Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • कञ्चनपुरका ७० किसान बने जमिनको मालिक
कञ्चनपुरका ७० किसान बने जमिनको मालिक
राजेन्द्रप्रसाद अवस्थी
राजेन्द्रप्रसाद अवस्थी बुधबार, कात्तिक १, २०८०

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकाका ७० जना किसानले जग्गाधनी प्रमाणपत्र पाएका छन् । बेदकोट नगरपालिका ०८ का किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच राष्ट्रिय भूमि आयोग कञ्चनपुर र बेदकोट नगरपालिकाले उनीहरुलाई लालपुर्जा वितरण गरेको छ । 

जमिन उपभोग गरेको बषौँपछि बेदकोट नगरपालिका ८ का स्थानीय ७० जना किसानले जमिनको स्वामित्व पाएका छन् । झण्डै ६ दशक अर्थात ५८ बर्षपछि उनीहरुले जमिनको लालपुर्जा पाएका हुन् ।  स्व. महेन्द्र राजाले ऐलानी खोलेका बेला २०२२ सालदेखि सुदूरपहाड सहित अन्यन्त्र जिल्लाबाट साविक सुडा पञ्चायत, गाविस हुँदै हाल बेदकोट नगरपालिका ८ मा बसाइँसरी आएका थिए ।

यस बिचमा लालपुर्जा पाउनबाट बञ्चित एवं छुट भएका स्थानीय किसानले अहिले आएर लालपुर्जा पाएका छन् ।बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले लामो समयको प्रतिक्षा पछि किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए । वडाध्यक्ष जोशीले वडाबाट २ सय १३ किसानलाई लालपुर्जा वितरणका लागि सिफारिस गरेपनि जिल्ला भूमि आयोगले ७० जना किसानलाई मात्रै लालपुर्जा वितरण गरेको बताए ।

‘वडाध्यक्ष जोशीले वडाबाट सिफारिस भएका केही छुटेका छन्’ उनले भने, ‘उनीहरुको विषयमा समेत आयोगले शिघ्र निर्णय लिएर अघि बढ्नुपर्छ ।’ वडाध्यक्ष जोशीले वषौँदेखि जमिन उपभोगदेखि संरक्षण गर्दै आएका किसानले ढिलोगरी लालपुर्जा पाएको बताए । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले वडा नम्बर ८ जस्तै अन्य वडाहरुमा समेत लालपुर्जा वितरण गरिने बताए ।

प्रमुख बोहराले वडा नम्बर ८, नगरपालिका र भुमि आयोग सहितको संयुक्त प्रयासले केही किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए । प्रमुख बोहराले अन्य वडाध्यक्षहरुलाई समेत आयोगको कामकाज अघि बढाउन आव्हान गरेका छन् । प्रमुख बोहराले आयोगले बेदकोट नगरका १० वटै वडामा बाँकी रहेको काम शिघ्र गर्नुपर्ने अनुरोध गर्दै आवश्यक स्रोत साधन नगरपालिकाबाट दिईने बताए ।

‘हामी अन्य वडामा समेत शिघ्र लालपुर्जा वितरण गछौँ’ प्रमुख बोहराले भने, ‘यस अघि जमिन नापजाँच भएको छ ।’ भूमि आयोग कञ्चनपुरका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत पुष्कर पालले बेदकोट नगरपालिका ८ बाट सिफारिस भएका मध्ये बाँकीको कानुनी रुपमा प्रमाण अपुग भएकाले पहिलो चरणमा ७० जनालाई लालपुर्जा वितरण गरिएको बताए ।

राष्ट्रिय भूमि आयोग कञ्चनपु्रका अध्यक्ष देवेन्द्र ढुंगानाले यस अघि कृष्णपुर र अहिले बेदकोट नगरमा लालपुर्जा वितरण शु्रु गरिएको बताए । ‘यो भूमि आयोगको काममा जुन वडा पालिकाले जति सक्यो, छिटो काम अघि बढाउँछन्, उनीहरुलाई आयोगले लालपुर्जा वितरण गर्न सहज हुन्छ’ अध्यक्ष ढुंगानाले भने, ‘अन्य पालिकाले समेत आयोगको कामकाजमा थप सहजिकरण गर्नुपर्छ ।’ अध्यक्ष ढुंगानाले बेदकोट लगत्तै अन्य पालिकाहरुमा समेत लालपुर्जा वितरण गरिने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री प्रकास रावलले वषौँदेखि जमिन उपभोग गर्दै आएका किसानलाई जमिनको स्वामित्व हस्तान्तरण गर्ने कार्यले जनता र राज्य दुवै लाभान्वित हुने बताए । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य समेत रहेका सुप प्रदेश सभा सदस्य बहादुर सिह थापाले समेत यसरी नै बाँकी सबै किसानलाई जमिनको स्वामित्व हस्तान्तरण गर्दै जानुपर्ने बताए ।

थापाले आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताउदै त्यसका लागि प्रदेश सभाका तर्फबाट आवश्यक सहयोग समन्वय गर्ने बताए । लालपुर्जा पाएकी स्थानिय कुमा शाहीले ससुराका पालामा २०२२ सालतिर बसेको र अहिले २०८० सालमा आएर मात्रै लालपुर्जा पाएको बताइन् । उनले भनिन्, ‘यो ५८ वर्षसम्म जमिन जोते खाए तर कानुनी रुपमा हामीसँग जमिनको केही प्रमाण थिएन, आज लालपुर्जा पाएर हामी खुसी भएका छौँ ।’ 
 


प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP