Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पूर्वराजासँग सशंकित
पूर्वराजासँग सशंकित
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, कात्तिक २, २०८०

- राजनीति नै गर्ने भए दल खोलेर चुनाव लड्न पूर्वराजालाई चुनौती
- धार्मिक आवरणमा राजनीतिक खेल खेलेको गणतन्त्रवादी नेताहरूको बुझाइ

काठमाडौं– साढे १५ वर्षअघि राजतन्त्रको अन्त्य भएपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह नागरिकको हैसियतमा रहे पनि उनीसँग गणतन्त्रका पूर्वराष्ट्र प्रमुखदेखि सरकार प्रमुखसम्म सशंकित देखिएका छन् ।उनीहरू देश र विदेश ९भारत०का मन्दिरहरूको दर्शन गर्न जाँदासमेत शाहविरुद्ध आक्रोशित हुन्छन् । यदि, राजनीति नै गर्ने भए दल खोलेर चुनाव लड्न चुनौती नै दिन्छन् ।

बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा शाहलाई यस्तै चुनौती दिए । ‘अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए । अरू ९पूर्वराजा०लाई पनि लाग्छ भने पार्टी बनाऊन्, आऊन्,’ उनले बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा भने, ‘चुनावमा सामेल होऊन् । असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ ।’

पूर्वराजा शाह १५ जेठ २०६५ मा देशमा गणतन्त्र स्थापनापछि राजादेखि नागरिकको हैसियतमा छन् । नारायणहिटी राजदरबारबाट नागार्जुन पुगेका छन् । तर, उनी राजतन्त्रको पुनःस्थापना गर्न अघोषित रूपमा बल गरिरहेका छन् । छिमेकी देश भारतमा कट्टर हिन्दूवादी दल भारतीय जनता पार्टी ९भाजपा० सत्तामा रहेकै बेला उनी देशलाई फेरि हिन्दूराष्ट्र कायम गराउँदै राजतन्त्र पुनःस्थापना गराउन जोड गरिरहेको विश्लेषण हुने गरेको छ ।

Hardik health

यहीबेला देशमा गणतन्त्र स्थापना गराउन जनआन्दोलनमा उत्रिएका एक जना नेता नेपालले शाहको गतिविधिप्रति असन्तुष्ट हुँदै चुनाव लड्न चुनौती दिएका हुन् ।उनले भक्तपुर र झापावासीले पूर्वराजा शाहको पक्षमा रहेको संकेत दिएको बताए । दुवै जिल्लामा घरिघरी राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा प्रदर्शन हुँदै आएको छ । यसलाई लक्षित गर्दै नेपालले पूर्वराजा शाहलाई चुनौती दिएका हुन् । 

बुधबार नै पूर्वराष्ट्रपति डा। रामवरण यादव पनि पूर्वराजाको पछिल्ला गतिविधिप्रति शंका व्यक्त गरेका छन् । उनले गणतन्त्रलगायतका वर्तमान राजनीतिक उपलब्धिहरूको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । यी राजनीतिक उपलब्धिहरूले नै देश जागृत भएको र ती उपलब्धिहरू जसरी पनि जोगाउनुपर्ने उनले बताए । 

‘संघीयता र गणतन्त्र हातबाट जान दिनु हुँदैन । गल्तीहरू सुधार गरी अझ मजबुत बनाउनुपर्छ,’ उनले राजा र राजतन्त्र ठीक थियो भन्नेहरूलाई लक्षित गर्दै भने, ‘धेरै सकारात्मक कार्यहरू भएका छन् । धेरै सकारात्मक कार्य गर्न बाँकी छन् ।’पूर्वराजा शाहले समर्थन गरेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० हो । उनले चुनावमा राप्रपालाई आर्थिक सहयोग गरेको राप्रपाकै एक जना पदाधिकारी बताउँछन् ।

उनका अनुसार शाहले २०७८ सालमा भएको पार्टीको महाधिवेशनमा पनि वर्तमान पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आर्थिकसँगै अन्य सहयोग गरेका थिए । पार्टीका पूर्वअध्यक्ष कमल थापाले त्यसलाई ‘पूर्वराजाको अनावश्यक हस्तक्षेप’ भनेका थिए । यसपछि राजालाई नबोक्ने भन्दै उनी राप्रपाबाट नै बाहिरिए । र, छुट्टै दल राप्रपा नेपाल खोले ।

उसो त गत वर्ष भएको आमनिर्वाचनबाट राजतन्त्र र हिन्दूराष्ट्र पक्षधर दल राप्रपा स्थानीय, प्रदेश र संघीय निर्वाचनमार्फत जनमतका आधारमा थप बलियो भएको छ । २०७४ पछि एक सिट रहेको प्रतिनिधिसभामा १४ सिटसहित पाँचौं स्थानमा छ । प्रदेशहरूमा कतै निर्णायक भूमिकामा राप्रपा छ । यसले गर्दा बेलाबेला राजतन्त्रको आवाज सडक हुँदै संसद्सम्मै गुञ्जिने अवस्था छँदा पूर्वराजा ज्ञानेन्द्र हौसिएको टिप्पणी हुने गरेको छ ।

तर, राजनीतिशास्त्री प्रा।डा। लोकराज बराल जनमत राजतन्त्र फर्किने गरिको नभएको बताउँछन् । उनका अनुसार लिङ्देन, दुर्गा प्रसाईंलगायतले राजा ल्याउनुपर्छ भन्दा राजा आउँदैन ।‘भक्तपुर र झापामा राजावादीहरूको प्रदर्शन देखियो । तर, केही होइन । गणतन्त्र खतरामा पनि छैन,’ बरालले प्रभावसँग भने, ‘यहाँ लिङ्देन र प्रसाईंहरूले गणतन्त्र हटाएर राजतन्त्र फर्काउन सक्दैन ।’

२४० वर्षसम्म नेपालमा राजतन्त्र टिक्यो । वंशीय प्रणालीअनुसार राष्ट्रप्रमुख हुने चलन राजतन्त्रमा थियो । हाल यो इतिहास भइसकेको छ । यति हुँदाहुँदै पनि पूर्वराजा ज्ञानेन्द्रप्रति गणतन्त्रका पूर्वराष्ट्रप्रमुखदेखि पूर्वसरकार प्रमुखहरू सशंकित छन् ।
दुई साताअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा शाहको आलोचना गरेका थिए । अन्य पूर्वप्रधानमन्त्रीहरू डा। बाबुराम भट्टराई र झलनाथ खनाल शाहको खरा आलोचक हुन् । धार्मिक आवरणमा राजनीतिक गतिविधि गरिरहेको र राजनीतिक परिवर्तनहरूलाई उल्ट्याउन खोजेको शाहलाई आक्षेप लगाउँछन् । 

पूर्वराजाले पनि गत वर्षको फागुन ७ मा प्रजातन्त्र दिवसको अवसर पारेर विज्ञप्ति जारी गर्दै गणतन्त्रको विकल्प खोज्नुपर्ने बेला आएको बताएका थिए । यसपछि गणतन्त्रवादी नेताहरू झस्किए । पछिल्ला दिनहरूमा अझ बढी शाहको सक्रियता बढ्दो छ । ठाउँठाउँमा अभिनन्दन गर्ने र राजतन्त्रको पक्षमा माहोल बनाउने प्रयास गरिरहेका छन् । उनको यस्तो गतिविधि गणतन्त्र पक्षधर दलका नेताहरू मन परेको छैन । जसले गर्दा उनीहरूले पूर्वराजा शाहको सक्रियतालाई लिएर विरोध जनाउँदै आएका छन् ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP