Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #विप्रेषण
  • #वार्षिक साधारणसभा
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • नेपालमा ब्रिटिश काउन्सिलले शुरू गर्‍यो वन स्किल रिटेक
नेपालमा ब्रिटिश काउन्सिलले शुरू गर्‍यो वन स्किल रिटेक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ११, २०८०

 काठमाडौं -  ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र शीपमा दोहोर्‍याएर परीक्षा दिन पाइने सुविधा) सुरू गरेको छ ।  अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका शीपमा दोहोर्‍याएर परीक्षा दिनुपर्ने झन्झट बेहोर्नु नपर्ने सुविधा ब्रिटिश काउन्सिल आईईएलटीएसले सुरू गरेको  हाे । 

काउन्सिलका अनुसार वन स्किल रिटेकमा आईईएलटीएस परीक्षाको एउटा खण्डको मात्रै दोहोर्‍याएर परीक्षा दिन पाइने भएकोले विद्यार्थीहरू सफल हुने सम्भावना बढ्ने छ । सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै शीपको परीक्षामा पनि यो अवसर प्राप्त हुने काउन्सिलले जनाएकाे छ । परीक्षाको ढाँचा र समय सामान्य आईईएलटीएस परीक्षामा व्यक्तिगत शीप जाँचे जस्तै हुनेछ  तर परीक्षार्थीहरूले अन्य तीन शीपको परीक्षा दिन भने आवश्यक नहुने काउन्सिल जनाएकाे छ । 

आईईएलटीएस प्रयोगकर्ताहरूले दिएको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर शुरू गरिएको ब्रिटिश काउन्सिलका आईईएलटीएस निर्देशक एन्ड्र्यिू म्याकेन्जीले बताए । ‘उपयुक्त तयारी र सहायता भयो भने हाम्रा परीक्षार्थीहरूले परीक्षामा उत्कृट अंक हासिल गर्न सक्छन् भन्नेमा हामी विश्वस्त छौं,’ म्याकेन्जीले भने । ‘अंग्रेजीमा आफ्नो प्रदर्शन निपुण छैन भन्ने महसुस परीक्षार्थीहरूले गरिरहेका छन् भने वन स्किल रिटेकले त्यस्ता परीक्षार्थीहरूलाई त्यो एउटा शीपमा दोहोर्‍याएर परीक्षा दिने अवसर दिनेछ, यसले निष्पक्षता बढाउने हामीले आशा गरेका छौं,’ उनले भने । 

Hardik health

आईईएलटीएस वन स्किल रिटेक ग्रहण गर्ने संगठनहरूले आवेदनको स्तरमा सम्झौता नगरीकन प्रवेशसम्बन्धी मापदण्ड हासिलमा आफ्ना परीक्षार्थीहरूलाई लचकता दिन सक्नेछन् । ‘परीक्षार्थीहरूलाई आफ्नो पूर्ण क्षमता अनुसारको अंक हासिल गर्न सघाउने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउने पहलप्रति आईईएलटीएस पार्टनरहरूलाई पनि गर्व छ,’ म्याकेन्जीले भने । 

आईईएलटीएस वन स्किल रिटेक चयन गर्ने परीक्षार्थीहरूले दोस्रो परीक्षा रिपोर्ट फारम पाउनेछन् । यसलाई बसाइसराइँ वा अध्ययनको प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । पाएको अंकका आधारमा परीक्षार्थीहरूले दोहोर्‍याएर दिएको शीप परीक्षामा पुरानो वा नयाँ रिपोर्ट कुन प्रयोग गर्ने भनेर रोज्न सक्नेछन् । आईईएलटीएस वन स्किल रिटेकका लागि शुरूको परीक्षा दिएको ६० दिनभित्रको म्याद लिन सकिनेछ ।

‘नेपालमा आईईएलटीएस परीक्षार्थीहरूलाई उनीहरूले सकेको उत्तम अंक हासिल गर्न सक्ने बनाउन चाहन्छौं,’ नेपालका लागि परीक्षा निर्देशक राइम्यान म्याक्सिमले भने । यो नयाँ पहलले परीक्षार्थीहरूलाई पूर्ण सम्भावना हासिलमा सघाउने हाम्रो प्रतिबद्धता उजागर गरेकोमा हामीहरू शानसँग भन्न सक्छौं,’ उनले भने । 

अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) विदेशमा उच्च अध्ययन तथा आप्रवासनको प्रयोजनमा विश्वमा सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा निपुणता परीक्षा हो । विश्वभर ११ हजार ५०० भन्दा धेरै संघसंस्थाहरूले आईईएलटीएसमाथि विश्वास गरेका छन् । यी संघसंस्थाहरूमा शैक्षिक संस्था, रोजगारदाता, सरकारी तथा पेशागत निकायहरू पनि छन् ।आईईएलटीएसमा ब्रिटिश काउन्सिल, आईडीपीः आईईएलटीस अष्ट्रेलिया र क्याम्ब्रिज असेसमेन्ट इङ्लिशको संयुक्त स्वामित्व छ । 

 


प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
काठमाडौँमा आंशिक बदली हुने
काठमाडौँमा आंशिक बदली हुने बुधबार, मंसिर १७, २०८२
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन मंगलबार, मंसिर १६, २०८२
‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित    
‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित     सोमबार, मंसिर १५, २०८२
शुक्लाफाँटाका सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि
शुक्लाफाँटाका सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि सोमबार, मंसिर १५, २०८२
पाकिस्तानी दूतावासको सहयोगमा ज्ञानोदयमा कम्प्युटर प्रयोगशाला निर्माण
पाकिस्तानी दूतावासको सहयोगमा ज्ञानोदयमा कम्प्युटर प्रयोगशाला निर्माण आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP