Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मध्यावधि नजिक कोशी
मध्यावधि नजिक कोशी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असोज २१, २०८०

 

  •  १० महिनामै पाँचौंपटक सरकार गठन हुँदै
  •  विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्रीबाट हिक्मत कार्कीको राजीनामा
  •  गठबन्धन दलहरूबीच मुख्यमन्त्रीका लागि हानाथाप
  •  प्रदेश प्रमुखद्वारा यही २६ असोजको ५ बजेसम्ममा सरकार गठनको आह्वान
  •  गठबन्धनबाट मुख्यमन्त्रीमा माओवादी नेता इन्द्र आङ्बो, पूर्वमुख्यमन्त्री उद्धव थापा, केदार कार्की र राजेन्द्र राईको दाबी
  •  राप्रपाको समर्थन पाइने गठबन्धनको आशा

काठमाडौं– निर्वाचनबाट प्राप्त जनमत र दलहरूको अकर्मण्यताले कोशी प्रदेश मध्यावधि निर्वाचनउन्मुख भएको छ । संविधानअनुसार अब सरकार गठनको अन्तिम विकल्पमात्रै कोशी संसद्सँग छ । त्यो हो, संविधानको धारा १६८ को उपधारा–५ । यही संवैधानिक आधारमा टेकेर सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई आह्वान गरेका छन् । उनले सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय छ दिन (२६ असोजको ५ बजे) सम्म दिएका छन् । यस अवधिमा सरकार गठन हुने नसके आमनिर्वाचन भएको एक वर्ष नहुँदै कोशी मध्यावधि निर्वाचनमा जानेछ । विश्वासको मत पाउने सम्भावना शून्य भएपछि त्यहाँका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार नै प्रदेश प्रमुख खापुङसमक्ष राजीनामा दिए ।

राजीनामा दिनेक्रममा उनले भने, ‘हामीले अंकगणितलाई ख्याल गरेनौं भने मध्यावधि अवश्यम्भावी छ । तर, निर्वाचनको माग जनताले गरिरहेका छैनन् । कार्कीको राजीनामापछि उपधारा ५ अनुसार सरकार गठन गर्न गठबन्धन दलहरू अघि बढेका छन् । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गरी चार दल छन् । यी दलहरूका सांसद ४७ जना छन् । सरकार गठनका लागि आवश्यक सामान्य बहुमत यति नै हो । सरकार गठन भने चुनौतीपूर्ण छ ।

तर, गठबन्धनभित्रबाट मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आकांक्षा गरिरहेका छन् । उनले प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्रीको उम्मेदवार बन्ने बताए ।
‘गठबन्धन दलहरूबाट कांग्रेस संसदीय दलका नेता माननीय उद्धव थापा दुुईपटक मुख्यमन्त्री हुनुभयो तर उहाँले विश्वासको मत प्राप्त गर्न सक्नुभएन । उहाँ नेतृत्वको सरकार टिकेन,’ उनले प्रभावसँग भने, ‘म मुख्यमन्त्रीको उम्मेदवार हुँदा अरु गठबन्धन बाहिरका दलहरूको पनि समर्थन पाउँछु । त्यसो हुँदा प्रदेश मध्यावधि निर्वाचनमा जाँदैन ।’

Hardik health

मौसमसँगै प्रदेशको मुख्यमन्त्रीको आकांक्षी पूर्वमुख्यमन्त्री उद्धव थापा पनि छन् । संसद्को यही कार्यकालमा तेस्रोपटक मुख्यमन्त्री हुन उनले चाहेका छन् । उनले भनिसकेका छन्, ‘गठबन्धनको नेतृत्वदायी दलको हिसाबमा मै मुख्यमन्त्री हुन्छुु । मेरो दाबी मुख्यमन्त्रीमा रहन्छ ।’पटक–पटक विश्वासको मत परीक्षणमा असफल थापाको विकल्पमा यसपटक कांग्रेसबाटै सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने चर्चा पनि चलिरहेको छ । कार्कीले पनि मुख्यमन्त्रीका लागि गठबन्धन दलका नेताहरूसँग आन्तरिक रूपमा संवाद थालेका छन् । 

उसो त सहमतीय सरकार गठन भए पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईको पनि मुख्यमन्त्रीमा दाबी छ । सहमतीय सरकार गठन नहुने स्थिति भए मुख्यमन्त्रीको दाबीबाट अलग हुने उनको भनाइ छ ।‘यसपटक म मुख्यमन्त्रीको दाबेदार हुँदिनँ । यदि, सहमतीय सरकार गठन हुने भए हुन्छु,’ उनले भने ।संघीयता विरोधी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारको नेतृत्व गर्न चाहेको छ । उक्त पार्टीको संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धनलाई समर्थन गर्ने–नगर्ने ? कि आफ्नै नेतृत्वमा सरकार गठन गर्नेबारे निर्णय लिने बताए । तर, उनले सहमतीय सरकार गठन हुने भयो भने मुख्यमन्त्रीमा आफ्नो पनि दाबी हुने बताएका छन् । 

‘प्रदेश संसद्मा हामी निर्णायक शक्ति छौं । हामीले गठबन्धनलाई सहयोग गर्ने बित्तिकै सरकारले विश्वासको मत पाउँछ । सरकार टिक्छ । त्यही भएर सहमतीय सरकार गठन भए मुख्यमन्त्रीमा दाबी रहन्छ,’ उनले भने ।
तर, राप्रपाले गठबन्धनलाई यसपटक समर्थन गर्न गाइँगुुइँ चर्चा प्रदेशमा छ । हुन पनि गठबन्धन दलहरूले यसअघि राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिएका थिए । त्यसबेला कोशीमा गठबन्धन दलहरूलाई राप्रपाले समर्थन गर्ने सर्तपछि सभापति दिइएको थियो । उक्त समितिको सभापति बाँडफाँटको क्रममा माओवादीलाई परेको थियो । 

फेरि, यसअघि पटक–पटक एमालेलाई समर्थन गरेको राप्रपाले यसपटक समर्थन गरेन । अध्यक्ष लिंदेनले पनि हालै फेसबुकमार्फत् कोशी सरकारबारे राय मागेका छन् । अब, उनले के निर्णय लिन्छन् ? गठबन्धन दलहरू पर्खाइमा छ ।कांग्रेस सचेतक भूपेन्द्र राईले भने राप्रपाको समर्थन लिएर गठबन्धनले सरकार बनाउने बताएका छन् । तर, गठबन्धनका कुन दलले सरकारको नेतृत्व लिन्छ भन्ने बेटुुंगो रहेको बताए । उनका अनुसार गठबन्धनका शीर्ष नेताहरूले कोशी सरकारको नेतृत्वबारे निर्णय लिने छन् । त्यसपछि कोशीमा उपधारा ५ अनुसार सरकार गठन हुने छ । सचेतक राईले भनेका उपधारा अनुसार पनि सरकार गठन हुन नसके उपधारा (७) अनुसार प्रदेश मध्यावधि निर्वाचनमा जाने छ । ९३ सदस्यीय प्रदेश संसद्मा गठबन्धन दलहरूका सांसद ४७ जना, कांग्रेसका ४० जना र राप्रपाका छ जना सांसद छन् ।

 

 विकसित घटनाक्रमको शृंखला
गत असार १५ मा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसद्मा विश्वासको मत गुमाए । ठीक एक साता (२२ असार)मा तत्कालीन सभामुख बाबुराम गौतमसमेतको समर्थनमा गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । तर, सोही दिन पूर्वमुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा सभामुखसमेतको समर्थन असंवैधानिक भन्दै रिट दायर गरे । 

रिटको प्रारम्भिक सुनुवाइ गर्दै २७ असारमा सर्वोच्चले कोशी सरकालाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न आदेश दियो । ८ साउनमा भने कोशीको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश भयो । तीन दिनपछि ११ साउनमा सर्वोच्चले उद्धव थापाको मुख्यमन्त्री नियुक्ति ‘नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको’ ठहर ग¥यो । सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न पनि प्रदेश प्रमुखलाई आदेश दियो ।

१२ साउनमा भने प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीका लागि १६ साउनको ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरे । १६ साउनमा त सभामुख बाबुराम भण्डारीले राजीनामा नै दिए । त्यसपछि भण्डारी सांसदको हैसियतमा आएर समर्थन गरेको भन्दै थापालाई दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त गरियो । 

४ भदौमा थापालाई प्रदेशसभामा विश्वासको मत (४७) प्राप्त भयो । उनको विपक्षमा ३० मत परेको थियो । तर, ७ भदौमा मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधान प्रतिकूल रहेको सर्वोच्चले ठहर ग¥यो । २१ भदौमा भने मुख्यमन्त्री थापाले लिएको विश्वासको मत बदर भएको थियो । एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई सर्वोच्चले परमादेश दियो । 

२२ भदौमा कार्की फेरि मुख्यमन्त्री नियुक्त भए । शनिबार विश्वासको मत पाउने वातावरण नबनेपछि उनले पदबाट राजीनामा दिएका हुन् । अब पाँचौंपटक सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । जबकि, आमनिर्वाचन भएर प्रदेश संसद् गठन भएको भने १० महिनामात्रै हुँदै छ ।
 


प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP