Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई न्यायिक परीक्षणमा
ललिता निवास प्रकरण पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई न्यायिक परीक्षणमा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, असोज १०, २०८०
  •  मन्त्रिपरिषद् बैठकमार्फत गरेको नीतिगत निर्णयको विषयलाई लिएर न्यायिक परीक्षण हुने
  • सर्वोच्चले माग्यो पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा नचलाइनुको कारण
  • १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई सर्वोच्चको आदेश
  • प्रधानमन्त्रीको तहबाट पूर्वप्रधानमन्त्री नेपाललाई ‘क्लिन चिट’
  • राजनीतिक शक्तिको आडमा नेपाल–भट्टराईलाई उन्मुक्ति

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास रहेको बालुवाटारस्थित ललिता निवासले चर्चेको जग्गा व्यक्तिको नाममा पास गराउन नीतिगत निर्णय गराउने पूर्वप्र्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध न्यायिक परीक्षण हुने भएको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासबाट जारी आदेशका आधारमा दुवैले मन्त्रिपरिषद् बैठकमार्फत गरेको नीतिगत निर्णयको विषयलाई लिएर न्यायिक परीक्षण हुने भएको हो । 


सर्वोच्च अदालतले मंगलबार ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध ठगीसम्बन्धी कसूरमा मुद्दा नचलाइनुको कारण पेस गर्न सरकारको नाममा आदेश जारी गरेको छ । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्न्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलगायतसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो ।


यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनले नीतिगत निर्णय गराउने प्रधानमन्त्रीका रूपमा नेपाल र भट्टराईलाई किटान गरिसकेका छन् । उनीहरूले गरेको निर्णयकै आधारमा सरकारी जग्गा व्यक्तिको नाममा गएकोसमेत उल्लेख छ । तर, राजनीतिक आडमा दुवैले उन्मुक्ति पाएको अवस्था छ । 


सुशासनको पक्षमा तेस्रो प्रधानमन्त्रित्वकालमा काम गर्ने भनेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार दुई पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई ललिता निवास प्रकरणमा दिएको उन्मुक्तिले आलोचित छ । अझैसम्म विवादित छन् । उनले चाल्ने भनेको सुशासनविरुद्धको कदमबारे समेत अविश्वास पैदा हुन थालेको छ ।

Hardik health


अख्तियारले पूर्वप्रधानमन्त्री नेपालले दुईपटक अध्यक्षता (२०६६ र २०६७ सालमा) गरेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई ‘नीतिगत’ भनेको थियो । २०६९ सालमा डा. भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई पनि न्यायिक परीक्षणको क्रममा सिआइबीले नीतिगत नै निर्णय भनेको थियो । 


जस आधारमा सिआइबी र अख्तियार दुवैले नीतिगत निर्णय भन्दै मुद्दा चलाएनन् । दुवै पूर्वप्रधानमन्त्रीको घरमै पुगेर सिआइबी टोलीले बयान लिएको थियो । अख्तियारले भने बयानसमेत लिएन । यसपछि अख्तियार र सिआइबीमाथि नीतिगत निर्णय गरेकालाई उन्मुक्ति दिएर फाइल अघि बढाउने कर्मचारीदेखि मोहीलगायतलाई मात्रै फसाएको आरोप लाग्यो ।


यस आधारमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने सर्वोच्च अदालत पुगे । शक्ति र पहुँचमा भएकै कारण उनीहरूलाई उन्मुक्ति दिइएको न्यौपानेको जिकिर थियो । न्यौपानेले पूर्वमुख्यसचिव लीलामणि पौडेललगायतविरुद्ध पनि रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ गर्दै न्यायाधीश शर्माको एकल इजलासले ठगीमा मुद्दा नचलाइनुको कारण माग गरेको हो । निवेदकको मागअनुसारको आदेश जारी हुनु नपर्ने हो भने नपर्नाको आधार र सबुत प्रमाणसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत वा व्यक्ति वा प्रतिनिधिमार्फत पेस गर्न आदेश जारी भएको छ ।


सर्वोच्चको यस्तो आदेशले फेरि पनि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई अनुसन्धानको दायरामा तानिने भएका छन् । यसअघि पनि सर्वोच्चले उनीहरूमाथि अनुसन्धान गर्न सरकारको नाममा आदेश जारी गरेको थियो । सोही आदेशकै कारण सिआइबीले दुवै पूर्वप्रधानमन्त्रीको घरघरमै पुगेर बयान लिएको थियो । 


बयानपछि सिआइबीले गत १० भदौमा ललिता निवासप्रकरणमा संलग्न भएको अभियोगमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, छ पूर्वसचिवसहित २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । तर, त्यसमध्ये अधिकांश आरोपी अदालतकै आदेशपछि रिहा भइसकेका छन् । केही भने फरार छन् । 
एउटै मुद्दामा जोडिएका दुई पूर्वप्रधानमन्त्री नेपाल–भट्टराई भने जोगिए । अझ सुशासनको पक्षपाति भनिएका प्रधानमन्त्री दाहालले त नेपालको बचाउ नै गरे । उनले भनिसकेका छन्, ‘ललिता निवासको जग्गाप्रकरणमा माधवजीको संलग्नता छैन ।’
यसरी प्रधानमन्त्रीको तहबाट नेपालले ‘क्लिन चिट’ पाइसकेका छन् । तर, सर्वोच्चले भने वरिष्ठ अधिवक्ता न्यौपानेले दायर गरेको रिट निवेदनलाई यसअघि ललिता निवास प्रकरणमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाउँदाको विवादसँग सम्बन्धित निवेदन पनि एकैसाथ राखेर सुनुवाइमा पेस गर्न आदेश दिएको छ ।


चार वर्षअघि न्यौपानेले नै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा चलाउनुपर्ने भनी सर्वोच्चमै रिट दिएका थिए, सो मुद्दा पनि अझै विचाराधीन छ । रिट निवेदकको मागअनुसार सर्वोच्चले आदेश दिए प्रधानमन्त्रीद्वय नेपाल–भट्टराई कारागार पुग्ने कानुन व्यवसायीहरु बताउँछन् ।
 


प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP