Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेमा चल्न छाड्यो ओलीको खटनपटन
एमालेमा चल्न छाड्यो ओलीको खटनपटन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, असोज १२, २०८०

काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेको प्रदेश अधिवेशन जारी रहँदा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई प्यानल बनाएर गुटगत चुनाव नलड्न बारम्बार निर्देशन दिइरहेका छन् ।एमालेमा गुटको कुनै स्थान नभएको बताउने गरेका ओलीको त्यस्तो निर्देशन भने नेताहरूले एकपछि अर्को प्रदेश अधिवेशनमा अवज्ञा गरिरहेका छन् । त्यसका लागि प्यानल खडा गरेर गुटगत राजनीतिको अभ्यासमा प्रदेशका नेताहरू देखिएका छन् । यसलाई कतिपयले भने ओलीविरुद्धको विद्रोहको रूपमा लिएका छन् । 

देशभरका सात प्रदेशमध्ये अधिवेशन सम्पन्न भइसकेको लुम्बिनी प्रदेशमा नेताहरू प्यानल खडा गरेर चुनाव लडेको केही दिनमै बाग्मती प्रदेशमा पनि प्यानलसहित चुनाव लड्ने सुरमा नेताहरू देखिएका छन् । कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल प्यानल खडा गरेर चुनाव लड्न लागेका छन् । बुधबार अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेकोमा सानु श्रेष्ठ र केशर बुढाथोकीले दाहाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए भने केशव पाण्डेले ढुंगेललाई समर्थन गरेका छन् । ढुंगेललाई महासचिव शंकर पोखरेल र महेश बस्नेतको साथ रहेको छ भने दाहाललाई उपाध्यक्ष विष्णु पौडेल र गोकुल बास्कोटाको साथ छ । 

ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, प्रदेश इन्चार्ज गुरु बराललगायतलाई सहमतिमै पदाधिकारीदेखि सदस्यसम्मै चयनका लागि खटाएका थिए । तर, सहमतिको प्रयास असफल भएको प्रदेश इन्चार्ज बरालले प्रभावसँग बताए ।‘अध्यक्ष कमरेडले प्यानल बनाएर चुनाव नलडाउनुहोस् भन्नुभयो । सोहीअनुसार सहमतिको प्रयास भएको हो तर सफल भएनौं’, उनले भने, ‘अब शुक्रबार चुनाव हुन्छ ।’

अध्यक्ष ओलीले घोषितरुपमा प्यानल बनाए कारबाही गर्नेसम्मको चेतावनी दिइसकेका छन् । बिहीबार कर्णाली प्रदेशको अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले नेतृत्वको निर्देशन मान्नुपर्ने पनि बताए । यदि, कुनै पनि हालतमा सहमति नभए प्यानलबिना चुनाव लड्न उनको सुझाव छ ।‘इन्चार्जलाई मेरो अथोरिटी छ । महासचिव पनि यहीँ बस्नुहुन्छ । लिडरसीपको कुरा सुनेर अधिवेशन गर्नुपर्छ’, उनले भने, ‘सहमति नभए चुनाव लड्नुहोस्, एउटाले जित्छ एउटाले हार्छ प्यानल बनाएर नलड्नु होला ।’

Hardik health

अध्यक्ष ओली प्यानलको विरुद्धमा छन् । प्यानलसहित चुनाव लड्दा अन्ततः पार्टीमा गुट खडा हुने भय उनमा देखिएको छ । त्यही भएर उनी प्यानलसहितको चुनावी प्रतिस्पर्धाको विपक्षमा छन् । तर, उनले भनेजस्तो प्रदेश अधिवेशनमा भइरहेको छैन । कर्णाली प्रदेशमा पनि प्यानलसहित चुनाव लड्न नेताहरू तयार भएका छन् । महासचिव शंकर पोखरेल सहमितको प्रयास असम्भव भएपछि काठमाडौं फर्किसकेका छन् । 

अधिवेशनमा प्रदेश संसदीय दलका नेतासमेत रहेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले नेता गुलाबजंग शाहलाई अध्यक्षमा अघि सारेका छन् । अर्का नेता विनोदकुमार शाहले मीनबहादुर शाहीलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । उम्मेदवारहरूले प्यानल नै खडा गरेका छन् । पार्टी केन्द्रीय अध्यक्ष ओलीले भने नेता शाहीलाई अध्यक्ष बनाउन दबाब दिएका छन् । यद्यपि, उनको नाममा सहमति जुटेन । परिणामतः त्यहाँ पनि चुनाव हुँदैछ । यसरी प्रदेशहरूको अधिवेशनमा ओलीको चाहनाविपरीत प्यानलसहित चुनाव भइरहेको हो । 

२३ फागुन २०७७ मा सर्वोच्च अदालतको आदेशपछि नेकपा विघटन हुँदै एमाले ब्युँतिएपछि पार्टीका हरेक कमिटीका सदस्यदेखि पदाधिकारी ओली मनमौजी ढंगले छनोट गर्थे । यतिसम्मकि उनले २०७८ मंसिरमा चितवनमा भएको पार्टीको १०औं महाधिवेशनबाट मनमौजी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छाने । पार्टीको वडादेखि स्थानीय तह हुँदै प्रदेश तथा संघीय निर्वाचन क्षेत्र हुँदै जिल्ला तहसम्मका अधिवेशनमा पनि ओलीले प्यानलसहित चुनाव लड्न घोषितरूपमै नेता कार्यकर्तालाई प्रतिबन्ध लगाए । तर, यसपटक प्रदेश अधिवेशनमा भने उनको निर्देशनको अवज्ञा भइरहेको छ ।  


एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रदेश अधिवेशनमा नेताहरू चुनाव लड्नु अन्यथा नभएको बताउँछिन् । उनलाई चुनाव लडेर नेतृत्वमा स्थापित हुन चाहने कार्य लोकतान्त्रिक पद्दतिको उपज लाग्छ । ‘सके सहमतिमै नेतृत्व छान्दा राम्रो । तर, चुनाव लड्नु पनि नराम्रो चाहिँ होइन । यसलाई अन्यथा मान्नु हुँदैन । किनभने लोकतन्त्रमा चुन्ने चुनिने हुन्छ’, उनले भनिन् । 
यही असोजको तेस्रो साता हुने भएको सुदूरपश्चिम प्रदेश अधिवेशनमा त झन् अहिलेदेखि नै नेताहरू तीनवटा प्यानलसहित चुनाव लड्ने तयारीमा देखिएका छन् ।

ओलीनिकट नेता कर्ण थापाले अछामका कृष्णप्रसाद जैसी, पूर्वमाओवादी नेता लेखराज भट्ट र प्रदेशका वर्तमान अध्यक्ष दामोदर भण्डारीले बाजुराका लालबहादुर थापा नेतृत्वमा प्यानल बनाउने कसरत गरिरहेका छन् । नेता भीम रावलले अघोषितरूपमा नेता झपट रावललाई अध्यक्षमा अघि बढाउन लागेका छन् ।गण्डकी प्रदेशमा पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेता खगराज अधिकारीले आ–आफ्ना गुट खडा गरेका छन् । यी दुई नेताबीच गण्डकीमा लामो समयदेखि शक्ति संघर्ष पनि चल्दै आएको छ ।

अध्यक्ष ओलीकै गृहप्रदेश कोशीमा पनि नेताहरू प्यानलसहित चुनाव लड्न लागेका छन् । मधेस प्रदेशमा पनि स्थिति त्यस्तै छ । जबकि, ओलीको भने प्यानलसहित चुनाव नलड्न पटकपटक निर्देशन छ । तर, ओलीको निर्देशन प्रदेश अधिवेशनहरूमा पूरै अवज्ञा भइरहेको देखिएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP