Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ताजा जनादेशमा जाऊ
ताजा जनादेशमा जाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २१, २०८०

चुनावका बेला दलहरूले नारा दिएका थिए– स्थायी सरकारको । कोशी प्रदेशमा भइरहेको राजनीतिक खिचातानीले भने त्यसलाई खारेज गरिदिएको छ । किनभने त्यहाँ १० महिना पुगनपुग हुँदै पाँचौंपटक सरकार गठनको प्रक्रिया अघि बढेको छ । 

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि यही २६ असोजको बेलुकी ५ बजेसम्मको समय दिएका छन् । यसपछि गठबन्धन दलहरू सरकार गठन गर्ने सूरमा छन् । मुख्यमन्त्रीका लागि गठबन्धन दलहरूमा तँछाडमछाडको स्थिति निम्तिएको छ । 

मुख्यमन्त्रीका दाबेदारहरू काठमाडौं आउँदै छन् । शीर्ष नेताहरूसँग ‘लबिइङ’ गर्ने उनीहरूको चाहना छ । तर, गठबन्धन दलहरूलाई पनि सरकार गठनमा सहजता हुने छैन । यदि, सरकार गठन उपधारा (५) अनुसार नभए प्रदेश मध्यावधि निर्वाचनमा होमिनेछ । तर, संविधानको यस प्रावधानलाई सहमतीय सरकार गठनको आधार ठान्ने गरिन्छ । यसले गर्दा कोशीका दलहरू के सहमतीय सरकारका लागि तयार छन् ? यदि, संघमा जे भए पनि प्रदेशमा समझदारी कायम गरेर सहमतीय सरकार गठन गरेको खण्डमा तत्कालका लागि प्रदेश मध्यावधि निर्वाचनमा जाने छैन ।

Hardik health

यद्यपि, विकसित राजनीतिक घटनाक्रमलाई आधार मान्दा पनि त्यो सम्भावना न्यूून छ । यसको मतलब प्रदेश मध्यावधि निर्वाचनमा जाने सम्भावना अधिक छ । जबकि, कोशीका दलहरूलाई चिन्ता भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को छ । नयाँ दल रास्वपाले गत वर्षको ४ मंसिरमा भएको निर्वाचनमा अनपेक्षित मत प्राप्त गरेर संघीय संसद्को चौथो दल भएको पृष्ठभूमिमा पुराना दलहरू त्रासमा छन् । तर, यसरी राजनीतिक खिचातानीमा अल्झिरहनुभन्दा त ताजा जनादेशका लागि मध्यावधि निर्वाचन उत्तम विकल्प हो । 

किनभने प्रदेश संसद्मा देखिने नाटक मञ्चनले प्रदेशवासी वाक्कदिक्क भइसके । सरकारप्रति नै जनताको वितृष्णा जागिसक्यो । यसले गर्दा ताजा जनादेशमा दलहरू जान तयार हुनुपर्छ । होइन भने सहमतीय सरकार गठनका लागि अग्रसर हुुनुपर्छ । यही तालमा त न प्रदेशको समृद्धि हुन्छ, न विकास नै । यसप्रति दलहरू गम्भीर हुनैपर्छ । जनताले सरकार बनाउन र ढाल्न मात्रै चुनेर संसद् पठाएको होइन भन्ने पनि बोध गर्नुपर्छ । तर, कोशी प्रदेश संसद्मा यस्तै भइरहेको छ । जन जनचाहना होइन ।

त्यसै पनि मुलुकमा संघीयता आवश्यक नभएको भन्दै प्रदेश खारेजीको माग चर्किन थालेको छ । यसको मुख्य दोषी दलहरु नै हुन् । किनभने प्रदेशलाई संविधानबमोजिमको अधिकार नदिई निकम्मा बनाउने काम यी नै दलहरु र तिनका वर्तमान नेतृत्वले गरेका हुन् । त्यसैले अब संघीयतालाई स्थायित्व दिन दलहरु सच्चिनुको विकल्प छैन ।
 


प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP