Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राहत तथा पुनःस्थापना प्रभावकारी बनाऊ
राहत तथा पुनःस्थापना प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १९, २०८०

प्राकृति विपत्ति कुन बेला आउँछ भन्ने निश्चित हुँदैन । नेपालीमाझ चर्चित उखान ‘दशा बाजा बजाएर आउँदैन’ भन्नुको अर्थ विपत्ति जुनसुकै बेला आउन सक्छ । त्यसरी आउने विपत्तिले ठूलो जनधनको क्षति पुर्‍याउँछ । शुक्रबार राति यस्तै भयो जाजरकोट र रुकुम पश्चिममा । 

राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टरस्केलको भूकम्प गयो । जतिबेला अधिकांश मानिसहरु चीर निद्रामा हुन्छन् । रातिको समय आएको त्यही भूकम्पले ठूलो मानवीय तथा भौतिक संरचनामा क्षति पुर्‍याएको छ । जाजरकोट भूकम्पमा परी १५७ जनाको ज्यान जानुका साथै ३०० भन्दा बढी घाइते भएको गृह मन्त्रालयले जनाएको छ । यो शनिबार साँझसम्मको तथ्यांक हो । उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न पनि सक्छ ।

जाजरकोट भूकम्पले पुर्‍याएको यो मानवीय क्षति २०७२ को विनासकारी भूकम्पपछिकै सबैभन्दा ठूलो हो । ०७२ को भूकम्पपछि मुलुकका विभिन्न क्षेत्रमा केन्द्रबिन्दु भई थुप्रैपटक भूकम्प गए पनि मानवीय क्षति भएको थिएन । यो भूकम्पले अकल्पनीय क्षति पुर्‍याएको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएलगत्तै उद्धार कार्यमा सरकार तत्काल लागिपर्‍यो । शनिबार बिहानैदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं प्रभावित क्षेत्रमा पुगी उद्धार कार्यमा खटिए । राज्यका सम्पूर्ण शक्तिलाई परिचालन गरे जुन राम्रो कुरा हो । 

Hardik health

तर, यतिले मात्रै पर्याप्त हुँदैन । भूकम्पपीडितलाई तत्काल पुनःस्थापनाको व्यवस्था गर्न जरुरी छ । घाइतेहरुको प्रभावकारी उपचारमा ध्यान दिनुपर्छ । यसमा सरकारको ध्यान जाओस् । सरकारसँगै अन्य क्षेत्रबाट पनि भूकम्पपीडितका लागि सहयोग घोषणा हुने क्रम जारी छ । विपद्को बेला सहयोगमा जुट्नु सराहनीय कार्य हो । तर, कतिपयले आफ्नो प्रचारका लागि सहयोग अभियान चलाउने कार्य गरेको पाइन्छ ।

विगतमा पनि यस्ता घटना भएका थिए । त्यसैले यस्तो घटना दोहोरिन नदिन सहयोग तथा राहत वितरण कार्य एकद्वार प्रणालीबाट गर्ने व्यवस्था गर्न जरुरी छ । अन्तर्राष्ट्रिय दातृ निकाय तथा मित्रराष्ट्रहरुबाट पनि सहयोग घोषणा भइरहेको सन्दर्भमा एकद्वार प्रणाली अनिवार्य देखिन्छ । विगतको घटनाबाट पाठ सिकेर सरकारले तत्काल सो कार्य गर्न जरुरी छ ।

अन्यथा पीडितले राहत पाउनुभन्दा बढी विभिन्न स्वार्थ समूहको कमाइखाने भाँडो बन्नसक्छ । यो दुखद् घडीमा सरकारसँगै सबै पक्ष जिम्मेवार बन्न जरुरी छ । घाइतेको प्रभावकारी उपचार, आवास भत्किएकाहरुको पुनःस्थापना र पीडितहरुका लागि आवश्यक अन्य सहयोगका लागि जुटौं ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP