Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बुबाको पदचापमा सुहाङ ! 
बुबाको पदचापमा सुहाङ ! 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असोज ७, २०८०
  • सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा उनकै कान्छो छोरा सुहाङलाई उपनिर्वाचन लडाउने तयारीमा एमाले
  • बुबाको अधुरा सपना पूरा गर्ने सुहाङको भनाइ
  • गठनबन्धन कायमै रहँदा कांग्रेसका डम्बर खड्का बलिया प्रतिस्पर्धी हुने
  • नेम्वाङसँग ११४ मतले मात्र पराजित खड्का उपनिर्वाचनको मिति घोषणा नहुँदै तयारीमा जुट्दै 
  • सुहाङ वा अरु नै उम्मेदवार भए पनि एमालेकै जित हुने एमाले सांसद महेश बस्नेतको दाबी
  • आगामी वैशाखमा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी


काठमाडौं– संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको १३औं पुण्यतिथि नजिकिँदै गर्दा उनको चुनाव क्षेत्र इलाम–२ मा भने भावी सांसदबारे बहस सुरु भएको छ । २०५६ सालयता नेम्वाङ यस क्षेत्रबाट कहिले सांसद त कहिले सभासदको रूपमा निर्वाचित भएका थिए । झण्डै अढाइ दशक इलाम–२ को जनप्रतिनिधि बनेका नेम्वाङ सांसदको हैसियतमा रहेकै बखत गत २६ भदौमा दिवंगत भएका थिए ।

यसपछि यहाँ उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनबाट इलाम–२ को जनप्रतिनिधि को होलान् ? बहस भइरहेको छ । संसद्को प्रमुख विपक्षी दल नेकपा एमालेले नेम्वाङकै कान्छो छोरा सुहाङलाई उपनिर्वाचन लडाउने तयारी थालेको छ । सुहाङले पनि उपनिर्वाचन लड्ने संकेत दिइसकेका छन् । यही ३ असोजमा संविधान दिवसकै दिन एमालेले आयोजना गरेको ‘सुवासचन्द्र नेम्वाङको श्रद्धाञ्जलीसभा’ कार्यक्रमलाई गृहजिल्ला इलाममा सम्बोधन गर्दै सुहाङले भनेका थिए, ‘बुबाको अधुरा सपना पूरा गर्नेछु ।’

उनी पेसाले कानुन व्यवसायी हुन् । बुबा जसरी कानुनी पृष्ठभूमिबाटै राजनीतिमा जोडिए, त्यसरी नै सुहाङ पनि राजनीतिमा जोडिन लागेको संकेत देखिएको छ । तर, इलाम अध्यक्षसमेत रहेका संघीय सांसद महेश बस्नेतका अनुसार सुहाङ कुनै पनि पार्टी मोर्चामा संगठित भइसकेका छैनन् । ‘पार्टी कमिटीहरूमा संगठित हुन बाँकी छ । उहाँले चाहँदा संगठित हुन सक्ने अवस्था छ,’ उनले प्रभावसँग भने । 

श्रद्धाञ्जलीसभामा गरेको सम्बोधनलाई लिएर धेरैले सुहाङसँग ‘राजनीतिक संस्कार’ देखिएको प्रतिक्रिया दिएका छन् । यससँगै उनलाई उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनाइनुपर्ने माग हुन थालेको छ । यसबारे निर्णय भने अध्यक्ष केपी शर्मा ओलीले लिनेछन् । किनभने एमालेमा बोलवाला अध्यक्ष ओली नै हुन् । उनले चाहे सुहाङ उम्मेदवार बन्न सक्छन् ।तर, ओलीले टिकट दिए पनि बुबाको राजनीतिक विरासतको भ¥याङ चढेर संसद् छिर्न उनलाई सहज हुने देखिँदैन ।

Hardik health

उपनिर्वाचनको मिति घोषणा नहुँदै तयारीमा जुटिसकेका कांग्रेस इलामका सभापति डम्बर खड्का बलिया प्रतिस्पर्धी हुन् । निर्माण व्यवसायी उनले गत वर्षको ४ मंसिरमा भएको आमनिर्वाचनमा नेम्वाङलाई निकै अप्ठेरो पारेका थिए । नेम्वाङले खड्काले भन्दा ११४ मतमात्रै बढी प्राप्त गरेका थिए । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन नतिजाअनुसार नेम्वाङले ३० हजार २० मत र खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

जबकि, अघिल्ला निर्वाचनहरूमा नेम्वाङको त्यति चुनौतीपूर्ण जित हुँदैनथ्यो । उनी हजारभन्दा बढी मतले प्रतिस्पर्धीलाई पराजित गर्थे । पछिल्लो निर्वाचनमा गठबन्धनले गर्दा नेम्वाङमाथि चुनौती थपिएको थियो ।अहिले पनि त्यसबेलाकै गठबन्धन यथावत् छ । जसले गर्दा यदि सुहाङ एमालेबाट उम्मेदवार नै बने पनि सहानुभूतिको मतले मात्रै उनको जित निक्र्योल गर्ने विश्लेषण हुन थालेको छ । फेरि, उनी जनतासँग भिजिसकेका छैनन् । अधिकांश मतदाताले उनलाई चिनेका  छैनन् ।

चुनाव क्षेत्रमा उनीभन्दा राजनीतिक रुपमा धेरै वरिष्ठ नेताहरू छन् । यी कारणले गर्दा पनि सुहाङलाई उम्मेदवार बनाउँछन् नै भन्ने छैन । तर, विगतलाई हेर्ने हो भने एमालेले दिवंगत नेताका परिवारलाई राजनीतिक अवसर दिने गरेको छ ।हेलिकप्टर दुर्घटनामा दिवंगत भएका तत्कालीन एमाले सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदा पत्नी विद्या भट्टराईलाई टिकट दिइएको थियो । उनले चुनाव जितिन् ।

दासढुंगा दुर्घटनामा ज्यान गुमाएका एमाले सांसदसमेत रहेका तत्कालीन महासचिव मदन भण्डारीको स्थानमा श्रीमती विद्यादेवी भण्डारीलाई एमालेले टिकट दिएको थियो । त्यसबेला उनले पनि चुनाव जितिन् । माओवादी युद्धकालमा मारिएका तत्कालीन एमाले सांसद यदु गौतमको ठाउँमा एमालेले श्रीमती तीर्था गौतमलाई सांसद बनायो ।यी केही दृष्टान्तले सहानुभूतिका लागि भए पनि एमालेले दिवंगत नेताका परिवारलाई निर्वाचनमा अवसर दिने गरेको छ । यदि, सुहाङलाई पनि उपनिर्वाचनमा टिकट दिएको अवस्थामा उनको जित होला कि नहोला ? उपनिर्वाचन भएर परिणामले बताउनेछ ।


एमाले सांसद बस्नेत भने एमाले उम्मेदवारकै जित हुने दाबी गर्छन् । ‘सुहाङ होस् वा अरु नै उम्मेदवार, एमालेकै जित हुन्छ त्यहाँ,’ उनले भने । उनको दाबी प्रमाणित होला भन्न सकिने बलियो आधार भने छैन । किनभने एमालेको नेतृत्वमा प्रदेशको नाम ‘कोशी’ राखियो भन्ने बुझाइ चुनाव क्षेत्रमै पर्ने ‘माङ्सेबुङवासी’को छ । जुन किरात धर्मको केन्द्र मानिन्छ । करिब १५ हजार किरात धर्मावलम्बीको मत यहाँ रहेको छ । यहाँको मत निर्णायक हुने राजनीतिक विश्लेषण हुने गरेको छ ।

किरात अगुवामध्येका एक जना रमेश लिङ्देनका अनुसार माङ्सेबुङवासीलाई नेम्वाङले चुनावको अघिल्लो सातामात्रै विश्वासमा लिएका थिए । तर, १७ फागुन २०७० मा प्रदेशको नाम कोशी कायम भएपछि माङ्सेबुङका किरात धर्मावलम्बीहरू बेखुस छन् । उनीहरूको प्रदेशको नाम अझैसम्म ‘किरात’ चाहन्छन् । सुहाङलाई उम्मेदवार बनाए पनि एमालेबाट ‘धोका पाएको’ ठानिएका माङ्सेबुङको विश्वास जित्न मुस्किल पर्ने किरात धर्म साहित्य उत्थान संघका अध्यक्ष डेकेन्द्रसिंह थेगिम बताउँछन् ।

यस क्षेत्रमा निर्वाचन आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्दा उपयुक्त हुने जनाएको छ । तर, आयोगले सरकारलाई मिति सिफारिस गरेको छैन । आयोगले सिफारिस गरेको मितिका आधारमा सरकारले उपनिर्वाचन घोषणा गर्नेछ ।
 


प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP