Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कानुनको धज्जी उडाउने कांग्रेस
कानुनको धज्जी उडाउने कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १९, २०८०

कानुनीराजको पाठ सिकाउन सिपालु दल हो नेपालीकांग्रेस । अहिले यही दलबाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति छन् । पौडेल पनि संविधान रक्षा र कानुनी पाठगर्न माहिर नेता हुन् । सादगी नेताको छवि निर्माणका लागि पौडेल कहिले पैदलै वसन्तपुर पुग्छन् त कहिले ‘कारगेट’ बिनै संसद भवन पुग्छन् ।

तर उनै राष्ट्रपति पौडेलको बाहुलीबाट जघन्य अपराधमा जन्मकैद सजाय पाएका अपराधीले कैद माफी पाए संविधान दिवसका दिन । संविधान दिवसमा सरकारले ६७० जनालाई कैद सजाय मिनाहा गरिदिएको थियो । तर तीमध्ये एक रिगल भनिने योगराज ढकाल एकाएक चर्चामा छाए । किनकि उनी दाङको जिल्ला करागारबाट बाहिर निस्कँदा उनलाई तरुण दलको झन्डा ओढाइयो । ‘साउथ इन्डियन फिल्मी’ शैलीमा गाडीको लावलश्कर लगाएर उनको सवारी भयो ।

रिगल – कुख्यात गुण्डा भए पनि ८ वर्ष जेल बस्दा धेरैले उनलाई भुलेका थिए सायद । तर उनको रिहाइ यस्तो भव्य भयो कि जो सुकैले उनी को हुन् भनेर खोज्न थाले । त्यतिमात्र हैन सामाजिक सञ्जालमा छाए उनी । कुनै बेला गुण्डा नाइके कुमार घैंटेसँग सम्बन्ध गाँसेका रिगलको कैद मिनाहा साइनो भने कांग्रेससँग जोडिएको छ । तरुण दल नेपाली कांग्रेसको युवा संगठन हो । नेपाली कांग्रेसका नेता बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पर्दा तरुण दलले प्रदर्शन गरेको थियो । रिगलसँग कुमकुम जोडेको कांग्रेसको अहिले चर्को आलोचना भइरहेको छ ।

Hardik health

कांग्रेस सभापति शेरबहादुर देउवासम्मै ‘कनेक्सन’ देखिन्छ रिगलको । कांग्रेसकै दबावमा रिगल छुटेको  कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको मौनताबाट प्रष्टिन्छ ।केही कांग्रेस नेताहरू अझै रिगल निर्दोष रहेको बताउन भ्याइरहेका छन् । खाण जोगाउन मरिमेटेर लागेको कांग्रेसले हत्याजस्तो जघन्य अपराधमा लागेका रिगल जोगाउनु ठुलो कुरा भएन । तर प्रमुख प्रतिपक्षी दलहरू पनि यो विषयमा मौन बसे । नयाँ भनिएका दलहरूले अत्तोपत्तो पाएनन् ।

जब चेतन मानन्धर, जसलाई रिगलले खुँडा हानेका थिए, उनकी श्रीमतीले आन्दोलन थालिन् तबमात्र मिडिया पनि तात्यो । न्याय हराएको देशमा सर्वोच्च अदालतले बल्ल आँखा खोल्यो र सरकारसँग फाइल माग्यो । सर्वोच्चले फाइल मागेसँगै न्यायको घाम उदाउने आश नागरिकले गरेका छन् । तर कांग्रेस जो लोकतन्त्र र कानुनीराजको पाठ सिकाउँछ, उसले भने आफूलाई फेरि आफैले नङ्ग्याएको छ । प्रजातन्त्रमा योगदान दिएको भन्दै पटकपटक नाँगिएको कांग्रेसलाई अब जनताले कहिलेसम्म पहिलो दल मानिरहने ?


प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP