप्रधानमन्त्री

‘चुनावको परिणामले हौसिएका होलान् तर हुने केही होइन । मलाई के लाग्छ भने मरेपछि पनि बाख्राको पुच्छर एकछिन फिटिफिटि गर्छ, अहिले भएको त्यही हो । अरु केही होइन,’ उनले भने, ‘गणतन्त्र संकटमा छ तर गणतन्त्रको विकल्प गणतन्त्र नै हो ।’गणतन्त्रको विरुद्ध र राजतन्त्रको समर्थनमा राप्रपाले संघीयदेखि प्रदेश संसद्सम्मै चर्को आवाज उठाउँदै आएको छ । घरिघरी सडकमा पनि प्रदर्शन गर्दै आएको छ । सत्ताच्यूत भएका पूर्वराजा ज्ञानेन्द्र शाह मन्दिर र देश दर्शनको नाममा जनतासँग साक्षात्कार गर्दै राजतन्त्रको पक्षमा माहोल बनाइरहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका केही नेता राजतन्त्रकै पक्षमा छन् । गणतन्त्र र राजतन्त्रमा केही भिन्नता नभएको बरु धेरै राजा गणतन्त्रमा भएर देशलाई तहसनहस पारेको भन्दै उनीहरू आक्रोशपूर्ण टिप्पणी गर्छन् । तर, ‘राजतन्त्रदेखि गणतन्त्र’ पुुस्तकका लेखक राजनीतिशास्त्री लोकराज बराल गणतन्त्र संकटमा परे पनि राजतन्त्र फर्किने सम्भावना नभएको बताउँछन् । उल्टै प्रश्न गर्छन्, ‘राजतन्त्र जनताले नभोगेका हुन् र ? त्यस्तो चमत्कार थियो राजतन्त्रमा ? सुखमा थिए जनता ?’

नेपालमा गणतन्त्र १५ जेठ २०६५ मा घोषणा भएको हो । संविधानसभाका ज्येष्ठ सदस्य कूूलबहादुुर गुुरुङले अध्यक्षता गरेको संसद्मा उक्त दिन राति करिब साढे १० बजे तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्रको प्रस्तावलाई निर्णयार्थ पेस गरेका थिए । प्रस्तावको पहिलो बुँदामै ‘सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रही स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी नेपाल आजैका मितिदेखि एक संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् परिणत भएको संविधानसभाको यो पहिलो बैठक घोषणा गर्दछ,’ भनिएको थियो । जुन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भयो ।

अर्थात्, संविधानसभामा मतदानका लागि उपलब्ध ५६४ मध्ये २४ दलका ५६० जना सभासदले प्रस्तावको पक्षमा मत दिएका थिए । राप्रपाका चार जना सभासदले विपक्षमा मत दिएका थिए । यसपछि  सोही राति ११ः२५ मा अध्यक्ष गुरुङले सरकारको प्रस्तावमा भएको मतदानको परिणाम सुनाएका थिए र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको घोषणा गरेका थिए । गुरुङको घोषणासँगै सभासदहरूले टेबल ठटाएर खुसीयाली मनाएका थिए । देशभरि उत्सव मनाइएको थियो । तर, गणतन्त्र स्थापना भएको छोटो अवधिमै यो व्यवस्थालाई लिएर प्रश्न उठेको छ । त्यही कारणले गर्दा गणतन्त्रवादी नेताहरू सशंकित देखिन थालेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान मंगलबार, वैशाख २३, २०८२
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन मंगलबार, वैशाख २३, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP