Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महासचिव गुटेर्रेसको भ्रमणको सन्देश
महासचिव गुटेर्रेसको भ्रमणको सन्देश
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १२, २०८०

सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेयता नेपालले राष्ट्रसंघको झण्डामुनि रहेर महŒवपूर्ण भूमिका खेल्दै आएको छ । नेपालको परराष्ट्र नीतिमा राष्ट्रंघको बडापत्रलाई अनुशरण गरिएको छ । विश्वमा शान्ति स्थापना गर्ने राष्ट्रसंघको हरेक अभियानमा नेपालले साथ दिँदै आएको छ । 

नेपालले सन् १९६९–७० र सन् १९८८–१९८९ मा दुईपटक राष्ट्रसंघको शक्तिशाली सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको इतिहास छ । सन् १९५८ मा लेवनानमा पाँच सैनिक पर्यवक्षकको तैनाथबाट सेनाको राष्ट्रसंघ शान्ति सहायता अभियानसँगको सहकार्य सुरु भएको हो ।

पहिलो नेपाली युनिट पुरानो गोरखगण सन् १९७४ मा इजिप्टमा तैनाथ भएको थियो । नेपाल तत्कालीन समयदेखि नै राष्ट्रसंघका अधिकांश शान्ति ‘मिसन’मा सक्रिय सहभागी हुँदै आएको छ । शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल दोस्रो ठूलो वरीयतामा भएको राष्ट्र हो । विश्वका १३ मिसनमा हाल नेपाली सेनाका पाँच हजार ८२६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल नेपालका १९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् ।

Hardik health

त्यसमध्ये ५८६ महिला शान्ति सैनिक रहेका छन् ।यता नेपालमा शान्ति स्थापनाका लागि पनि राष्ट्रसंघले भूमिका खेल्दै आएको छ । राष्ट्रसंघले नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्व समाधानका लागि नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) पठाएरसमेत सहयोग पु¥याएको थियो । सशस्त्र द्वन्द्व अन्त्य गरी शान्तिपूर्ण अवस्थामा ल्याउन राष्ट्रसंघले नेपालका दलहरुलाई निरन्तर दबाब दिँदै आएको छ । द्वन्द्वमार्फत शान्तिपूर्ण राजनीतिमा आएको तत्कालीन नेकपा माओवादी (हाल माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल हाल देशको प्रधानमन्त्री छन् ।

यद्यपि, शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने काम अझै अपूरै रहेको छ । दलहरुबीचको खिचातानीले उक्त कार्यमा विलम्ब भइरहेको छ । यही सन्दर्भमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस चार दिने नेपाल भ्रमणका लागि आइपुगेका छन् । शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउन निरन्तर दबाब दिँदै आएका उनी आफैं नेपाल भ्रमणमा आउनुलाई विशेष महŒवका साथ लिइएको छ । जुन स्वाभाविक पनि हो । यो भ्रमणले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि नेपाल सरकार र राजनीतिक दलका नेतृत्वहरुमा दबाब पुग्ने अपेक्षा गर्न सकिन्छ ।

यस हिसाबले गुटेर्रेसको नेपाल भ्रमणले एक सकारात्मक सन्देश जाने निश्चित छ । प्रधानमन्त्री दाहाल स्वयं यसका एक प्रमुख जिम्मेवार व्यक्ति भएको हुँदा उनलाई थप जिम्मेवार बनाउनसमेत गुटेर्रेसको भ्रमणले भूमिका खेल्न सकोस् । साथै, राष्ट्रसंघमा नेपालको भूमिका थप मजबुत बनाउन तथा नेपालका मुद्दाहरु सम्बोधन गराउनका लागि महासचिव गुटेर्रेसको नेपाल भ्रमण सार्थक बनोस् ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP