Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • ‘नेक इन्जेनियम २०२३’ सम्पन्‍न
‘नेक इन्जेनियम २०२३’ सम्पन्‍न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १९, २०८०

काठमाडौं - चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले  ‘नेक इन्जेनियम २०२३’ सम्पन्‍न गरेका छन् ।

कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले हासिल गरेको ज्ञान र सीपलाई उजागर गर्ने उद्देश्यले  हासिल गरेको ज्ञान, सीप र कला प्रस्तुत गर्दै आयोजित  ‘नेक इन्जेनियम २०२३’ सम्पन्‍न गरेका हुन् ।

नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षा हासिल गर्न सकिन्छ भन्ने यस प्रदर्शनीले देखाएकाे छ । नेपालमै गुणस्तरीय इन्जिनियरिङ शिक्षा हासिल गर्न सकिन्छ भन्ने कुरालाई चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले प्रमाणित गरेका छन् । 

‘नेक इन्जेनियम २०२३’ प्रदर्शनी तथा प्रतिष्पर्धामा विद्यार्थीहरुले प्रस्तुत गरेका इन्जिनियरिङ सामग्रीहरु कुनैपनि अन्तराष्ट्रिय प्रदर्शनी र प्रतिष्पर्धामा पुग्न सक्ने थिए । प्रदर्शनीमा सिभिल इन्जिनियरिङ, आर्किटेक्ट, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स, इलेक्ट्रिकल, सिभिल एण्ड रुरल तथा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरुले विषयगत सामग्रीहरु निर्माण गरेका थिए ।

प्रदर्शनीमा राखिएका स्टोरेज हाइड्रोपावर मोडल, एडभान्स भिलेज, स्पेस ट्रस, रोवोटिक्स, आर्ट म्युजिएम पोखरा, स्मार्ट सिटी, आर्क ब्रिज, सस्पेन्सन्स ब्रिज, बिम ब्रिजहरु प्रदर्शनीका आकर्षक थिए । ‘नेपाली विद्यार्थीहरुले यहिँ पढेर यत्तिको सीप र ज्ञान हासिल गर्न सक्दा रहेछन् । इन्जिनियरिङ पढ्न विदेश नै जानुपर्छ भन्ने रहेनछ ।’ प्रदर्शनी अवलोकन गर्न आएका कागेश्वरी मनहरा नगरपालिका–७ का नरेश भट्टले भने ।  

बिहीबार कलेजमा आयोजित कार्यक्रममा कलेजका विद्यार्थीसँगै बाह्य इन्जिनियरिङ कलेज र कक्षा १२ पास गरेका साइन्स विद्यार्थीहरुले समेत आफुले बनाएका सामग्रीहरु प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीमा आन्तरिक तथा वाह्य गरी एकसय स्टलमा विद्यार्थीहरुले बनाएका सामग्रीहरु प्रदर्शन गरिएको थियो । नेक इन्जेनियम कार्यक्रम संयोजक विजय श्रेष्ठका अनुसार प्रदर्शनीमा ब्याच वाइज प्रोजेक्ट, ओपन प्रोजेक्ट, पोस्टर डिस्प्ले, रोबोटिक्स, पेपर ब्रिज डिजाइन, फास्टेस्ट कोडिङ प्रतियोगिता र ओपन साइन्स लगायतमा प्रतिष्पर्धा गराइएको थियो ।

त्यस्तै, कक्षा १२ का विद्यार्थीहरूको लागि ओपन साइन्स परियोजना प्रतियोगितासमेत राखिएको थियो । सहभागी प्रतियोगीहरुमध्ये सर्वाेत्कृष्टलाई ३० हजारसम्मको पुरस्कार दिइएको छ । प्रदर्शनीमा विद्यार्थी, शिक्षक र अभिभावक गरी करिब ५ हजारले अवलोकन गरेका थिए ।

Hardik health

‘नेक इन्जिेनियम’ को अवलोकन गर्न राजधानीका केही कलेज, विद्यालयका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको भन्दै संयोजक श्रेष्ठले भने,‘हामीले छोटो समयमा तयारी गरेका भएपनि सहभागीहरुको उल्लेख्य उपस्थिति रह्यो । हाम्रा विद्यार्थीहरुले हासिल गरेको ज्ञान र सीपलाई उजागर गर्नका लागि कार्यक्रमले ठूलै सहयोग गरेको छ ।’

प्रदर्शनीको चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले उद्घाटन गर्दै नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ अध्ययन गर्ने राम्रो वातावरण भएको बताए । कलेजलाई देशकै उत्कृष्ट प्राविधिक कलेजको रुपमा विकास गर्ने योजना रहेको बताउँदै अध्यक्ष खत्रीले नेक इन्जेनियमले विद्यार्थीहरुले हासिल गरेको ज्ञान र सीपलाई उजागर गरेको बताए ।

यस्तै, कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई व्यवहारिक रुपमा बुझ्ने बनाउन प्रदर्शनीको आयोजना गरिएको बताउँदै यस्ता प्रतियोगिताहरुबाट विद्यार्थीको आत्मविस्वास पनि बढ्ने बताए । इन्जिनियरिङ अध्ययनका लागि नेकमा उत्कृष्ट वातावरण रहेको जनाउँदै कक्षा १२ पास गर्ने वित्तिकै विदेश नै गएर पढ्छु भन्नु उचित नहुने जिकीर गरे ।


प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP