Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • नेपाल भारत सीमा स्तम्भको मर्मत कार्यको शुरु
नेपाल भारत सीमा स्तम्भको मर्मत कार्यको शुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १६, २०८०

काठमडौं - सशस्त्र प्रहरी बल नेपालले नेपाल भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन  कार्यको शुरुवात गरेको छ ।मर्मतको शुरुवात बिहिबार मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहको उपस्थितीमा धनुषास्थित नेपाल भारत दशगजामा रहेको सीमा स्तम्भबाट गरिएको हो ।

सीमा स्तम्भ मर्मतको शुरुवात गर्दै नायव महानिरीक्षक शाहले दुरुस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारी रुपमा सीमाको सुरक्षा गर्न सहज हुने र यसले सीमाको सुरक्षामात्र नभई सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देश बीचको सम्वन्ध थप मजवुद बनाउन योगदान पुर्या उने समेत बताए । उनले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भई सकेकाले आगामी दिनहरुमा निरन्तर रुपमा मर्मत कार्य सुचार रहने र मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिहरुको सहयोग अपरिहार्य रहेको समेत बताए । 

nepal-sima1698921612.jpg

Hardik health

उनले सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रका नागरिकको सहयोग बिना प्रभावकारी रुपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न असम्भव रहेको महशुस गरी सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम शुरु गरिसकेको र सोहि अन्तर्गत गत कार्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेश प्रदेशको भारतसँग जोडिएका १ सय ४३ वडाका अधिकांस वडा अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र उक्त अवसरमा प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने चरणमा रहेको समेत जानकारी गराउनु भएको थियो । 

नेपाल भारत Boundary Working Group (BWG) को पाचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भहरु भारतीय सशस्त्र सीमा बल (SSB) ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितीमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो ।नेपाल सरकार मन्त्री परिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरु सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम मर्मतको कार्य शुरु गरिएको हो ।

पहिलो चरणमा मधेश प्रदेशमा रहेका १ हजार भन्दा बढि सीमा स्तम्भहरुको मर्मत हुनेछन् । सो कार्यक्रममा धनुषास्थित नगराइन नगरपालिकाका प्रमुख विनय कुमार यादव, मुखियापट्टि  मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय सशस्त्र सीमा बलका डिपुटी कमाण्डेन्ट सन्तोष कुमार निमोरिया, नापी विभागका अधिकृत लगायत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा स्थानीय भद्रभाद्मीहरुको समेत उपस्थिती रहेको थियो । यसैगरी आजैबाट मधेश प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाहरुमा समेत सीमा स्तम्भहरुको मर्मत कार्य शुरु गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
मलेसियामा अपराध दरमा वृद्धि
मलेसियामा अपराध दरमा वृद्धि शुक्रबार, असोज ३१, २०८२
देशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
देशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ।।।
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ।।। मंगलबार, असोज २८, २०८२
फरार कैदीबन्दी आफैँ फर्किए भीमफेदी कारागार 
फरार कैदीबन्दी आफैँ फर्किए भीमफेदी कारागार  मंगलबार, असोज २८, २०८२
पाँच हजार ५४७ कैदीबन्दी अझै फरार
पाँच हजार ५४७ कैदीबन्दी अझै फरार सोमबार, असोज २७, २०८२
हराएको ३०३ राइफल दमकमा फेला
हराएको ३०३ राइफल दमकमा फेला आइतबार, असोज २६, २०८२
आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए
आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP