Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपलब्धिको कसीमा प्रधानमन्त्रीको भ्रमण
उपलब्धिको कसीमा प्रधानमन्त्रीको भ्रमण
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असोज १४, २०८०
  •  
  • आर्थिक र कूटनीतिक दृष्टिले भ्रमण सफल भएको प्रधानमन्त्रीको दाबी
  • भ्रमणका क्रममा १२ वटा सम्झौता र एक समझदारी
  • चुच्चे नक्सा, बिआरआई र जिडिआईबारे उठाइएन कुरा

मेरो चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु । यस मानेमा भ्रमण सफल रह्यो ।’ 
पुष्पकमल दाहाल
प्रधानमन्त्री

प्रधानमन्त्रीज्यूको भ्रमणमा धेरै उपलब्धि भएन । जनताको चाहना चुच्चे नक्सा चीनको नक्सामा समावेश गराउन संवाद गरुन् र नेपालमा चिनियाँ सहयोग बढोत्तरी गराउन् भन्ने थियो । त्यस्तो भएन ।
डा. टंक कार्की
चीनका लागि पूर्वनेपाली राजदूत


काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभालाई अमेरिकाको न्युयोर्कमा सम्बोधनपछि चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किए । उनको आगमनसँगै भ्रमणको उपलब्धिबारे विभिन्न टीकाटिप्पणी भइरहेको छ ।

भ्रमणको क्रममा नेपाल–चीनबीच १२ बुँदे सम्झौता र एक समझदारी भएको थियो । कृषि, सञ्चार, विज्ञान तथा प्रविधिसँगै व्यापारसँग सम्बन्धित सम्झौता र समझदारी भएको अवस्थाबीच एकथरीले भने प्रधानमन्त्री दाहालको भ्रमण उपलब्धिविहीन भएको दाबी गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चीन सरकारको दुईवटा रणनीतिक परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जिडिआई)लाई देशको दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा केन्द्रित नभएकाले प्रधानमन्त्री दाहालको भ्रमणलाई असफल भएको ठान्छन् । उनले भ्रमणप्रति असन्तुष्ट हुँदै थप भनेका छन्, ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात, पारवाहन पूर्वाधार निर्माण छिटो गर्न प्राथमिकता दिनुपथ्र्यो ।’

Hardik health

भ्रमणअघि सांसदहरूले नेपालको चुच्चे नक्सा चीनको नक्सामा समावेश गराउन चिनियाँ राष्ट्रपतिसँग संवादका लागि प्रधानमन्त्री दाहाललाई सुझाएका थिए । तर, यसबारे भ्रमणको क्रममा कुनै समझदारी भएन । बरु, नेपालमा डिजिटल अर्थतन्त्रमा सहयोग अभिवृद्धि गर्ने, हरित र न्यून कार्बन विकासमा सहकार्य गर्ने, नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौताको पुनरवलोकन र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्नेजस्ता सम्झौता भए । तर, बहुचर्चित बिआरआई परियोजना अघि बढाउने र नेपालको चुच्चे नक्सा चीनको नक्सामा समावेश गराउने विषयमा कुनै सम्झौता भएन । 

चीनका लागि पूर्वनेपाली राजदूत डा. टंक कार्की पनि प्रधानमन्त्री दाहालको भ्रमण उपलब्धिमूलक भएको ठान्दैनन् । दुई छिमेकीबीचको सम्बन्धलाई जीवन्तता दिने काममात्रै भएको उनको भनाइ छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमणमा धेरै उपलब्धि भएन । जनताको चाहना चुच्चे नक्सा चीनको नक्सामा समावेश गराउन संवाद गरुन् र नेपालमा चिनियाँ सहयोग बढोत्तरी गराउन् भन्ने थियो । त्यस्तो भएन,’ उनले प्रभावसँग भने, ‘दुई देशबीचको सम्बन्धलाई जीवन्तता दिने मामिलामा भने भ्रमण सफल भयो ।’

नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसी) सञ्चालनमा आएपछि नेपाल अमेरिकी ध्रुवमा ढल्किएको चिनियाँ अधिकारीहरूको विश्लेषण छ । फेरि, यही साता नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको दिल्लीमा भएको हिन्द प्रशान्त क्षेत्रका देशहरूको सेना प्रमुखहरू सम्मिलित बैठकमा सहभागी भएर आएका छन् । जुन बैठकको संयोजन अमेरिकाले गरेको हो । अर्कातिर, शुक्रबारमात्रै नेपाली सेना र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास सकिएको छ ।

यी घटनाक्रमले एकातिर उत्तरी छिमेकी चीन सशंकित भएको हुनसक्ने विश्लेषण भइरहँदा प्रधानमन्त्री दाहालको भ्रमणले दुई देशबीच सम्बन्ध थप सुधार गरेको डा. कार्कीको भनाइ छ । यसलाई भने उनी भ्रमणको सफलतासँग जोडेर हेर्छन् । 


प्रधानमन्त्री दाहालले पनि भ्रमण मूलतः द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र त्यसमा सफल भएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महŒवपूर्ण भूमिका खेलेको विश्वास लिएको छु । यस मानेमा भ्रमण सफल रह्यो ।’ 

चीनका प्रधानमन्त्री लि छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले यही ६ असोजदेखि आठ दिनसम्म चीनको औपचारिक भ्रमण गरेका हुन् । भ्रमणकै क्रममा दाहाल चीनको हाङझाउमा आयोजित १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी भए । समारोहअघि भने प्रतिनिधिमण्डलस्तरमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेको र त्यस क्रममा आपसी सम्बन्धलाई थप दरिलो बनाउनेबारे छलफल भएको प्रधानमन्त्री दाहालले बताए । 

‘राष्ट्रपति सी चिनफिङसँग अत्यन्त हार्दिक र सौहाद्र्रपूर्ण वातावरणमा भएको द्विपक्षीय वार्तामा दुवै देशमा विद्यमान अवसर र सम्भावनाको भरपुर सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने विषयमा सघन छलफल भयो,’ उनले भने, ‘नेपाल–चीनबीचको सम्बन्धलाई अझ दरिलो, अझ प्रगाढ र अझ उचाइमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा पनि छलफल भयो ।’
चीनले गरिबी निवारण र आर्थिक समृद्धिका क्षेत्रमा हासिल गरेको सफलतालाई असल अभ्यासका रूपमा लिई चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने भन्ने आफ्नो भनाइमा राष्ट्रपति सी सकारात्मक देखिएको पनि प्रधानमन्त्री दाहालले बताए । 

उनका अनुसार पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडानका लागि दुई देशका उड्डयन निकायबीच सहकार्य गर्न प्रोत्साहन गरिने भएको छ । नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी लगानीकर्तालाई आह्वान गरेको पनि उनले बताए । 

चिनियाँ समकक्षी लिसँगको भेटवार्ताको क्रममा भने नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारणलाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युतको पहुँच पु¥याउन नसकिने स्थानमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा स्तरोन्नति गर्नेबारे सम्झौता भएको बताए । कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति पनि भएको दाहालले बताए । 

भ्रमण दलकै सदस्य रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमण आर्थिक एवं कूटनीतिक दृष्टिकोणले सफल भएको प्रतिक्रिया दिए । 

चिनियाँ राष्ट्रपति सि र प्रधानमन्त्री लिसँग भएका द्विपक्षीय भेटवार्ता महत्वपूर्ण भएको भएको भन्दै उनले दुई देशका बीच भएका समझदारी एवं सम्झौताहरू पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको दाबी गरे । 

भ्रमण दलमै रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि प्रधानमन्त्री दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको दाबी गरे । नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजीबारे भ्रमणको क्रममा छलफल भएको उनको भनाइ छ । 

तेस्रोपटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो चीन भ्रमण हो ।


प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP