Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • गेटामा विश्वविद्यालय स्थापना हुनेमा स्थानीयवासी आशावादी
गेटामा विश्वविद्यालय स्थापना हुनेमा स्थानीयवासी आशावादी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १, २०८०

सुदूरपश्चिम- कैलालीको गोदावरी नगरपालिका–५ गेटा गाउँमा निर्माण पूरा भएका मेडिकल कलेजका भवन संरचनमा ‘सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना’ हुनेमा स्थानीयवासीमा आशा जागेको छ । यससम्बन्धी विधेयक राष्ट्रियसभामा टेबुल भइ छलफलका क्रममा रहेकाले गेटामा विश्वविद्यालय सञ्चालनमा आउने आशा जागेको स्थानीयवासी लोकराज पाण्डेयले बताए  । 

उक्त मेडिकल कलेजका नवनिर्मित भवनमा आजबाट न्यूनतम उपचार सेवा सहितको अस्पताल सञ्चालनमा आउन लागेकोले पनि आगामी दिनमा विश्वविद्यालय सञ्चालनमा आउने आशा स्थानीयवासीमा जागेको हो । गेटामा सरकारको लगानीमा भवन संरचनाको निर्माण पूरा हुँदा पनि स्वास्थ्य विज्ञानप्रतिष्ठान वा विश्वविद्यालय स्थापना गर्ने भन्ने बारेमा लामो समयदेखि टुङ्गो नलाग्दा अन्योल देखिएको थियो ।

अन्योलकाबीच स्थानीयवासीले गेटामा विश्वविद्यालय स्थापनाको मागसहित दबाबमूलक कार्यक्रमसमेत गर्दै आएका थिए । यो कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको थियो । तर आर्थिक वर्ष२०८०/८१को सरकारको बजेट कार्यक्रममा एकसय शय्यासहित सहिद दशरथ चन्दस्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषय समेटिएपछि स्थानीयवासीले विरोध गर्दै दबाबमूलक कार्यक्रम गरेका थिए ।  

Hardik health

अत्याधुनिक भवन लगायतका संरचना निर्माण पूरा भइसकेको सरकारको प्राथमिकता प्राप्त यो कलेजका भवनसंरचना निर्माणमा हालसम्मको रु पाँच अर्ब ९९ करोड भन्दा बढी खर्च भइसकेको जनाइएको छ । “विश्वविद्यालय स्थापनाको प्रक्रियाकै रुपमा अस्पताल सञ्चालनमा आउँन लागेको सुन्दा आंशिक उपलब्धि मान्नुपर्छ” विश्वविद्यालय स्थापनाका लागि दबाब सिर्जना गर्न गठित सङ्घर्ष समितिका संयोजकसमेत रहेका पाण्डेयले भने,“मेडिकल कलेजका केही व्यक्तिले यसलाई विश्वविद्यालय हुन नदिन षड्यन्त्र गर्नसक्ने भएकाले निरन्तरको निगरानी भने आवश्यक छ ।” 
  
स्थानीयवासी तीर्थराज ओझाले विश्व विद्यालय स्थापनाको पहलस्वरुप अस्पताल सञ्चालन आएको भन्ने सुन्दा खुसी लागेको बताए । उनले भने “विश्वविद्यालय सञ्चालनमा आएमा यसले मेडिकल शिक्षामार्फत् सुदूरपश्चिममा समृद्धि ल्याउनका लागि कोसेढुङ्गा सावित हुनेछ ।”

आजबाट सञ्चालनमा आउन लागेको अस्पतालमा जनरल ओपिडी, हाड जोर्नी, जनरल सर्जरी ओपिडि, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, स्त्रीरोग, अल्ट्रासाउण्ड, एक्स रे, प्रयोगशाला, र फार्मेसी लगायतका सेवा उपलब्ध गराउन लागिएको अस्पतालका निर्देशक डा प्रमोद जोशीले जानकारी दिए । यसै महिनाभित्र एमसिएच क्लिनिक, मङ्रिभित्र खोप सेवा विस्तार, पुसभित्र आकस्मिक सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र सघन उपचार कक्ष र एनआइसियु सेवा विस्तार गर्न लागिएको छ ।

स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ का लागि सहायकस्तर, श्रेणीविहीन कर्मचारी एक सय १०, राजपत्राङ्कितस्तरका ३१ अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गरिसकेको छ । २६ कर्मचारी अस्पतालमा हाजिर भइसकेका छन् । चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको व्यवस्थापनको काम भइरहेको निर्देशक जोशीले बताए ।
 
निर्माणको गुरुयोजना बमोजिम कलेजका ठूला साना गरी ४२ भन्दा बढी भवन संरचना निर्माण पूरा भइसकेका छन् । कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलब ८ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले सुरुका वर्षमा कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो ।

सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ ।  उनीहरुलाई समयमै अन्यत्र पुनःस्थापना गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त ठाउँमा निर्माण गर्नुपर्ने संरचनाको निर्माणकार्य भने अन्योलमा छ ।

मुक्त कमैया बसेको उक्त जग्गामा मेडिकल कलेज अन्तरगतको ट्रमा सेन्टर लगायतका संरचना निर्माण गर्ने योजना रहेको बताइएको छ । विश्व विद्यालय सञ्चालनमा आएसँगै स्वास्थ्य क्षेत्रमा उच्चस्तरको जनशक्ति उत्पादनका साथै गुणस्तरीय स्वास्थ्योपचार सेवा प्राप्त हुने भई सुदूरपश्चिमको समग्र क्षेत्रमा सकारात्मक प्रभावपर्ने विश्वास गरिएको छ । 
 


प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP